Gateway Cyber and Institute 1 No. Bazaar,Sindhuli Contact : Bikash Bhandari 9844041645 फ्लेक्स बाेर्ड, ब्यानर तथा प्रमाणपत्रहरुकाे लागि सम्पर्क गर्नुहाेला । मेमाेरी तथा पेनड्राइभकाे डाटा हराएमा वा डिलिट तथा फर्म्याट भएमा हामिलाई सम्झनुहाेस । Desktop Work, Photocopy, Fax, Scan, Lamination, Binding, Flex Board, Computer & Parts Repair & Sales, Mobile & Accessories, NCELL, UTL, SMART Sim & Re-charge Card Games/Software/Movies CD, Antivirus, Blank CD/DVD, Memory Card, Pen Drive, Modem, Cyber, E-mail & Internet, Video Call, Photo Designing, Stationery Goods etc. #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption #htmlcaption

साहित्य

बररररर्र आमाका आँशु

प्रकाश लामिछाने
‘कोइ त भने जहाजमा हरर
कोइ त भने पसिना तरर, हाम्रो नेपालमा ऽऽऽऽ
कोइको घरमा डाक्टरको चाकरी
कोइ त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ऽऽऽऽ
कोइको भने धनमाथि धनको रास
कोइको भने घरजग्गा उठीबास्, हाम्रो नेपालमा ऽऽऽऽ’
बाहिर पानी झमझम् परिराख्याथ्यो, झ्याउँकिरीको झ्याउँझ्याउँ आवाजले कर्कश पारे पनि आमैले ग्यालेन बजाउँदै मलाई गीत सुनाउँदै थिइन् ।
‘ढकढक-ढकढक’
‘ढकढक-ढकढक’
अचानक बाहिर कसैले ढोका ढक्ढकायो । आमाको गीत झ्याप्पै रोकियो ।
‘ढकढक-ढकढक’
‘ढकढक-ढकढक’
फेरी ढोका ढकढकाएको आवाज आयो ।
को हो?
आमैले सोधिन् ।
म हो म, फणिन्द्र के भाउजू !
बुझ्नै कठिन अनि लर्बरिएको स्वर बाहिरबाट आवाज आयो ।
‘अनि यसबेला के भो? कताबाट आउनुभो र ! यस्तो पानी परिराख्याछ खुरुक्क बेलैमा घर जान छोडेर !’ आमैले भित्रैबाट जवाफ फर्काइन् ।
‘हेर्नुस न भाउजू । बजारबाट आउँदैथेँ, देवीथान डाँडादेखि पानीले धुस्न बनाएर चुट्यो । अनि यसो ओत लागम् भनेर यता छिर्‍या ।’
‘के ओत लाग्नुहुन्च यसबेला?  उसै पनि पुरै भिजिसकेँ भन्नुन्च, एकछिनमा त घर पुगिहाल्नुन्च के रे ।’
आमाले फणिन्द्र काकालाइ यति भन्दै गर्दा म आमाका काखमा पुसको जाडोमा बिरालो सिरकमा गुटमुटिएझैँ गुटमुटिइसकेको थिएँ । किनकि फणिन्द्र काकासँग मलाइ अति डर लाग्थ्यो।
राताराता आँखा, कालो अनुहार, निला गिँजा अनि निलै ओठ । हरदम रक्सीको नसामा झुलिरहने फणिन्द्र काका इट्टाभट्टाको चिम्नी जस्तै चुरोट सल्काउँदै बुङ्बुङ्ती धुवाँ उडाउँदै हिँड्थे । मौका पर्‍यो कि हामीजस्ता केटाकेटीका कान निमोठ्ने, कन्सिरीका रौँ तान्दिने र रोएपछि निला गिँजा र नमाझेर खैरा परेका दाँत देखाउँदै अट्टहास हाँस्थे ।
‘हैन के भाउजु, पानीले भिजाएर बेसरी जाडो भो, एकछिन ज्यान तताएर जाम भनेर बोलाको हो, ढोका खोल्नुस न भन्या,’ फणिन्द्र काकाले कनकन गर्न थाले ।
‘आऽऽऽ हामी आमाछोरा सुत्न लाईसकिम् । भो जानुस खुरुक्क आफ्ना घराँ,’ आमा च्याँठ्ठिइन् ।
‘कति आमाछोरा मात्रै सुत्नुहुन्छ भन्या भाउजू । दाइ ससुराली आएको पाहुनाजस्तो दसैंतिहार चाडपर्वमा मात्रै आउँछन् । कैलेकाँही बरु हामीसँगैऽऽऽऽऽ’
‘थुइक्क तिम्रा मुखाँ किरा पर्नी । लाजसरम छैन बिजेती ? जाँडले मातेर आइमाइ केटाकेटी भाका घराँ रातिराति ढोका हान्दै मुख छाड्दै हिन्चौ ? तिम्लाई बाफती ! भाउजू हुम् म तिम्री । बिर्सेउ जाँडका तालमा?’
आमाले रिसको पारो एकैचोटी एक सय पाँच डिग्रीमा पुर्‍याउँदै एकैसासमा भनिन् ।
फर्निचर उद्योगमा हरहिसाब राख्ने काम गर्दै आएको फणिन्द्र नामुद जँड्याहा थियो । हरेक रात उ आएको देवीथान डाँडाबाटै थाहा हुन्थ्यो । मध्यरातमा रिस उठेकाहरुलाइ भट्टेसराप दिँदै आउँथ्यो । रातिराति अरुको घरमा पनि ढोका हान्दै हिँड्च अरे, अरुकी छोरी-श्रीमतीहरुको हात तान्न पनि पछि पर्दैन अरे भन्ने कुरा मैले पनि सुन्थाथेँ ।
आमाले हकारेपछि फणिन्द्रे हाम्रो खलामा मुखमा आएजतिको गाली गर्दै कराउन थाल्यो । फणिन्द्रेले सुन्न नसक्ने बोल्न थालेपछि आमाले मेरा दुबैकान थुनिदिइन् । मलाई पनि फणिन्द्रको डाँको सुनेर सातो फाल्नुभन्दा यही ठिक लाग्यो । आमाकै जाँघमा घोसेमुन्टो लाएर पल्टिइरहेँ ।
बिहान अबेरसम्म सुत्ने मेरो बानीका कारण दिनहुँ आमाको गाली खानुपर्थ्यो । चिसो बतासले  जिउमा छुँदैगर्दा फेरि ढोका ढकढकाएको सुनेँ । फणिन्द्रेले फेरि ढोका हान्यो भनेर मेरो सातो गयो । जुरुक्क उठेर आमालाई हेरेँ, झ्यालको कापबाट बिहानको कलिलो घामको उज्यालो मेरो आँखैमा पर्‍यो । बिस्तारै छेउछाउका चिजबिज देखिन थाले ।
ढोका त आमैले पो ढकढक गर्दैरैछिन, त्यो पनि भित्रबाट !
‘के भो आमा?’ मैले सोधेँ ।
‘फणिन्द्रेले ढोका थुनेर मरेछ हाम्लाई । अब कसरी ढोका खोल्नु ? त्यै पनि क्वैले सुन्चन कि भनेर घरि ढोका ढकढक्याइछु घरि मान्छे बोलाइछु । क्वैले सुन्दैनन् के रे !’
म एक्कासी क्वाँक्वाँ रुन थालेँ ।
‘यै ! किन रुन्चस? क्वैले न क्वैले त ढोका खोल्दिहाल्च नि । हामी के वर्षभरि थुन्निचम् र !’
संजोगवश म रोएको अचार्जा ठूलाबाले सुनेछन् । उनी बिहान बिहान गाउँका प्राय सबैका घरमा हालखबर, सन्चोबिसन्चो सोध्दै हिँड्थे ।
‘नाँई के भछ हँ आज यो घरकालाई ? बाइरा’ट ताल्चा पड्काछ, भित्र मुन्छे बोल्चन फेरि?’
‘भिनाजू, हामी यताभित्र छम् । शत्तुरले थुनेर मर्‍यो । लौ न ढोका खोल्दिन पर्‍यो,’ आमाले अचार्जा ठूलाबासँग नेपथ्यबाटै वार्ता गरिन् ।
‘नाँईऽऽ को साँइदुवा हो हँ त्यो यसरी बालबच्चा, आईमाई केटा’टीलाई ढोका थुनेर मर्नी !’
अचार्जा ठूलाबाले रिसले भुन्भुनिँदै ढुँगाले हानेर ताल्चा फोडे अनि ढोका खोले । आमाले हिजो रातिको घटनाको बेलिबिस्तार लाइन् ।
‘त्यसै छोड्न हुन्न हेर राँईली ! त्यस्ता बाफतीको भर हुन्न । आज ढोका थुन्यो । भोलि जे पनि गर्नसक्च । त्यो दुदे बच्चो र तिमी मात्रै छौ घराँ । क्यै परिहाले बोलाम भन्न पनि छिमेकाँ घरै छैनन् । बोलाको पनि कोले सुन्नि ? उता भाइ जागिरे छन्, उनलाई तिमोरु कसरी बस्याछौ थापत्तो क्यै हुन्न । बेलाँ ठेगान नलाए त्यस्ताले दिनदिनै दु:ख दिनसक्चन । कुरा बुझ्यौ?’ अचार्जा ठूलाबाले आमालाई भने ।
‘हुन त हो भिनाजुऽऽऽ तर….’ आमाको आक्रोश एकाएक सेलाएर भयमा बदलियो ।
‘आज तातो रिसका भरमा कचरी बसालम्ला वा पुलिसलाई खबर गरम्ला तर भोलि बस्नु त यै समाजाँ छ । मन परुन्जेल न मान्छेले मलाई राम्रो भन्निहुन् । मन नपर्दाका दिन फलानीलाई त फल्नाले यस्तो गर्‍या हो नि भन्दै झन् गाउँभरि ब्वाँईब्वाँई बदख्वाँई गर्दै हिन्चन । त्यसमाथि मलाई बेजेत गरि भनेर त्यो बौलाहाले पनि जेपनि गर्न सक्च । बाबु स्यानो छ । भो भिनाजु दु:ख बेसाउँदिन म।’ आमाले यति भनेर आँखाबाट तप्प आँशु झारिन् ।
आमाले भनेका यतिका भारी शब्द नबुझे पनि आमाका आँखाबाट आँशु झरेको देखेर मेरो मन पनि थामिएन । म पनि रोएँ तर आमा जस्तै मौन हुन जानिन अनि चिच्याउँदै रोएँ ।
एक्ली महिला आफ्नो जवान उमेरमा काखमा बच्चा चेपेर घर गरिखान निकै गाह्रो थियो आमालाई । फणिन्द्रजस्ता गिद्देदृष्टि भएका यौन पिपाशुहरु गाउँघरमा बिभिन्न नातापाताको खोल ओढेर भौँतारिइरहेका हुँदा रहेछन् । ती कहिले दाजुभाइ भएर आउँछन् कहिले देवर जेठाजु भएर । मैले पनि यस्ता थुप्रै कथित नातेदारहरु देखेँ । तर नाता परिवार समाज अनि स्वयं आफ्ना पतिको विश्वास नगुमाउन अपमान पीडा खपेर बसिन आमा । आमाका यिनै कुराहरुको गवाह बनेर बाल्यकाल ब्यतित गर्दै किशोर अनि यौवनावस्थामा प्रवेश गरेँ म ।
समय फेरिइसकेको थियो, देशमा प्रजातन्त्र आइसकेको थियो, आमाको काखमा म मात्र एक्लो थिइन । मेरो भाइले पनि हैकम जमाइसकेको थियो अनि बाको सरुवा पनि  घरपायक नभए पनि कम्तीमा जिल्लामा भइसकेको थियो तर एउटै कुरा फेरिएको थिएन । म, मेरी आमा र भाइको जर्किन बजाएर साँझसाँझमा गीत गाउने अनि पालैपालो नाच्ने रमाइलो गर्ने आदत् ।
म नाचेर सक्दैथिएँ । अब नाच्ने पालो भाइको थियो ।
गीत उनै गरिबी अभाव र पीडाकै थियो-
झरनाको चिस्सो पानीऽऽऽऽऽ
सुकेर जाँदैनऽऽऽऽऽ रोकेर रोकिँदैनऽऽऽ
बारी खेप्ने खेतालाको यै हो जिन्दगानी
झरनाको चिस्सो पानीऽऽऽऽऽ
‘भाउजू !’
हाम्रो गीत रोकियो ।
