तपाईं हामीलाई थाहा भएकै कुरा हो इन्टरनेट आजभोली अपरिहार्य नै भइसकेको छ । हरेक व्यक्ति जो कम्प्यूटरसँग सम्बन्धित छन्, उस्लाई इन्टरनेटको आवश्यक्ता पर्दछ नै । तर त्यहि इन्टरनेटले समय समयमा अनेकौं समस्या देखाउनाले हाम्रो समय बर्बाद गरिरहेको र हामीलाई मुड अफ गराइरहेको हुन्छ । जस्तो कि तपाईंले फेसबुक चलाइरहनु भएको छ । अब तपाईंलाई एउटा पेजबाट अर्को पेजमा जानु पर्यो । यस्तो मा कहिलेकाहिं Internet explorer cannot display the webpage, Windows is checking for a solution to the problem... etc जस्ता इरर म्यासेज हरु आउँछन् ।
अनि तपाईंले खोलेको सबै webpage बन्द हुने या त बन्द गर्न खोज्दा पनि बन्द नहुने जस्ले गर्दा हाम्रो समय बरबाद भइरहेको हुन्छ । त्यसैले आज म यहाँ तपाईंहरुलाई त्यस्ता समस्याबाट छुट्कारा पाउने ट्रिक लिएर आएको छु । यदि तपाईंले पनि यस्ता समस्याहरु भोगिरहनुभएको छ भने यो ट्रिक तपाईंको लागि उपहार सावित हुनेछ ।
१. पहिला आफ्नो कम्प्युटरको Start बटनमा क्लिक गरेर Search bar मा Choose how to report Problem टाईप गरेर Enter बटन थिच्नुहोस ।
२. अब त्यस प्रोग्रामलाई खोलिसकेपछी एउटा अर्को window खुल्नेछ । त्यहाँ दिइएको ३ ओटा अप्सनहरु मध्ये Never check for solutions (not recommended) को अगाडी देखिएको रेडियो बटनमा क्लिक गरेर OK button मा क्लिक गर्नुहोस ।
यति गरिसकेपछि तपाईं ढुक्क हुनुहोसः तपाईंको समस्याको हल भैसकेको छ ।
तपाईंलाई यो ब्लगको कुनैपनि पोष्टहरु मन पर्यो भने कृपया Like Button मा क्लिक गर्नुहोला र कमेन्ट बक्समा आफ्नो कमेन्ट पनि शेयर गरिदिनुहोला । धन्यवाद ।
No comments:
Post a Comment