के तपाईं ब्रदर प्रिन्टरको replace toner समस्याबाट आजित हुनुभएको छ, यदि छ भने यो तपाईंको लागि अत्यन्तै उपयोगी हुनेछ । हेर्नुस भिडियो ः
कमलामाई नगरपालिका–६, १ नं. बजार, सिन्धुली फोन नं. ः ९८४४०४१६४५ / ९८४४५६११४६ / ९८०२३८४५९६ / ९८४४०९५२६७ इ–मेलः bikasirem@gmail.com, sirem_rta@yahoo.com
Tuesday, August 20, 2013
Friday, August 16, 2013
Wednesday, August 7, 2013
Trip to Tuteshwor Temple (2070-04-21)
Tuteshwor Temple Tour Slideshow: Bikash’s trip to Tuteshwar (near Janakpur) was created with TripAdvisor TripWow!
Saturday, July 20, 2013
Wednesday, July 17, 2013
महिलाहरुको जिवनस्तर सुधार्नमा सराहनीय भुमिका निभाउँदै सौगात गृह
कथा चक्र (स्टोरी क्याम्प) २०१३ सिन्धुलीको तालिमको क्रममा कोचहरुबाट प्राप्त निर्देशानुसार कथा बनाउने क्रममा हाम्रो कथाको विषय ः
महिलाहरुको जिवनस्तर सुधार्नमा सराहनीय भुमिका निभाउँदै
सौगात गृह
महिलाहरुको जिवनस्तर सुधार्नमा सराहनीय भुमिका निभाउँदै
सौगात गृह
सौगात गृहमा विक्रिका लागि राखिएका उत्पादनका केही झलकहरु
सिन्धुली जिल्लाका महिला लघुउद्यमीहरुबाट सञ्चालित एकमात्र विक्रि कक्ष हो सौगात गृह । जिल्लामा यत्रतत्र छरिएर बसेका महिलाहरुको उत्पादनलाई बजारीकरण गरेर उनिहरुको जिवनस्तर उकास्नमा सक्दो टेवा पुरयाउने कार्य नै सौगात गृहको प्रमुख उद्देश्य हो । यो गृह एउटा विशुद्ध महिलाहरुको सञ्जाल हो, त्यो सञ्जाल जस्ले महिलाहरुलाई आफ्नो शीप विकास र क्षमता अभिवृद्धिका साथै पारिवारिक जिवनका अलावा पनि महिलाहरुले आयमूलक अन्य रोजगारमुलक कार्य सकुशल सम्पादन गर्न सक्छन् भन्ने स्पष्ट प्रष्टयाउँछ । स्थापनाक्रममा समाजका ठुला भनाउँदाबाट पाइएको हेयको भावना, पारिवारिक मनमुटावको बावजुद समाजलाई चुनौती दिंदै आफ्नो लक्ष्यमा निरन्तर लागी समाजका गन्यमान्यको अगाडी एउटा उदाहरणीय क्षेत्र बन्न सफल छ यो सौगात गृह । विशेषगरी यसमा आवद्ध सबै महिलाहरुको लागि प्रेरणाको श्रोत र आम्दानीको मुख्य विन्दु हुन गएको छ यो सौगात गृह । बजारमा सौगात गृहले विक्रि कक्षमा राखेका सामानहरु जस्तै र हेर्दा ती भन्दा आकर्षक देखिने अन्य वस्तुहरु बजारमा छ्यासछ्यास्ती उपलब्ध हुनु एउटा चुनौतीको विषय भएको बताउनुहुन्छ संचालिका विमला थापा । यसको कारणले सौगात गृहको सामग्रीको गुणस्तर सबैमाझ चिनाउन आवश्यक छ । यसका साथै सौगात गृहले महिलाहरुलाई एकिकृत गरेर अगाडी बढेको कारण यसको भाव बुझेका धेरै मानिसहरु महिलाहरुलाई समाजमा