बाहिर बसन्त अँकल आएका रहेछन् ।
‘ओहोऽऽऽ बाबुहरु पनि घरमै रैछन त ! ठूल्बाबुको त आइए फस्ट इयरको जाँच आउन लाग्यो अनि बजारतिरै डेरा लिएर ट्युसन पढ्न लाग्या भन्या हैन र ?’
‘हो क्यारे अँकल हुन त । तर कैलेकाँहि घर आउन मन लागिहाल्छ नि ! ‘
वसन्त अँकल टुसुक्क पेटीमा बसे ।
आमाले पिर्का दिईन् ।
अघिपछि मसँग राजनितिक बहस गर्न रुचाउने, देशविदेशका खबरको जानकारी र टिप्पणी लिन रुचाउने बसन्त अँकल आज अलि फरक जस्तै देखिएका थिए ।
‘के भो बसन्त बाबु ? सन्चो भएन कि ? अथवा अरु केही तनाव भो कि ? आज अलि अर्कै देखिनुभाछ त !’ आमाले सोधिन् ।
बसन्त अँकल केही बोलेनन् ।
केहीबेरको मौनता चिर्दै बोले, 'एक अम्खोरा पानी दिनुस् न भाउजु, साह्रै खरो भो ।’
आमाले पानी दिइन् । उनले पानी पिए क्वाँकक्वाँकक्वाँक घाँटी बजाउँदै ।
एकछिनपछि लामो स्वास फेर्दै बसन्त अँकल घरतिर लागे । भाई निन्द्रा लाग्यो भन्दै सुत्न गयो ।
‘आमा म एकछिन क्लबको अपिसमा पुगेर आउँचु है !’ मैले भनेँ ।
‘यस्बेला केको क्लब स्लब होला फेरि ! खुरुक्क सुत् । दिनकाल राम्रा छैनन् । गाउँमा रातिराति माउवादी आउँचन अरे । धेरैबेर बसेर हल्लाखल्ला गर्न ठिक छैन अब ।’ आमा भुन्भुनाउँदै थिइन्, म निस्किहालेँ ।
एकछिन क्लबमा बस्दै गर्दा जिल्लामा हुन लागेको महिला हिँसासम्बन्धी गीत प्रतियोगिताका निम्ति मैले लेखेको गीतमा साथीहरुले लय र संगीत भर्ने काम हुँदैथियो । अचानक कोही चिच्याएको स्वर सुनियो । क्लबमा भएका हामी सबै बाहिर निस्कियौँ । आवाज मेरै घरतिरबाट आएको थियो ।
म दौडेर घरमा पुगेँ । भाइले बसन्त अँकलको कठाँल्नो समातेर थप्पड लगाउँदै थियो । बसन्तकी श्रीमती गुहार माग्दै थिइन् । आमा बडो भयभित मुद्रामा आँखाबाट बलिन्द्र आँशु चुहाउँदै थिइन् । करिब २५-३० जनाको जमातले मेरो घरको खलो भरिएको थियो ।
मैले एकछिन केही मेसै पाउन सकिन कि यहाँ के भैरहेछ भनेर ।
भिडबाट कुनचाँहिले भनेको आवाज मेरो कानमा गुञ्जियो- यो उमेरमा यसरी आमा समान भाउजूलाई कुदृष्टि लाउने? धन्न कान्छो छोरो सँगै रहेछ र अनिष्ट हुन पाएन ।  कतिसम्मको पातकी होला यो मान्छे?
बश् पुग्यो मलाई ! मैले ब्रमाण्डका सारा ग्रह-उपग्रह, तारापुञ्ज, नक्षत्र सबै आफ्नै आँखा अगाडि नाचिरहेको देखेँ । सूर्यको दशौँ हज्जार डिग्रीको तातोले पोलेको अनुभूति भो जिउमा । धरहराजस्ता सातवटा स्तम्भबाट खसेको जस्तो शिथिल अनि थनथिलो भो ज्यान । अचानक बिद्युतीय उपकरणजस्तो स्वचालित हुँदै मेरो हात कतिखेर उठेर बसन्तको नाक्चोमा बजारिन पुगेछ पत्तो पाईन मैले । मेरो हातले उसको नाकबाट रगतका मुस्लाहरु निकाल्न नपाउँदै उ भाइको पञ्जाबाट फूत्केर कुलेलम ठोकेछ ।
पटकपटक यस्ता सानातिना झमेलाबाट त्रस्त तथा ग्रसित र आजित भएको मेरो मानसिकतामा यो घटनाले आक्रोशको ज्वारभाटा पैदा गरिदियो । मैले मर्नु या मार्नुको बिकल्प देखिन त्यस क्षणमा । बहुलाएको सिंहजस्तो भएका हामी दुई भाइलाई कसोकसो मानिसहरुले थुनेर राखे । उता बसन्ते भने भागेर गाउँ छोड्यो ।
कुरा एक्कान दोक्कान मैदान हुन कतिबेर लाग्छ र गाउँघरमा ! मानिसहरु मेरी आमालाई ‘चरित्रहीन’को आरोपदेखि बलात्कृत महिलाको रुपमा ‘बिचरा पात्र’को रुपमा सहानुभूति प्रकट गर्नेसम्मका गफ गर्न भ्याए । चियाचौतारो देखि पानीपँधेरोसम्म मेरो आमामाथि हुन खोजेको तर परिस्थितिले टारिदिएको बिषम घटना ‘हटकेक’ बिषय बन्यो कुराकानीका निम्ति । केहीले आमालाई माओवादीको जनअदालतमा मुद्दा हाल्न उकासे भने केहीले मलाई नै भूमिगत भएर बदला लिन उकासे अनि माओवादीका केही क्षेत्रीय स्तरका नेताहरुसम्म पुर्‍याए पनि ।
शरीरमा त आमालाई नङले कोतरेको दागसम्म थिएन । हुन पनि करेसामा लुकेर बसेको बसन्तेको पञ्जाबाट भाइले उनलाई सकुशलै उद्दार गरेको थियो । तर उनको मनमा लागेको चोटको पीडा उनकै गर्भमा नौ महिना उफ्रेर या उनकै दुधका लाम्टा चुसेर हुर्केका चिम्टाका दुई कप्टेराजस्ता हामी दाजुभाइले त बुझ्न सकेका थिएनौ गहिरिएर भने अरुले कसरी बुझ्थे र !
आगोले पोलेको घाउको उपचार के करेन्ट हुन सक्छ र ! कोही कुरा काटेर हामीलाई अपमान गर्न खोज्ने त कोही सुझाव दिएर साख्खिलो बन्न खोज्ने । सबैका सबैखाले कुरा सुन्दासुन्दा मेरा कानबाट पीप निस्किन मात्रै बाँकी थियो । यस्तैमा एकदिन मसँग बाले एक्लै कुरा गर्ने ईच्छा राखे । यतिका दिनसम्म बदलाको ज्वारभाटाले उमालिरहेको मेरो मनमस्तिस्कले बाको कुरा सुन्ने फूर्सदै कहाँ पाएको थियो र !
बाको कुरा सुन्दै गर्दा अचानक मेरा हातखुट्टा लुलिए । म थुचुक्क भुईँमा बसेँ । आजसम्म मैले ‘छोई नबिराउने’ भगवान् मानेको मेरो बाको मुखबाट यो परिस्थितिमा त्यस्तो कुराको अपेक्षा गरेको थिइन मैले । गाउँघरका मानिसहरुको कुरा सुनेर हो या आफ्नै मनमा उब्जेको शंकाकै कारणले हो बाले भने- 'यदि तिमीहरुलाई आफ्नी आमा साँच्ची चोखी छैनन् भन्ने लागेको छ भने मलाई कुरा नलुकाई भन है ! म उसलाई ससम्मान आधासम्पति दिएर बिदाई गर्छु ।’
बास्तवमा बाले पनि समाजकै लोकलाजका सामु आत्मसमर्पण गरेका रहेछन् तर म मेरी आमालाई न्याय नदिलाई नछोड्ने अटोठमा थिएँ । मेरो अठोट र आक्रोशमा कतिले मलजल हाले भने कतिले रिस खा आफू, बुद्दी खा अरु भनेर संयमित हुन पनि आग्रह गरे । तर केहीले मेरो आक्रोशले काम बिगार्ने भन्दै बालाई भनेपछि अन्तत: आमालाई गाली बेइज्जतीमा मुद्दा दायर गर्न बालगायतका अगुवाहरुले मनाएर उजुरी दिन गए ।
बेलुकीपख घाँम डाँडामाथि अस्ताउने तर्खर गर्दै थियो । बाँसघारीमा डाँङ्ग्रेहरु खुब झर्को लाग्ने गरी कराउँदै थिए । म घरको बार्दलीमा बसेर खै के गर्दैथिएँ कुन्नि । खलामा बा-आमाका साथमा एकहुल मानिसहरु आए । म बार्दलीबाट ओर्लेर तल गएँ अनि उजुरी दिएको बारेमा सोधेँ । आमाले आफ्नो झोलाबाट एउटा पट्याएर राखिएको पातलो पहाडी कागत झिकेर मलाई दिइन् । त्यसमा लेखिएको लामो कानुनी भाषा झर्को मानिमानी पढ्दै जाँदा एकठाउँमा पुगेर मेरो स्वास झण्डै रोकिएला झैँ भयो । त्यहाँ लेखिएको थियो ……….. आगे सोही गाविस सोही गाँउटोल निवासी बर्ष ४३ को बसन्तले जबरजस्ती करणी गरेको……………… ।’  म एक्कासी चिच्याएँ ।
‘यो के लेखाको?’
‘खै तेरा बा, जेठाबा र अरु सप्पैले यस्तो लेखेपछि कडा सजाय हुन्छ, उ उम्किन नपाउने गरी जेल जान्च भने के रे अनि मैले मन नलागि नलागि सहि गर्दिएँ ।’
आमाले यति भन्दाभन्दै मैले त्यो कागत धर्‍यातधुरुत च्यातिदिएँ ।
‘हुँदै नभएको कुराले मान्छेलाई कत्रो पिरलो छ तपाँईहरु यसलाई मजाक ठान्नुन्च? जे भएको हो त्यो लेखाएर मुद्दा दर्ता गर्न सकिन्थेन?’
मेरो प्रश्नको जवाफ कसैले दिएन । मेरो आमाको काँधमा बन्दुक राखेर बसन्तेसँगका अरु राजनीतिक प्रतिशोध पूरा गर्न खोज्नेहरुले सायद मौका यही हो भनेर मेरा बाआमालाई फकाएर नभएको झुठा ब्यहोरा लेखाई दुर्ब्यवहारको सट्टा करणी नै उल्लेख गरिदिए मुद्दाको खोस्टोमा । उनीहरुले पीडामाथि पीडा थोपर्दै आत्मसम्मान नै नरहने गरी कागजी रुपमा बलात्कृत बनाइदिए मेरी आमालाई ।
मलाई झन् असह्य भो तर के गर्नु ?  मैले अरु बिकल्पहरु पहिल्याउनै सकिरहेको थिईन त्यस बखत् ।
दिनहरु बित्दै गए । घटनाहरुमाथि खेल्ने खेलाडीहरुले बाआमासँग कहिले एकल कहिले सामूहिक वार्ता गरिरहे दिनानुदिन त कहिले एकैदिनमा तीनचार पटक । अन्तत: मिलापत्रमा कुरो टुंग्याउने सहमति भो । आमालाई लुरुलुरु अघि लगाएर एक जमातअदालतमा पुगेर मुद्दा फिर्ता गराएर आयो । घरमा कचहरी
बस्यो । बसन्तेले ‘मदिराको नसामा थाहा नपाएर त्यस्तो गरेको’ भनेर माफी माग्यो । आमा मौन नै थिइन । भेलाले कुरा मिलेको निश्कर्ष निकाल्यो ।  मान्छेहरुले कुनै राजनीतिक पार्टीको चुनावी घोषणा सभामा झैँ पररर ताली बजाएर भेलाको निश्कर्षलाई अनुमोदन गरे र बसन्तेले भेलामा जम्मा भएका सबैलाई च्या-खाजा खुवायो ।
आमाले भिडको कुनाबाट आँखाका डिलमा डम्मै भरिएका आँशुका थोपा बररररर्र भुँईमा खसालिन् ।
बस् मैले लामो सास फेर्न बाहेक अर्थोक केही गर्न सकिन ।
(लामिछाने (बाबाजी) को ब्लगबाट)

