कमलामाई नगरपालिका–६, १ नं. बजार, सिन्धुली फोन नं. ः ९८४४०४१६४५ / ९८४४५६११४६ / ९८०२३८४५९६ / ९८४४०९५२६७ इ–मेलः bikasirem@gmail.com, sirem_rta@yahoo.com
Monday, September 10, 2018
Sunday, August 26, 2018
किनकी मुस्कान अमूल्य छ ...
मुस्कान ... वास्तवमै अमूल्य छ ।
के तपाईंहरुको घरका कुनै सदस्य विदेशमा हुनुहुन्छ? फोनमा कुरा गर्दा अस्पष्ट र पट्यारलाग्दो हुन्छ । यसले तपाईंलाई निराश बनाएको छ । अब नआत्तिनुस ... तपाईंको मुहारमा मुस्कान ल्याउने जिम्मा हाम्रो ....
Saturday, July 14, 2018
fIVP खोप शुरुवात तथा PCV भायल परिवर्तन एक जानकारी
एफ.आइ.पी.भी. पोलियो रोग विरुद्ध दिइने खोप हो । जस्को अंग्रेजीमा पुरा रुप फ्र्याक्सनल डोज अफ इनएक्टिभेटेड पोलियो भ्याक्सिन (fIPV : Fractional Dose of Inactivated Polio Vaccine) हुन्छ । नेपाल सरकारले यसअघि आई.पी.भी. खोप प्रयोगमा ल्याएपनि विश्वव्यापी रुपमै अभाव भएपछि पहिलो पटक एफ.आई.पी.भी. खोप प्रयोगमा ल्याउन लागेको हो । यो खोप शिशु जन्मिएको ६ हप्ता र १४ हप्तामा गरी २ पटक ०.१ मि.लि. का दरले दिइन्छ ।
पोलियो विरुद्धको एफ.आई.पी.भी खोप आगामी वर्ष २०७५ को श्रावण महिनादेखि प्रयोगमा आउने भएको छ ।जस्का लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक जानकारी अर्थात अद्यावद्यिक गराउने काम धमाधम भइरहेकाे छ ।
एफ.आई.पी.भी. खोप बाँया पाखुराको माथिल्लो भागमा छालाभित्र ०.१ मिलि दिइन्छ । यो खोप शिशु जन्मिएको ६ हप्ता र १४ हप्तामा गरि २ पटक दिईने हुनाले र अरुको तुलनामा कम दुखाई हुने, धेरै असर पनि नहुने भएकाले यो खोपलाई अत्याधिक सुरक्षित मानिएको छ । यस अघि आई.पी.भी. खोप (दायाँ तिघ्रामा ०.५ मिलि) प्रयोगमा ल्याइए पनि विश्वव्यापी रुपमै यस खोपको अभाव भएपछि सरकारले यसको सट्टामा एफ.आई.पी.भी. खोप प्रयोगमा ल्याउन लागेको हो । आफ्नो बच्चालाई पोलियोजस्तो प्राणघातक रोगबाट बचाउन एफ.आई.पी.भी. खोप अनिबार्य लगाउन आवश्यक छ ।
झाडापखाला विरुद्धको रोटा भाइरस भने सन् २०१८ को अन्त्यतिर मात्र नेपाल ल्याइने भएको छ । सरकारले ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन ( गाभी ) को सहयोगमा दुवै खोप नेपालमा प्रयोगमा ल्याउने तयारी गरेको हो ।
सन् २०१८ सम्ममा नेपाललाई पोलियो उन्मुलन गर्ने सरकारी लक्ष्य प्रभावकारी बनाउन नयाँ खोप प्रयोगमा ल्याउन लागिएको स्वास्थ्य विभागको भनाई छ ।
सुनकोशी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिका अध्यक्ष एवं स्वास्थ्य संयोजक ज्यूको उपस्थितिमा गरिएको एक दिने कार्यक्रमको झलकः
पुर्ण खोप सुरक्षित भविष्य
Monday, June 4, 2018
Tuesday, May 29, 2018
Subscribe to:
Posts (Atom)




