बलियो बनाउन भएपनि यसलबाट सामानहरु खरिद गरेर यसलाई प्रोत्साहन गरिरहेका छन् । आफुलाई असक्षम ठान्ने, हिनताबोध गर्ने सबै महिलाहरुलाई यस गृहमा सम्पर्क राखि आ आफ्नो उत्पादनलाई एकैस्थानमा जम्मा गरि त्यसको विक्रि गरी आम्दानी लिन र सीप नभएका महिलाहरु पनि यस गृहमा सम्पर्क गरि आवश्यकता अनुसारको तालिम प्राप्त गरी दक्ष बन्न अभिप्रेरित गर्नुहुन्छ यस संस्थाकी संचालिका विमला थापा ।
त्यसैगरी, यस सौगात गृहमा आवद्ध भएपछि आफ्नो जीवनमा आमुल परिवर्तन आएको बताउनुहुन्छ यस सौगात गृहकी एक लघुउद्यमी उर्मिला दुराईली । आफु सुकुम्वासी हुँदाको पीडा र अर्काको जमिनमा गएर कामदारको रुपमा काम गर्दाको तितो अनुभव संगाल्दै उनि आफुसँग ढाका बुन्ने सीप भएपछि सौगात गृहले त्यसको लागि उचित बजारको व्यवस्थापन गरेको । जसबाट हिजोका दिनमा के खाउँ के लाउँ भन्ने अवस्थामा भएको आफ्नो परिवार आजको अवस्थामा के खाउँ के लाउँ भन्ने परिस्थितीबाट धेरै माथी मात्र नउठेर आजका दिनमा आफ्नो परिवारका सदस्यहरुलाई भनेजस्तो शिक्षा, आधारभुत आवश्यक्ता सकुशल पुरा गर्न सफल हुनुभएको छ । यो सबै महिलाहरुको जिवनोस्तर उकास्न लागि परेको सौगात गृहको देन हो । जसरी एउटी आमाले आफ्नो छोराछोरीको जन्मपश्चात अनेकौं समस्याको बावजुद उचित स्याहारसुसार गरेर हुर्काउने कार्य गर्छिन । त्यसैगरि सौगात गृहले पनि म लगायत अन्य धेरै महिलाहरुलाई स्याहार सुसार गर्ने मात्र नभएर आयआर्जनको राम्रो बाटो पनि खोलिदिएको छ यस गृहले । आफुसँग शीप हुँदाहुँदै र आर्थिक श्रोत पनि उपलब्ध हुँदाहुँदै पनि कहिलेकाहिं कच्चा पदार्थको अपर्याप्तताले गर्दा सौगात गृहमा माग भएबमोजिम उत्पादन उपलब्ध गराउन नसकेको बाध्यता पनि वहाँ सुनाउनुहुन्छ ।
यसरी समग्रमा हामीले भन्नुपर्दा आजको पुरुष प्रधान देशमा महिला हक अधिकारको कुराहरु उठेपनि त्यसलाई कागजमै सिमित राख्ने परिपाटीविरुद्ध यो महिलाहरुको लागि महिलाहरुबाट नै सञ्चालित सौगात गृह एक चुनौती भई खडा भएको छ । धेरै कम सहायताका बावजुद महिलाहरुले पनि सोचेभन्दा बढी गर्न सक्छन् भन्ने यस सौगात गृहले दर्शाउन सफल भएको छ । साथै यससँग आवद्ध र यसभन्दा बाहिर रहेका महिलाहरुको मन जित्न र उनिहरुलाई रोजगारीको साथै एउटा गुणस्तर युक्त उत्पादन दिन पनि सफल भएको छ यो सौगात गृह । उसो भए हाम्रै महिला दिदिबहिनीद्वारा संचालित स्थानिय उत्पादनहरुको विक्रि कक्ष यस सौगात गृहबाट सामान खरिद गरी महिला शसक्तिकरणको वहाँहरुको अभियानलाई प्रोत्साहित किन नगर्ने त?
Subscribe to:
Posts (Atom)