मेरा बा, मेरो स्कुल

एक मुठ्ठी चक्लेट चोरेर दाँवलीहरुलाई बाँड्न भनेर घरबाट लुसुस्क्क बाहिर निस्किन लाग्दा बाले भन्नु भो, ओए ! याँऽऽऽ आइज ।
मेरो हंसले थात छोड्यो । लाऽऽ मैले 
दुधमिठाई चोरेको बाले था’ पाउनु भएछ । अब के हुने हो । मुठ्ठी जाँघेको खल्तीमा राख्दै थर्थर गर्दै नजिकै गएँ । मलाई बादेखि निकै डर  लाग्थ्यो । दुईतीन वर्र्षको एकपल्ट बल्ल घर आउनुहुन्थ्यो अनि महिना दुई महिनामा फेरि केरला जानुहुन्थ्यो । त्यसैले झ्याम्मिन डर लाग्थ्यो । उहाँको चर्को डाँको थियो । काखमा बस्ने त कुरै छोडौं, नजिक हुँदा पनि मेरो आधा होस् उड्थ्यो ।
बाले आफ्नो अटैची खोल्नुभो । एउटा सानो किताब देखाउँदै भन्नुभो, अब तैंले खरररर पढेर सुनाउनुपर्छ मलाई । तैले पढ्लास् भनेर केरलाबाट ल्याएको ।
म घोसेमुन्टो लाएर भूईं कोतरिरहेको थिएँ । गोजीमा एक मुठ्ठी चक्लेट थिए । बा आको उपलक्ष्यमा साथीलाई बाँड्न चोरेको । म डरले काँप्दै थिएँ ।
ओए पढ्, मैले सुन्नेगरी पढ् ।
ल यो भन् । के हो यो ? पढ् बाबु, अर्कोपटक आउँदा तँलाई घडी ल्याइदिन्छु ।

बा छेउमा बसेर मलाई फकाउँदै हुनुहुन्थ्यो । मलाई घडी चाहिएको थिएन । मलाई त्यहाँबाट फुत्किन पाए हुन्थ्यो । डरले गर्दा मैले अक्षर  फुटाल्न सकिन । त्यो पुस्तक अंग्रेजी सिकाउन सघाउने पुस्तक थियो । केही अंग्रेजी, केही हिन्दी ।
 
उहाँले मलाई कडा स्वभावले माया गर्नुहुन्थ्यो ।

भन् त, ल यो कुन अक्षर हो ?

मैले भने आर, अनि यो.. ए, अनि टी.. र्‍याट माने मुसो । मलाई यही आउँदो थियो तर त्यहाँ आरएटी रैट रैट माने चुवा थियो । त्यस्तै अर्को शब्द सिएटी क्याट माने बिरालो भनेर मलाई कन्ठ थियो तर त्यहाँ सिएटी कैट माने बिल्ली थियो । केरलाको कैट र यहाँको क्याट फरक हुँदो रैछ । म गल्दै गएँ ।

ल यस्तरी यो पेजको सप्पै सुनाइस् भने म नयाँ जाँए ल्याइदिन्छु ।

मेरो कपाल दुखेर आयो । ज्वरो फुट्ला जस्तै भयो । मलाई नयाँ जाँए पर्दैन । मनमनै भन्दै थिएँ, मलाई त्यही टाँक छिनेको जाँए नै ठिक छ  ।

एकपटक स्कुलमा एक बजे छुट्टीमा खेल्दा जाँएकोे टाँक छिनेछ तर मैले थाहा पाइन । कोठामा पस्दा सप्पै मलाई हेरेर खुप हाँसे । कसैले जिब्रो काडे, अनि कसैले कुरीकुरी भने । म लाजले भुतुक्कै भएँ । अनि हातले छोपेर रुँदैरुँदै घर फर्केको थिएँ ।

यति पेज सकेपछि मात्रै खाना खाने ल !
मैले खट्नै सकिन, बर्बरी आँसु आए । आँसु त्यही पन्नामा चुहिए । हेर्दाहेर्दै अक्षर फुलेर ठूलाठूला हुन थाले । आँसुुले भरिएका आँखाले अक्षर बडाबडा देखिन थाले । रुँदारुदै हिक्का छुट्न थाल्यो ।
बा अझै खस्रो बोल्नुभो । मैले डरले पिसाब छाडेछु । दिदीले झ्यालबाट बासँग साख्खै हुँदै भनिन्, ‘बाबुले मलाई अंग्रेजीमा जित्नी भो ।’
उनी मलाई जिस्काउँदै थिइन् । त्यसपछि बा अलि नरम हुनुभो । भन्नुभयो, उति बेला आफूलाई कसैले पढ् भनेन् । आज पछुतोले मन जलिरहन्छ । तिमीहरूलाई पढाएर ठूलो बनाउने इच्छा छ मलाई ।  

