Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Thursday, November 30, 2017

स्वास्थ्य बीमा कार्यक्रम सिन्धुली ९८४४०४१६४५






हामीले त स्वास्थ्य बीमा गरिसक्यौं तपाईंले नी?

के हो स्वास्थ्य बिमा ?
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारले एक वर्षमा ५० हजार रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा पाँच जनाको परिवारलाई एक समूहको आधारमा दुई हजार पाँच सय रुपैया तिर्नुपर्ने नियम रहेको छ । सो रकम तिरेवापत सूचिकृत विभिन्न स्वास्थ्य संस्थाबाट एक वर्षभरी ५० हजार रुपैया“ बराबरको निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था मिलाइएको छ । प्रत्येक वर्ष स्वास्थ्य बीमा नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सबै सदस्यहरुलाई सरकारद्धारा परिचयपत्र उपलब्ध गराइनेछ । परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले सरकारले तोकेको कुनै पनि अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइनेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरीका
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेे पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गनर्ेे कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

१ लाख भन्दा बढी सदस्य आवद्ध
सरकारले करिब दुई तीन वर्ष अघि सञ्चालनमा ल्याएको बीमा कार्यक्रममा हाल १ लाख भन्दा बढी मानिस आवद्ध भइसकेका लिइसकेका छन् । त्यसमध्य झण्डै २० प्रतिशतले सरकारले तोकेको विभिन्न अस्पतालबाट उपचार सेवा लिइरहेका छन् ।
उनीहरुले सरकारले तोकेको विभिन्न अस्पतालहरुबाट स्वास्थ्य सेवा लिइरहेका छन् । सरकारले बीमा कार्यक्रममा आवद्ध भएका सदस्यहरुको निःशुल्क उपचारकै लागि विभिन्न जिल्लाका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सरकारी तथा निजी अरुपतालहरुसित सम्झौता समेत गरेको छ ।
विरामीको अवस्था, अस्पतालले दिने सुविधा तथा नजिकको पायक पर्ने स्थानको आधारमा समितिले अस्पतालहरुको सूची तयार पारेको छ । त्यही सूची तथा सम्झौताका आधारमा विरामीहरुले विभिन्न सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...