Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Saturday, July 14, 2018

fIVP खोप शुरुवात तथा PCV भायल परिवर्तन एक जानकारी


 एफ.आइ.पी.भी. पोलियो रोग विरुद्ध दिइने खोप हो । जस्को अंग्रेजीमा पुरा रुप फ्र्याक्सनल डोज अफ इनएक्टिभेटेड पोलियो भ्याक्सिन (fIPV : Fractional Dose of Inactivated Polio Vaccine) हुन्छ ।  नेपाल सरकारले यसअघि आई.पी.भी. खोप प्रयोगमा ल्याएपनि विश्वव्यापी रुपमै अभाव भएपछि पहिलो पटक एफ.आई.पी.भी. खोप प्रयोगमा ल्याउन लागेको हो ।  यो खोप शिशु जन्मिएको ६ हप्ता र १४ हप्तामा गरी २ पटक ०.१ मि.लि. का दरले दिइन्छ ।

पोलियो विरुद्धको एफ.आई.पी.भी खोप आगामी वर्ष २०७५ को श्रावण महिनादेखि प्रयोगमा आउने भएको छ ।जस्का लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक जानकारी अर्थात अद्यावद्यिक गराउने काम धमाधम भइरहेकाे छ ।

एफ.आई.पी.भी. खोप बाँया पाखुराको माथिल्लो भागमा छालाभित्र ०.१ मिलि दिइन्छ । यो खोप शिशु जन्मिएको ६ हप्ता र १४ हप्तामा गरि २ पटक दिईने हुनाले र अरुको तुलनामा कम दुखाई हुने, धेरै असर पनि नहुने भएकाले यो खोपलाई अत्याधिक सुरक्षित मानिएको छ । यस अघि आई.पी.भी. खोप  (दायाँ तिघ्रामा ०.५ मिलि)  प्रयोगमा ल्याइए पनि विश्वव्यापी रुपमै यस खोपको अभाव भएपछि सरकारले यसको सट्टामा एफ.आई.पी.भी. खोप प्रयोगमा ल्याउन लागेको हो । आफ्नो बच्चालाई पोलियोजस्तो प्राणघातक रोगबाट बचाउन एफ.आई.पी.भी. खोप अनिबार्य लगाउन आवश्यक छ ।

झाडापखाला विरुद्धको रोटा भाइरस भने सन् २०१८ को अन्त्यतिर मात्र नेपाल ल्याइने भएको छ । सरकारले ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन ( गाभी ) को सहयोगमा दुवै खोप नेपालमा प्रयोगमा ल्याउने तयारी गरेको हो ।

सन् २०१८ सम्ममा नेपाललाई पोलियो उन्मुलन गर्ने सरकारी लक्ष्य प्रभावकारी बनाउन नयाँ खोप प्रयोगमा ल्याउन लागिएको स्वास्थ्य विभागको भनाई छ ।





सुनकोशी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिका अध्यक्ष एवं स्वास्थ्य संयोजक ज्यूको उपस्थितिमा गरिएको एक दिने कार्यक्रमको झलकः




पुर्ण खोप सुरक्षित भविष्य
Related Posts Plugin for WordPress, Blogger...