मलाइ बा र अंग्रेजी  किताबदेखि अति डर लाग्न थाल्यो ।

बाको इङ्गलिसले मलाई उहाँँ घरमा बसुन्जेल लखेट्थ्यो ।

बा घरमा छँदाको दकसले कहिलेकाहिँ लाग्थ्यो, बा छिटै केराला गए नि हुन्थ्यो ! तर भन्दानभन्दै त्यो दिन छिटै आउँथ्यो ।  

बा आउने दिन जति खुसीले रमाइलो हुन्थ्यो, त्यो भन्दा कैयन गुणा बढी नरमाइलो जाने दिन हुन्थ्यो ।

अघिल्लो दिन वल्तिरपल्तिरको दुध जम्मा गरेर राति १२ बजे सम्म कुराउनी बनाउनी, अरु केके गर्दागर्दै अबेर हुन्थ्यो ।

जहिले पनि बा केरला जाने अघिल्लो रात आमाले रोएर बिताउनु हुन्थ्यो । मनमनै रोएको पनि मैले चाल पाउँथे । कतिपटक सारीको सप्कोले आँशु पुछदै बासँग गुनासो गर्नु हुन्थ्यो,  आउनी कहिले हो कैले ? घरमा टोकसो उत्ति ।

बाले भन्नुहुन्थ्यो, नरोइ, मलाई पनि सजिलो भा छ र ?  मैले आँसु लुकाएर रोएको तैंले देखेकी छस् र ? तँ त कमसेकम घरमा छेस् ।  छोराछोरी काखमा छन् । परिवार छ । हिँड्ने बेला तँ रुँदा मैले बाटाभरि रुनुपर्छ । बसमा, रेलमा । दुई सालपछि आइहाल्छु नि ।’

मलाई लाग्थ्यो बाआमालाई त्यो रात लामो भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो होला, किनकि बिहान हुनेबित्तिकै छुट्टीहाल्नु पथ्र्यो । तर त्यही बिहान बिहानै हुन्थ्यो । पिठ्युँमा भन्दा कैयन गुणा बढी मनभरी गरुङ्गो भारी बोकेर हिँड्ने बेला हजुरआमाले टिका लगाएर दही खुवाउनुहुन्थ्यो । आमाले घरबाट निस्कने बेला बाटोमा पानीले भरेका र फुल राखेका दुइटा घडा राख्नु हुन्थ्यो ।

पछि आमालाई सोधें, किन त्यसो गरेको ? आमाले भन्नुभो तेरा बा हिँड्ने बाटाभरि काँडा नपरोस् भनेर ।

कुइनेटाले नछेकुन्जेल पाऽऽरी रोहोटेसम्म हजुरआमाले हेरी राख्नुहुन्थ्यो । अनि आज दिनभर ढोका नढेप्नू है भन्नुहुन्थ्यो ।

मैले भनेँ, किन ?

तेरा बाको लागि कहिँको ढोका बन्द नहुन् भनेर, उहाँ सम्झाउनुहुन्थ्यो । बा गएको एक सातासम्म बिहानबेलुकी आमाले देउताको फोटोमा दियो बाल्नुहुन्थ्यो । मैले सोध्थें, किन बत्ती बालेको?

आमा गह डिबडिब पार्दै भन्नुहुन्थ्यो, तेरो बाको जीवनभरि अँध्यारो नहोस् भनेर बत्ती बालेको । मलाई लाग्थ्यो, भित्तामा टाँसेका देउताको तस्बिरभन्दा आमाको मनको भित्तामा झुण्डिएका बाको तस्बिर कति गुणा ठूलो होला ।
...
कक्षा ५ को जिल्लास्तरीय परीक्षामा स्कुलबाट पहिलो भएपछि टोल छिमेकमा चर्चा बढन थाल्यो ।
कसैले भन्थे, मान्छे खिरिलो भए पनि पढाइमा तिख्खर छ । कसैले भन्थे, बौरको घामले खानी भो यसलाई, यत्रो सानो छ, कसरी आउजाउ गर्छ हँ, तेत्रो बाटो ।
धेरैले धेरै थर कुरा सुनाउँदा आमाले मलाइ पाँचमा दोहोराएर पढाउनी कि भनेर एक्लै रन्थनिनुभएछ तर मँसँग भन्नुभएन, पछि थाहा भो ।
पौने एक घण्टाको ओरालो र ठ्याक्कै एक घण्टाको उकालो सालघारीको बाटो हुँदै मैले बेलबगरको बाटो नाप्न थालेँ । सातवटा किताब र प्रत्येक बिषयका कापी झोलामा राख्दा मभन्दा झोला गरुङ्गो हुन्थ्यो ।

एउटा कक्षामा पन्ध्र, बीसजना  खुलमखुला बेन्चमा बस्ने म ६ पढन संस्कृत माबि बेलबगर जाँदा रनभुल्लमा पर्थे । एउटै कक्षामा पैसठ्ठी, सत्तरीजना कोचाकोच गरेर बस्नुपर्ने । आफूभन्दा ठुल्ठूला उमेरका सँग । कोइकोइ केटीले जिस्काएझैं गरेर हेपेर भन्थे, आऊ बाबु म काखमा राख्छु ।
कसैले भन्थे, आमाको दुध खान बिर्सेर बिचरा स्कुल आएको । म लाज र डरले निलो र कालो हुन्थें ।
 
अनौठो लाग्थ्यो, घण्टी बज्नासाथ हुरुर्र कक्षामा पस्थे सबै । मास्टर निस्किनेबित्तिकै गुरुर्र बाहिर । मास्टरले भनेको कसैले र्टेर्दैनथे । गलल्ल हाँस्थे अनि पछिबाट कागजको डल्लो बनाएर केटाहरू केटीहरूलाइ हान्थे ।

स्कुलको दाइनेपट्टी यस्सो छेकिने कुइनेटो देब्रेपट्टी हावीझाङ र खेत । स्कुलमा ट्वाइलेट थिएन । पिसाब लाउनेबित्तिकै केटाहरु स्कुलको दाइने पट्टी पाखामा छेंवल पारेर भित्तातिर र्फकिन्थे भने केटीहरु देब्रेतिरको पाखोमा लहरै बसेझैं गरेर खोलो बगाउँथे ।

कहिलेकाहिँ बाटो हिँडदा झुक्किएर एक अर्कालाई देखिन्थ्यो अनि लाजले भुतुक्क हुँदै मरिमरी हाँस्थे उनीहरू ।

कोइ छट्टु केटाहरु कहिलेकाहिँ उनीहरू कतिखेर आउलान् भनेर पिसाब गरेको हेर्न लुकेर बस्थे र त्यहीबेला डराउन दिएझैं गरेर खङ्रङ्ग पार्थे । त्यसपछि त भागाभाग ।
 
एकदिन कमलले भन्यो, ओए, एउटा कुरो सोधुँ तँलाई?

मैले भनेँ, सोध न सोध, जाबो एउटा कुरा, किताबभरिको सोध न, जानेको भन्दिन्छु ।

किताबको होइन के, उसले भन्यो ।

अनि के हो त ?

केटीहरु किन बसेर पिसाब गर्छन् होला ? उसले खित्तित हाँस्दै सोध्यो ।

म लाजले पानीपानी भएँ र भनेँ, मलाइ के थाहा !

ऊ झन मरिमरी हाँस्न थाल्यो र भन्यो, खुब जान्नि खाइन्थ्यो मूला त्यति नि थाहा रैन्छ ।

उसले मलाइ निकै इल्लीबिल्ली पार्यो ।

उसले भन्यो, मलाई थाहा छ, किस्नेले भनेको, तर तँलाई भन्दिन ।
 
कोइ सरल मिजासका, कोइ उटपट्याङ गर्ने, कोइ निकै चतुर स्वभावका यस्तै यस्तै साथीसँग हेलमेल बढ्न थाल्यो । प्रायः साथीहरु भन्दा उमेरले सानो र सोझो भएकाले उनीहरू खास गन्दैनथे मलाई ।
 
एक बजेपछि दुई बजेसम्म हाफछुट्टी हुन्थ्यो । अनि अलिअलि ५,१० रुपैयाँ खल्तीमा हुने चना खान जान्थे भने गोजीमा डटपेनमात्र हुनेहरू कोइ बयर खान जान्थे बयरघारीतिर, कोहि कपर्दी खेल्थे । कोही आयुर्वेदतिर गएर धुलोऔषधी फाँक हाल्थे । कोइ उधारो बिस्कुट खान्थे शोभाकर गुरुको दोकानमा ।

म् अन्तर्मुखी स्बभावको मान्छे, खास धेरै बोल्दैनथे । त्यसैले धेरैसँग मिल्थेँ र माया पनि गर्थे । जति कक्षा चढ्दै गए पनि हाम्रो समूह स्कुलभरिमा उट्पट्याङ र उपद्रो गर्ने समूह गनिन्थ्यो । कसैसँग रिस उठ्यो कि त गाली गर्ने नाम राखिहाल्ने । कक्षाका सब केटाका गाली गर्ने नाम थिए ।  कहिलेकाहिँ झगडा परेर कसैले गाली गर्नी नाम भन्यो भने त पाखुरा निमोठ्न थाल्थे । अलि बलियो र दादा खाले भए ‘के भनिस ?’  भन्दै आक्रमण गरिहाल्थ्यो । अलि सोझा बोल्न नसक्नेहरू अमिलो हुँदै बस्थे । मलाई निकै पिर पथ्र्यो ।
 
अरुलाई उरल र झिरल पार्दै नानाभाँतीका नाम राख्ने भूपाल, नारन, बद्रीहरु । अरुले होमा हो मिलाउँथे मात्रै । कक्षामा पढाउने सबै गुरुका पनि गाली गर्नी नाम थिए उनीहरूको बानी, व्यवहार, स्वभाव र प्रकृतिअनुसारका फरक फरक नाम ।
 
एकदिन एकजना साथीले कक्षामा कोही नभएको मौका पारेर ब्ल्याकबोर्डमा अब पढाउन आउने सरको गाली गर्ने नाम लेखेछ । कक्षा भरिएपछि ब्लयाकबोर्ड र्हेदै सब गलल्ल हाँस्न थाले भने कोही डराए, अब मास्टरले के गर्नि हुन् । हँसिलो पारामा कक्षा भित्रिएका गुरु ब्लयाकबोर्ड हेर्नेबित्तिकै अँधेरा भए । सब जुरुक्क उठे । गुरु आँखा राताराता पार्दैै लठ्ठी लिन गए । सब मुखामुख गर्न थाले र सबैले आफ्नाआफ्नै लख काट्न थाले ।  कस्ले लेखेको होला, त्यत्रा बडा बडा अक्षरमा गुरुको गाली गर्नी नाम ।

शिबेले मलाई कोट्याएर इसारा गर्दैै थियो, भिमेले हो । गुरु बडे लठठी लिएर राँक्किदैै आएपछि सबै डरले थर्कमान भएका थिए, अब के गर्नी हुन् !

