Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

Saturday, January 19, 2013

Windows XP मा पासवर्ड भुले के गर्ने ?


कहिले काहिँ जानीनजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको Password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ? यदि तपाईं Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही Tips को प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ ।


१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नुहुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।

२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।

३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई Password  सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।

४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।

५) Windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।

६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।

७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ ।

Monday, January 7, 2013

सुन्नुहोस नेपालका प्रसिद्ध एफ.एम. हरुः लाईभ

आजको यूग भनेको सूचना र संचारको यूग हो । विभिन्न सूचना र संचारका माध्यमहरुमध्ये एफ.एम. एक उत्कृष्ट माध्यम हो । जसको माध्यमबाट सहज र सुलभ रुपमा ग्रामीण देखि शहरी क्षेत्र, हिमाल, तराई र पहाड सबैतिरका वासिन्दाहरुले सूचना तथा जानकारीहरु प्राप्त गर्न सक्दछन् । तसर्थ नेपालका अनगिन्ती एफ.एम. हरु मध्ये केही प्रसिद्ध एफ.एम.हरुलाई मैले यहाँ समेट्ने कोशिस गरेको छु । आशा छ, पाठकहरुलाई अवश्य पनि यो उपयुक्त हुनेछ । 






कृपया यो पोष्ट हजुरहरुलाई राम्रो लागेमा LIKE अथवा COMMENT गरिदिनुहोला । धन्यवाद ।

Sunday, January 6, 2013

एकैछिन हाँसौ न है


तपाईंलाई मैले हाँस्नुस त भनें भने तपाई सायद हाँस्न पनि सक्नुहुन्छ । या हाँस्नु हुन्न । मलाई थाहा हुँदैन । तर तल दिएको साईटमा तपाईंले क्लिक  गर्नुभयो भने त्यसपछि तपाईं अवश्य पनि हाँस्नुहुनेछ ।

लिंकः हाँस्न मन लाग्यो ।

Windows is checking for a solution to the problem...

तपाईं हामीलाई थाहा भएकै कुरा हो इन्टरनेट आजभोली अपरिहार्य नै भइसकेको छ । हरेक व्यक्ति जो कम्प्यूटरसँग सम्बन्धित छन्, उस्लाई इन्टरनेटको आवश्यक्ता पर्दछ नै । तर त्यहि इन्टरनेटले समय  समयमा अनेकौं समस्या देखाउनाले हाम्रो समय बर्बाद गरिरहेको र हामीलाई मुड अफ गराइरहेको हुन्छ । जस्तो कि तपाईंले फेसबुक चलाइरहनु भएको छ । अब तपाईंलाई एउटा पेजबाट अर्को पेजमा जानु पर्यो । यस्तो मा कहिलेकाहिं Internet explorer cannot display the webpage, Windows is checking for a solution to the problem... etc  जस्ता इरर म्यासेज हरु आउँछन् ।

अनि तपाईंले खोलेको सबै webpage बन्द हुने या त बन्द गर्न खोज्दा पनि बन्द नहुने जस्ले गर्दा हाम्रो समय बरबाद भइरहेको हुन्छ । त्यसैले आज म यहाँ तपाईंहरुलाई त्यस्ता समस्याबाट छुट्कारा पाउने ट्रिक लिएर आएको छु । यदि तपाईंले पनि यस्ता समस्याहरु भोगिरहनुभएको छ भने यो ट्रिक तपाईंको लागि उपहार सावित हुनेछ । 

१. पहिला आफ्नो कम्प्युटरको Start बटनमा क्लिक गरेर Search bar मा Choose how to report Problem टाईप गरेर  Enter बटन थिच्नुहोस ।

 


२. अब त्यस प्रोग्रामलाई खोलिसकेपछी एउटा अर्को window खुल्नेछ । त्यहाँ दिइएको ३ ओटा अप्सनहरु मध्ये  Never check for solutions (not recommended) को अगाडी देखिएको रेडियो बटनमा क्लिक गरेर OK button मा क्लिक गर्नुहोस ।

यति गरिसकेपछि तपाईं ढुक्क हुनुहोसः तपाईंको समस्याको हल भैसकेको छ ।

तपाईंलाई यो ब्लगको कुनैपनि पोष्टहरु मन पर्यो भने कृपया Like Button मा क्लिक गर्नुहोला र कमेन्ट बक्समा आफ्नो कमेन्ट पनि शेयर गरिदिनुहोला । धन्यवाद ।

टाइपिङ स्पिड बढाऔं

अंग्रेजी टाइपिङ स्पिड बढाऔः गेटवे साइवर एण्ड इन्ष्टिच्यूट, सिन्धुली
कम्प्यूटर क्षेत्रमा काम गर्ने जो कोही को पनि पहिलो चाहना भनेको टाइपिङ स्पिड बढाउनु नै हुन्छ । अझ विशेषगरी जो भर्खर कम्प्यूटर सिक्दै हुनुहुन्छ । वहाँहरुलाई त झन् विशेष रहर नै हुने गर्दछ । कम्प्यूटरमा  इन्स्टल गरिने कतिपय प्रोग्रामहरु फ्रिवेयर हुनुका साथै ट्रायल हुने कारण धेरैलाई समस्या परिरहेको हुन्छ । त्यसैले मैले आज एउटा साईटबारे जानकारी गराउन गइरहेको छु । जसबाट तपाईंहरु आफ्नो टाइपिङ स्पिड बढाउन मात्र नभई त्यति स्पिडमा कतिको सही र कतिको गलत टाइपिङ भयो भनी पत्ता लगाउन पनि सक्नुहुन्छ । साथै, तपाईं कुनै वेभसाईटको अथवा ब्लगस्पटमा भएका आर्टिकलहरु पनि टाइप गर्न सक्नुहुन्छ एउटा सामान्य सेटिङ गरेर । 

दिइएको लिंकमा क्लिक गरेर तपाईं आफ्नो टाइपिङ स्पिड बढाउन सक्नुहुन्छ । एउटा कुरा नभुल्नुहोलाः
"Practice Makes Man Perfect"

Related Posts Plugin for WordPress, Blogger...