-बाग्लुङ

कथा : बिल्टुकी दुखिनी

बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो । एक्कासी ज्वरो आयो । निकै कडा ज्वरो । भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुखिनी अहिले ओछ्यानमा छे । कसैको केही नबिगार्ने, सोझी र मेहनती दुखिनीलाई यो सालको असार फापेन ।

बिल्टुले बुझेको छ, ज्वरो निकै कडा हो । तर ऊ बुझ पचाउँछ । उपचार गर्न पैसा छैन ।
मालिकसँग मागौं, हिम्मत पुग्दैन । मनमनै बर्बराउँछ, ‘मालिक पनि यसपालि बडो टेन्सनमा देखिन्छ । पानी नपरेर खेतमा गोरु नार्न पाइएको छैन, के देला र ।’
बिल्टु गम्छ, ‘आइमाइ तगडा छ, उमेर गएको छैन, त्यसैले ज्वरोले के नै पो बिगार्ला । ऊ पक्का निको हुन्छे । ज्वरोसँगको लडाइँ दुखिनीले अवश्य जित्ने छ ।’
बिल्टु आफैंलाई आश्वस्त पार्छ ।
दस दिनदेखि ऊ बेलुकाको भात पकाउँदै छ । तर, आज उसलाई केही पकाउन पनि मन छैन, खान पनि । बरू दुखिनीले केही खाइदिए हुन्थ्यो । तर, उसले पनि मन गरिन । त्यसैले बिल्टु चिन्तामा छ ।
गम्छ, ‘उसले अलिकति तातोपानी पिए हुन्थ्यो ।’
आज बिल्टुले आफू पनि पानी पिएरै रात बिताउने पक्का ग¥यो । जब भात नपाक्ने भयो, त्यसपछि बिल्टुसँग गर्नुपर्ने कुनै काम रहेन ।
बिल्टु आँगनमा निस्कियो । आँगनमा अँध्यारोमात्र थियो । त्यही अँध्यारोमा उभिएर बिल्टुले आकाशको उज्यालो हे¥यो । आज आकाश मैलो थियो । मैलो आकाशले बिल्टुको मन उज्यालो बनायो । आज पानी परे हुन्थ्यो ।
उसले गम्यो, ‘भोलि बिहानै गोरु नार्न पाए ऊ मालिकसँग केही पैसा माग्ने थियो । हेल्थपोष्ट जाने थियो । दुखिनीका लागि ज्वरोको औषधि किन्ने थियो । उ निको हुने थिई ।’
यो कल्पनाले मात्र पनि बिल्टुको मन उज्यालो भयो ।
मन उज्यालो भएपछि आशाहरू पलाउँछन् । सम्झनाहरू तरेलीतरेलीका आउँछन् । जीवन बगैँचाजस्तो हुन्छ । यिनै सम्झनाहरूको तरेलीमा त्यो साँझ बिल्टुले सोनालाल मालिकलाई सम्झिन्छ, आफूलाई सम्झिन्छ, ज्वरोले बेहोश बनाएकी आफ्नी दुखिनीलाई सम्झिन्छ र ऊ निको भएर हाँसेको सम्झिन्छ । दुखिनी निकै छिटो धान रोप्छे, परिआउँदा बाउसे पनि गर्छे । हिलो खेल्न उसलाई खुब रमाइलो लाग्छ । बिल्टु सम्झिन्छ, यो साल ऊ दुखिनीलाई बेस्सरी हिलो खेल्न दिनेछ। ऊ पनि दुखिनीसँगै हिलो छ्यापाछ्याप गर्ने छ । ऊ दुखिनीलाई सबैभन्दा खुसी बनाउने छ । यही सम्झनाको मेसोमा बिल्टुको आँखाअगाडि हिलाम्ये दुखिनी आइपुगी । हिलोमाटोमा लतपत भएकी दुखिनी उसलाई खुव राम्री लाग्यो ।
बिल्टु मनमनै विचार गर्छ, ‘पक्का आज पानी पर्छ ।’
पूर्वी तराईमा सोनालाल अग्रहरीको आफ्नै नाम र सान छ । त्यसो त उसको एक सय बिघाजति जमिन छ । मान्छेहरू भन्छन्, उसको कुुकुर पनि जमिनको मालिक हो । गाँउमा नाम हुन जमिन हुनुपर्छ । ऊसँग दुइटा धान मिल, गाउँमै एउटा सिनेमाहल र दुइटा काठमाडौं जाने नाइटबस छन् । विराटनगरमा पनि घर छ । तर, सोनालाल गाउँमा बस्छ । भन्छ, गाउँलेको मायाले समातेको छ । हुन त गाउँलेको माया उसलाई कति लाग्छ, थाहा छैन तर जब पानी पर्छ र खेतमा रोपाइँ सुरु हुन्छ तब उ गरिब मुसहरहरूको खुब माया गर्छ । मंसिरमा जव धान काटिन्छ र दाउनी हुन्छ अनि मालिकको मायाको भकारी रित्तिन्छ । त्यसपछि उसको मुखबाट गालीमात्र झर्न थाल्छ । गालीमा सोनालाल फस्ट डिभिजन हो ।
भूमिहीन बिल्टु मुसहर सोनालालको खेत जोत्छ । यो उसको परिवारकै पुस्तैनी जागिर हो ।
बिल्टु बारम्बार आकाशतिर चियाउँछ । उसको झुप्रोमाथि आकाशमा आज हलचल छ । तर, झुप्रोभित्रको अँध्यारोमा ज्वरोले थलिएकी दुखिनी भर्खर निदाएकी छे । बिल्टुलाई भने निद्रा पटक्कै छैन । ऊ बाहिर निस्किन्छ । आकाशमा बादलको गति विचार गर्छ । पश्चिमउत्तरको पर्वतमालामा बादलका घुर्मैला पत्रहरू वेगले पूर्वतिर हानिँदैछन् । बिल्टु एकछिन बादल र यसको रंग नियालिरहन्छ । आजको बादल केही ताजा, चिसो, भारी र सजीव देखिन्छ । बिल्टु छड्के आँखाले बादलभित्रको जीवन ठम्याउँछ । आकाशको हलचलले बिल्टुको लुलो ज्यानमा जीवनको ऊर्जा सञ्चार गर्छ । ऊ पक्का गर्छ कि आज पानी पर्छ ।
भित्र ज्वरोले अर्धचेत दुखिनी विस्तारै घुर्दै छ । बिल्टुलाई आफ्नी जहानको अनुहार हेर्न मन लाग्दछ । ऊ नजिकै जान्छ र अँध्यारोमा दुखिनीको अनुहार छाम्छ । सायद निद्रामा नै आप्mनो श्रीमानको अनुभव उसलाई भयो, ऊ घुर्न छाड्छे । कतै देउरालीमा सिरसिर हावा चलेजस्तो स्वासको धिमा गतिमात्र सुनिन्छ । त्यहीबेला आकाश गर्जिन्छ । हावाको झोका फुसको छानामा ठोकिन्छ र पानी छिट्टयाएको सुनिन्छ । पानीसँगै बिल्टुका पीडाहरू गायब हुन्छन् र सयौं दमित इच्छाहरू ब्युँझिएर आउँछन् । उसका सपनाहरू ब्युँझिन्छन् । बिल्टु खुसीले श्रीमतीलाई अँगालो हाल्छ । तर, ज्वरोले तातेको दुखिनीको अनुहारमा स्पर्ष हुनासाथ बिल्टुका सबै आवेगहरू सेलाउँछन् । ऊ स्थीर हुन्छ ।
बिल्टुको मन सिधा आकाशतिर उड्छ । आकाशमा ऊ र दुखिनी सँगै छन् ।
भख्खर वैशाख लाग्दै थियो र तराईमा सिरुवाको रमझम थियो । आजभन्दा १३ वर्षअगाडि उसले दुखिनीलाई देखेथ्यो । कालो अनुहारमा टल्किएका सेता दाँतका लहर, ठूला आँखा, सस्तो लिपिस्टिकले रंगिएका पोटिला ओठ र निलामा रातो बुट्टा भएको कुर्तासुरुवाल । त्यो रात ऊ कसै गरी निदाउन सकेन । उसलाई पहिलो नजरमा नै प्रेम भयो । त्यसको तीन दिनपछि उनीहरूले दोस्रो भेट गरे । तेस्रो भेटमा उनीहरूले सिनेमा हेरे । ती सबै क्षणहरू सपनाजस्तै भए । सिनेमा हेरेर बाहिर निस्किँदा रात छिप्पिँदै थियो । उसले पहिलोचोटि दुखिनीको हात समायो । त्यसको हप्ता दिनपछि उनीहरूले भागेर विवाह गरे । कुनै रीतिरिवाज, घरदेख, भोजभतेर, बाजागाजा र आफन्तीबिनै  एक्लो बिल्टुले आफ्नी दुखिनीलाई भित्र्यायो ।
बिहेपछि बिल्टुले ऐलानी जग्गामा आफ्नै झुप्रो हाल्यो । दुखिनीले आफ्ना चाँदीका गहना बेचेर ५ वटा हाँसका टिउला किनी । आँगनको डिलमा सुँगुरको पाठो खेल्न थाल्यो । यो पो हो जिन्दगी । बिल्टुलाई कसैले मायाले बोलायो । कसैले मायाले छोयो । कसैले मायाले हे¥यो । यो सबै पहिलोचोटि भयो । सबै एकैपटक सुरु भयो । बिल्टुको मन नाच्न थाल्यो ।
जीवनप्रति आशाहरू पलाए । त्यो बेलाकी रसिली, भरिली र मायालु दुखिनी सम्झिएर बिल्टुका आँखा रसाए । यो आईमाई उसका लागि कति महत्वपूर्ण छ, उसले अहिले बुझ्यो । आज बिल्टुलाई फेरि प्रेम भयो । यो प्रेममा उसले आफूलाई बिर्सियो, सोनालाल मालिकलाई बिर्सियो, मालिकको बाँझो खेत पनि बिर्सियो । उसले दुखिनीबाहेक सबै बिर्सियो । उसले फेरि दुखिनीलाई हे¥यो । अँध्यारोमा उसले आफ्नी दुखिनीलाई महसुस गर्‍यो ।
अर्धचेतमै दुखिनीले लोग्नेको भावना बुझी । उसले बिल्टुका खस्रा हातहरु कसेर समाती र आफ्नो छातीनेर लगी । छाती अलि छिटोछिटो चलेझैं थियो । उसले दुखिनीको शरीर सुम्सुम्यायो । पाखुरा, गर्दन र गाला तर जब गालामा उसका हात पुगे, ओहो दुखिनीको आँखाबाट आँसुको समुद्र बगिरहेको थियो । दुखिनी चुपचाप रोइरहेकी थिई । किन रोई दुखिनी ? किन बग्दैछ आँसु? उसले सबैभन्दा माया गरेकी आइमाइका आँखाबाट आज किन आँसु झरे? बिल्टुका हातहरू थामिए । उसले श्रीमतीलाई अँगालो मा¥यो र आफू पनि रुन थाल्यो । आजको रात आकाश, बिल्टु र दुखिनी सँगै रोए ।
...
रातिको पानीले किसानहरूमा नयाँ जीवन सुरु ग¥यो । सबै खेतमा पसे । तर, बिल्टुको मन आज खेतमा थिएन । उसको मन त मेलामा भेट भएकी त्यही दुखिनीतिर थियो । ऊ सेता दाँतहरू चम्काउँदै हाँस्थी र लजाउँदै दाहिनेतिर मुन्टो बटार्थी । बिल्टुलाई आज लाग्यो, उसले श्रीमतीलाई साँच्चै माया ग¥यो तर केही दिन सकेन । न साडी किनिदिन सक्यो, न त कंगन नै । ऊ पाउजुमा छम्छम् नाचेकी आफ्नी दुखिनी हेर्न चाहन्थ्यो । तर, अहिलेसम्म सपना अधुरै भयो । उसले काम त गरेकै हो, कता गयो रगत र पसिनाको मूल्य ? किन पूरा भएनन्, दुखिनीका सपनाहरू ? बिल्टुले जीवनमा पहिलोचोटि आफूसँग प्रश्न ग¥यो । आफैंसँग गुनासो गर्‍यो ।

मालिक उसका लागि आज निकै बिरानो लाग्यो ।

बिल्टुलाई आज गोरु जोत्न पटक्कै मन भएन । त्यसैले घाम अलि माथि नै थिए, बिल्टुले गोरु फुकाइदियो । सधैंजस्तो ऊ गोरुको पछिपछि लागेन । ऊ त कदमगाछी चोकतिर पो हानियो । उसले धनियाको दोकानबाहिरै उभिएर एक ग्लास रक्सी स्वाट्ट पार्‍यो । भिखनको माछापसलबाट उधारोमा मुग्री माछा लियो । माछा जिउँदै थिए । माछा ताजा थिए । ऊ घरतिर हान्नियो । ऊ छिटोछिटो आफ्नो झुप्रोमा पुग्न चाहन्थ्यो । आज ऊसँग रंगिन सपनाहरू थिए । नयाँ योजनाहरू थिए । यी सबै ऊ दुखिनीलाई सुनाउन चाहन्थ्यो । उसलाई हँसाउन र रमाउन चाहन्थ्यो । ऊ मालिकसँग भाग्न चाहन्थ्यो । गोरुसँग भाग्न चाहान्थ्यो । उसलाई मालिकको खेत हेर्न मनै भएन । ऊ त आफ्नै निजी साइकलमा बसेर सहरतिर पस्न चाहन्थ्यो । साइकलको अगाडि दुखिनी होस् । दुखिनीको स्पर्ष होस् । ऊ साइकलमा दुखिनीलाई हालेर लगातार लामो यात्रा गर्न चाहन्थ्यो ।

बिल्टुले मनमनै गम्यो, अब ऊ लेबरको काम गर्छ । आजैदेखि ऊ हलो बिसाउँछ । बरु सहरमा घर बनाउँछ ।

बिल्टु आँगनमा पुग्यो । झुप्रो उही थियो । आँगन र आँगनमाथिको पिँढी उही थियो । पिँढीको मध्यभागमा उसरी नै टीनको ढोका लागेको थियो र घर उसरी नै सुनसान र शान्त थियो ।
पुस्तौंपुस्तादेखि यी घरहरू सधैं यस्तै शान्त छन् ।  

बिल्टुको सपनामा सानो घर, अलिकति बारी र फूलजस्ता बच्चाबच्ची थिए । स्वतन्त्रता थियो । ऊ जीवनमा पहिलोचोटि रमायो । आशाका नयाँ तस्बिरहरू मनमा नाचे र कानमा संगीतको मीठो धुन बज्न थाल्यो । आज त्यो संगीत ऊ दुखिनीलाई सुनाउन चाहन्छ । बिल्टु घरभित्र पस्यो । दुखिनी शान्त थिई । उसले आफ्नी दुखिनीलाई नियालेर हे¥यो । सबैभन्दा मायालाग्दी उसकी आइमाइ आँखा चिम्लिएर सुतेकी थिई । दुखिनीको आँखाको आँसु ओभाएको पनि थिएन तर उसको शरीर चिसो र मौन थियो ।

बिल्टु असहायझैं उभियो । उसका अगाडि कालज्वरले आक्रान्त आफ्नै सपनाको लास लम्पसार थियो । माछाहरू प्लास्टिकको झोलामा अझै छटपटाउँदै थिए ।


"सम्बन्ध बिच्छेद" 

त्यस रात पनि म ढिला घर पुगेको थिएँ । सदा झैं ढोका बन्द होला भन्ने मेरो सोच बिपरित ओंठमा मन्द मुस्कान भर्दै हँसिलो मुहारकासाथ मेरी श्रीमती मेरो स्वागतको निमत्त संघारमा उभिएकी थिई । गृह प्रबेशको कुटाइमका कारण बिगत केही महिना देखी अनुभव गर्न नपाएको स्वागतको यो परम्परालाई आज अचानक अनुभव गर्न पाएको थिएँ । तर यो अनुभवलाई अन्य कुनै दुराभावले कुल्चेको महसुस भयो मलाई । त्यसैले स्वागत को यो परम्पराप्रती खासै वास्ता नगरि म सरासर सयन कक्षतिर लागे ।

कार्यालय पहिरन परिवर्तन गरेर सयनवस्त्र पहिरिएँ। हातमुख धोएँ अनी ८ बर्शिय छोरोको कोठामा चिहाएँ । उ निन्द्रादेवीको काखमा पुगिसकेको रहेछ । भान्छा भित्र छिरें । टेबलमा चम्किरहेका २ वटा चरेशको थाली भित्र मेरा रुचीअनुसारका पारीकारहरु हांसीरहेका थिए । आज मेरी श्रीमतीले आफ्नो निन्द्रा मारेर मेरो पर्खाइमा भोकै बसेकी रहिछ । भान्छाकोठाको भित्तामा टिक टिक गर्दै घुमीरहेको भित्ते घडीको सुइ हेरें, छोटो सुइ १२ अंकको केही पछाडि अनी लाम्चो सुइ ९ अंक नेर पुगेको छ । आज अलिक चाँडै आईपुगेको रहेछु । खानाको पहिलो गाँसलेनै एउटा बेग्लै स्वादको अनुभुत गरायो ।लामै समय भएछ घरमा खाना नखाएको । मिठो भोजन तयार गरेकोमा धन्यवाद ज्ञापन गर्ने अचानकको मनसाय अनुरुप श्रीमतीको अनुहारमा पुलुक्क हेरें, उ दुइटै हात गालामा राखेर उही मन्द मुस्कानकासाथ एकोहोरो रुपमा मलाईनै हेरिरहेकी थिई । उसको मुहार देख्नासाथ खोइ कुन शक्तीले मलाई रोक्यो कुन्नी उसलाई धन्यवाद दिने मनसाय त्यत्तिकै बिलाएर गयो । "खाना सेलायो" मैले उनको एकोहोरो हेराइलाई भङ्ग गर्ने कोसिस गरें ।

उस्ले झसङ्ग झस्किंदै आफ्नो थालीबाट खानाको गाँस टिप्न थाली । थालिमा ठोक्किएको चम्चाको आवाजभन्दा अन्य कुनै अवाज थिएन त्यहाँ । उ मौन म मौन । मलाई आजको यो बातावरण केही अनौठो लागि रहेको थियो । अकस्मात मेरो मनमा यही अनौठो बातावरणलाई मौकाको रुपमा प्रयोग गर्ने सोच आयो । बिगत लामो समय देखी भन्न खोजेको कुरालाई छताछुल्ल पार्ने उपयुक्त मौका यही हो भन्ने लाग्यो । "मलाई तिमीसंग एउटा जरुरी कुरा गर्नु छ " मैले हामी बिचको मौनता तोडें । मेरो यो वाक्यले उस्का आँखाहरु केही चंचल भएको र अनुहारमा थप खुशीको रक्तसंचार भएको महसुस गरें । सायद हामीबिच बोलचाल बन्द भएको पनि धेरै दिन भएछ क्यार । "मलाई पनि हजुरसंग एउटा जरुरी कुरा गर्नु छ " उस्ले पनि हतारिंदै खुशीकाभावमा दोहोरो संवादको थालनी गरी । मैले उसको कुरा सुन्नु भन्दा आफ्नो कुरा छोटो रुपमा चाँडै पूख्ने निधो गरें अनी एउटै वाक्यमा भनें "म तिमीसंग सम्बन्ध बिच्छेद गर्न चाहन्छु ' मेरो यो वाक्यले उ एकैबेर अलमल्ल परी । केही बोल्न खोजे जस्तो गरी तर गलाबाट शब्द निस्कन सकेन ।

खानाको गाँस टिप्न छोडेर केहीबेर मलाई हेरी, मैले पनि उस्को भाव जान्न खोजें । " किन?" बल्लबल्ल उस्को गला खुल्यो । म चुपचाप रहें । उस्को "किन"को उत्तर दिन पर्ने आवश्यकताको बोध भएन मलाई । "भोली छोडपत्रमा हस्ताक्षर गरेर हाम्रो सम्बन्ध को अन्त्य गर्दा बेस होला" मैले उसमाथी यो रुखो वाक्य प्रहार गरेर शयन कक्षतिर लागें । त्यस रात हामी दुवैबिच कुराकानी भएन,उ रुइरहेकी थिइ | के करणले मैले उसंग सम्बन्ध बिच्छेद गर्न चाहेको हुँ र हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा उस्ले जान्न चाहनु स्वभाविकै हो | तर मसंग उसलाई दिने त्यस्तो सन्तोषजनक जवाफ पनि त थिएन | विगत केही महिनादेखी म जेनको मुटु भित्र फुल्न थालेको थिएँ अनी जेन पनि मेरो हृदयभित्र फक्रीसकेकी थिइ- प्रेमको फुल बनेर । जेनको आगमनसंगै घरबाट मेरो बहिर्गमनको श्रीङ्खला सुरु भएको थियो । जेनले म प्रती पोखेको माया,सदभाव र स्नेहले मलाई आकर्शित गरिरहेको थियो भने मेरी श्रीमतीसंग बिकर्शित । शायद मैले जेन मार्फत त्यस्तो स्नेह पाएँ जुन मेरी श्रीमतीको भन्दा अलिक भिन्न र आकर्षक थियो । त्यसैले जेन सँगको मेरो सम्बन्ध दिन प्रतिदिन मजबुद हुँदै थियो भने श्रीमतीसँगको सम्बन्ध कम्जोर बन्दै थियो । जेनसंगको निकटताका कारण घरबाट निस्कने र फर्कने मेरो समयमा समेत परिवर्तन भएको थियो । जेनसंग रेस्टुरेण्टको खाना र खाजाहरु खाँदाखाँदै मैले आफ्नो घरको खानाको स्वाद समेत भुल्न थाली सकेको थिएँ । जेनसंगको प्रेमको आडमा मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ । त्यो सम्झौता पत्र अनुसार मैले मेरो सम्पूर्ण सम्पत्तिको ३०% अंश श्रीमतीलाई दिने निधो गरें । जसै मैले त्यो सम्झौता पत्र उस्लाई पढेर सुनाएँ उ एकदमै क्रोधित भै । उस्ले मेरो हातबाट त्यो सम्झौता पत्र खोसेर च्यातिदीई | विगत १० बर्षदेखी एउटै छानामुनी बसेर सुखदुखको साथी बनेकी ति महिलालाई मैले पराइको रुपमा हेर्न थालीसकेको थिएँ । मेरो कमलो मन विस्तारै ढुङ्गा बन्न खोज्दै थियो । तै पनि मनको अन्तरकुनामा बाँचिरहेको उ प्रतिको झिनो दया र सहानुभुतीले अतितका १० बर्षलाई एकपटक सम्झन वाध्य गर्‍यो

। पहिलो पटक यसै घरमा मैले उस्लाई दुलहीको भेशमा आफ्न दुई हातले उचालेर गृह प्रबेश गराएको थिएँ । यसरी ईहातले उचाल्दा हाँसोको फोहोरा छुटाउुदै घरभरी हासँको ध्वनी गुन्जाएमान गराएकी थिई उस्ले । आफ्नो शिप,दक्षता र मेहनतले भ्याएसम्म यसघरका कुनाकाप्चाहरुमा माया छरेर प्रेममाय बनाएकी थिई उस्ले । करिव २ बर्षसम्मको हाम्रो दाम्पत्य जीवन बिभिन्न ठाउँका रमाइला यात्राहरु गर्दै र सुनौला भबिस्यका मिठा कल्पनाहरु सटासाट गर्दै बिते । तत्पस्चात छोराको जन्म भयो । हामी ३ जनाको पारिवारिक जीवनमा अर्को खुशी थपियो । समय सुख र खुशीकासाथ बित्दै थियो । तर जेनको आगमनले मेरो खुशीमा थप ब्रिद्धी गरायो भने मेरो छोरा र श्रीमतीको खुशी घटाएको थियो । यस घरमा आएर मेरी श्रीमतीले आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ| तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख हुन चाहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ | अर्को दिन जब म राती अबेर घर पुगेँ, उ टेबलमाथि केही लेखिरहेकी थिइ | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, उ अझै लेख्दै थिइ | मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट उस्ले गहभरी आशु छछल्काउँदै एउटा पत्र मेरो हातमा हाली । त्यहा सम्बन्ध बिछ्छेदको लागि उस्को शर्त लेखिएको थियो । उस्ले म सम्बन्ध बिच्छेदको लागि आजको दिनबाट ३० दिनको समय मागेकी थीइ त्यस बाहेक मेरो सम्पत्तिमा कुनै किसिमको हकदावी गरेकी थिइन | त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गर्नु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने उस्को चाहना थियो |

यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला जसरी मैले उस्लाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यसरिनै हरेक रात उस्लाई बोकेर हाम्रो कोठासम्म पुर्याउनु पर्ने शर्त थियो । कतै पगली त भइन ? एकछिन त म अकमक परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले बिगतका १० बर्षमा बर्तमानका ३० दिनहरु उस्को र छोराको लागि जोडीदिने निर्णय गरे । मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: “जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन ।“ जेनसंगको भेट पस्चात उस्को र मेरो शरीरिक र मनसिक दुरी बढेको थियो । उस्को अनुरोध बमोजिम पहिलो दिन जब मैले उस्लाई बोकेँ, मलाई अलिक अप्ठ्यारो महसुस भएको थियो | उस्ले पनि त्यस्तै अनुभुती गरीको महसुस गरे किनकी यो बेला उसको मुहारमा खुशीको कुनै भाव थिएन । थियो त केवल पिडा र निरासता । 'ड्याडिले मम्मीलाइ बोक्नुभयो ' छोरो ताली पिटदै, रमाउदै हामीनेर आइपुग्यो | छोराले पोखेको त्यो खुशीले मेरो मनमा पिडानुभुत भयो | श्रीमतीलाई बोकेर बैठक कक्षदेखी बैठक सयन कक्षसम्म करीब १० मिटर म हिँडे हुँला | मैले उस्लाई बोकिरहेको बेलामा आँखा बन्द गरेर मधुर स्वरमा बोली उ ' हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन्नु है !' मैले केही दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ | दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, उस्ले आफ्नो टाउको मेरो छातीमाथि राखेर आँखा बन्द गरिरहेकी थिई । मैले तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो| वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ | चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ |यो त्यही महिला थिइ,जसले बिगत दश बर्षादेखी मेरो हरेक सुख दु:खमा मलाई साथ दिँदै आएकी थिइ | समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिन उस्को वजन घट्दै गएको हो या दैनिक बोकाइले म बलियो पो हुँदै गएको हो ! थाहा भएन ।

एक साझ उ लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनि: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर उस्लाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ |शिर एकदमै तातो थियो ।'पापा,मम्मिलाई बोक्ने बेला भएन' त्यति नै बेला छोरो करायो । उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो छोरोले | श्रीमतीले छोरोलाई झ्वाट्ट आफुतिर तानेर एउटा हात्ले अङ्गालोमा बेरी अनी अर्को हातले मलाई आफुतिर तानी । उ डाँको छोडेर रुन थाली । थाहै नपाई मेरा अंखाहरु पनि रसाइ सकेछन् । तर म आफ्नो अडानमा बिचलन नआओस भन्नाका खातिर टाउको अन्तै मोदेर आँशु पुछ्न थाले आज अन्तिम दिन, उस्को शर्त बमोजिम आजको रात मात्रै उस्लाई मैले बोकेर सयन कक्षसम्म पुर्याउनु पर्ने छ । भोलिदेखी म यो शर्तबाट मुक्त हुने छु । उसंगको मेरो सम्बन्धको डोरी सदाका लागु चुँडिने छ र जेनसंग नयाँ सम्बन्ध जोडीनेछ । म छोडपत्र हातमा बोकेर उस्को नजिक गए । 'आज हाम्रो अन्तिम दिन हो, यसमा हस्ताक्षर गर' मैले पत्र उ तिर बढाएँ । थर्थर कांपीरहेको हातले त्यो पत्र समात्दै उ बोली " आजको दिन त बाँकी छ, भोली गर्दा हुन्न ?'बिनाजाडोमा पनि कलेटी परेका उस्का ओंठहरुबाट यि शब्द निस्कदाँ उस्को आवाजमा समेत कम्पन मिश्रित थियो ' बरु म एक पटक तपाईंको निधार चुम्न चाहन्छु, स्विक्रिती दिनुहुन्छ ?' म निशब्द उस्लाई नियालीरहेको थिए । उ घुक्क घुक्क रुन थाली । उसप्रती सहनुभुतीका कुनै शब्द थिएन मसंग । अकस्मात उस्ले मलाई आङ्गालोमा बेरेर मेरो निधार चुम्न थाले । म बिनाकुनै प्रतिकृया चुपचाप मुर्तीझै उभीईरहे । मध्यान्हको समय म जेनलाई भेट्न गए ।

माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली |' डिभोर्स दियौ ?' जेनको आवाजमा उमङ थियो । मैले मुण्टो हल्लाएर उस्को उमङलाई घटाईदिए । 'व्ह्वाट ! व्हाइ आर यू डूइङ्ग लेट ? ' उ आक्रोसित भई । “ म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई जसरी बोकेर घरभित्र भित्र्याएको थिए त्यसरिनै जिन्दगीको अन्तिम क्षणसम्म उस्लाई मेरो दुईहातमा सजाएर जीवन काट्ने निधो गरे ।“ मैले आफ्नी निर्णय सुनाए । | जेन जुरुक्क उठि,बेस्कन मेरो गालामा एक झापड हानेर दौडदै आर्को कोठामा छिरेर रुन थालि | जेनको थप्पडले मलाई कुनै पिंडा भएन । बरु शरीरभरी बेग्लाई खुशीको रक्त संचार भएको भान भयो । म जुरुक्क उठे र लामो कदम बढाए । | बाटोमा फुलको बुक्की किने । पसल्नीले सोधी: कार्डमा के लेखिदिउँ? कार्ड तिनको हातबाट लिएर आँफैले लेखे 'प्रिया जीवनको अन्तिम घडीसम्म प्रत्येक पल म तिम्रो शरीरिक बोझ यो हातले उचाल्न आउँदै छु कृपया मलाई स्विकार गर 'हातमा बुक्की र मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ र हाम्रो कोठाभित्र छिरे । बिहेमा दिएको रातो साडीर चोली सहित श्रीङारपटार गरेर सुहागरातको त्यही बिछ्यौनामा मस्त निदाएकी थीइ उ । मैले बुकी उस्को फैलिएको हातमा राखे । उस्को निधार चुमे , निधार चिसो थियो । हात छमे हात पनि चिसो । उस्को शरीर हल्लाए , कुनै चालचलन थिएन । मैले उस्लाई गुमाए । आज अन्तिम दिन, मैले उस्लाई बोक्नु पर्ने -बोकेर चितामा पुर्याए । उस्को शर्त बमोजिम अब उपरान्त उस्लाई मैले कहिल्यै बोक्न न पर्ने थियो, अब न पर्नेनै भयो । म आशुको सागरमा चुर्लुम्मै डुबे । पस्चताप ले भातभती पोलेको मुटुलाई आशुको सागरले चिस्याउन सकेन । उस्को देहान्त पस्चात मैले सिरानीमुनी एउटा पत्र भेटे । पत्रमा लेकिएको थियो प्रिय श्रीमान, शायद तपाईंले यो पत्र पढ्दै गर्दा म यो दुनियाँबाट टाढा गैसकेको हुनेछु र तपाईं पनि जेनसंग नयाँ जीवनको सुरुवात गरिरहेको हुनुहुनेछ होला । तर ८ बर्शिय त्यो छोराको बिजोग हुने चिन्ताले मेरो मन छट्पटिएको छ । सक्नुहुन्छ भने छोरालाई पनि आफ्नै साथमा राक्नु होला । प्रिय, जुनदिन तपाईंले मसंग हाम्रो सम्बन्ध बिच्छेदको कुरा गर्नुभयो त्यो दिन म राती अबेर सम्म तपाईं आउने बाटो हेर्दै संघारमा उभिएर बसेको थिए । म तपाईंसंग एउटा अत्यन्तै जरुरी कुरा गर्ने सोचमा थिए । बिगत ३ बर्षदेखी मैले तपाईंलाई भन्न नसकेको त्यो कुरा त्यस दिन भन्छु भन्ने आँट गरेर तपाईंलाई कुरेर बसेको थिए ।

हुनत धेरै पटक भन्छु भन्ने सोचेको हुँ तर तपाईंलाई आफ्नै कामको बेग्लै चिन्ता छ त्यसमाथी आर्को पिर किन थप्नु भन्ने सोचेर आफ्नो त्यो कुरा मनमा नै दबाएर राखेको थिए । विगत केही महिना देखी तपाईं मसंग टाढिदै जानु भएको र जेनसंगै नजिकिदै जानुभएको मलाई राम्ररी थाहा थियो । शायद बिगत केही बर्षदेखी मैले तपाईंलाई पहिलेको जस्तो हेर बिचार गर्न नसक्नु र प्रसस्त माया दिन नसक्नु नै मेरो दोश हो । तपाइले जेनबाट मेरो भन्दा धेरै माया पाएरनै त म संग टाढिनु भएको होला । तपाईं जेनसंग नजिक भएकोमा मलाई रत्ती पनि दु:ख छैन तर मैले तपाईंलाई बिगत केही बर्षदेखी पहिलेको जस्तो प्रसस्त माया र हेरबिचार दिन नसक्नुको एउटा कारण छ । म त्यो दिन त्यही कारण बताउने कोशीस गर्दै थिए । म बिगत ३ बर्षदेखी रगतको क्यान्सरबाट पीडित भएर दिन दिनै मृत्‍युसंग लढ्दै थिए ।

डाक्टरले मेरो आयु धेरै दिनको नभएको घोषणा गरे पस्चात म तपाईंलाई मेरो मृत्‍युको खबर सुनाउन चाहिरहेको थिएँ तर तपाईंले मेरो कुरा सुन्दै नसुनी ममाथी सम्बन्ध बिच्छेदको झटारो हानीदिनु भयो । त्यो झटारोले म क्यान्सर पिंडितको हृदयमा थप पिंडा भने दिएकै हो तर पिंडा सहनु मेरो भाग्यमा रहेछ । डाक्टरले तोकेको अन्तिम १ महिनाको मेरो आयु अनुरुप मैले तपाईंसंगा मागेको त्यो समयमा तपाईंले दिएको माया र स्नेहलाई मुटुभित्र सांचेर सदाको लागि सम्बन्ध बिच्छेद गर्दै बिदा हुँदै छु । तपाईंको जीवन सुखमाय होस् । अल्बिदा अल्बिदा अल्बिदा उही तपाईंकी अभागी श्रीमती (आदरणिय दाई , पशुपती अधिकारीको वालमा सम्प्रेशित कथालाई केही पारीमार्जित गर्ने दुस्साहस गरेको छु ।

कथाको भाव र पात्र उही हुन तर केही संवादहरुका साथै पात्रका परिस्थिती र भावनाहरुमा थप गरेको छु । कस्तो लाग्छ प्रतिकृया पाउँ है !)

- Yagya Raj Karki


कथा - र अन्तत: म पोइल हिंडें l

दीप्स शाह

deepssanu@gmail.com



       आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा  म उसका आखा नियाल्थें l अनगिन्ति अनुहारसंग यो आँखा ठोक्किन्छ तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन l यसरि मेरा आखालाइ  कैदी बनाउने अत्यन्त सिमित आँखामध्ये उसका ति दुइ शान्त आँखा पनि थिए l सामान्य चिनाजानी थियो हामि बीच l म त्यो सामान्य लाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ l एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोएझैं भान हुन्थ्यो जसले  उसलाई छुँदै आएको होला l उसका बोलीको मधुरता , उसका हाउभाउका शिष्टता ओहो! केहि त छ उसमा l म अनुमानै गर्न सक्दिनथें उसका बारे l जहा त्यति चंचल हाउभाउ छ त्यहाँ भारि गम्भीरता पनि छ किन? निर्दोष ति आखाहरुमा नछोड्ने तर बुझिनसकिने रहस्य भएझैं किन? तर असहज थियो त्यसरी एकाएक कसैमाथि गहिरो चासो राख्नु l एकोहोरो हेरिदिनु l 

कसो कसो एकदिन सम्मुख पर्यौं र मैले राम्ररि नियालें ति चंचल-गम्भीर आखाहरू l तत्क्षण मैले यो पनि भुलेछु कि हामि एक अर्कालाई धेरै चिन्दैचिन्दैनौ l उसलाई पनि निकै अप्ठेरो र अचम्म लागेछ र त हठात् पछाडी फर्केर ति मेरा प्रिय आखाहरुलाई भिडतर्फ कता हो कता हुत्याइदिएको देखें मैले l म पनि एक खालको हतप्रभ भएँ र सम्हालिएँ l निकैबेर पछी कसैले पछाडी बाट बोलायो l फर्केर हेरें तिनै प्यारा दुइ आखा थिए l अलिक अत्तालिएर मैले “भनें माफ गर ! मैले त्यसरी तिमीलाई नियाल्न नहुने l अँ तिम्रो नाम बिर्सिएँ ,  सम्झाउ न !”

“मेरो नाम शुभश्री! एउटा कुरा सोधुँ तपाईलाई!”

‘सोध न!”

“तपाईं केटी मान्छे भएर केटी लाइ नै किन यसरि नियाल्नुहुन्छ कुनै नवजवान ठिटो जस्तो?” उसका प्रश्नले मलाइ थोरै लज्जित पनि बनायो l कतै मलाई सुभश्री ले समलिंगी महिला त ठानिन?

“शुभश्री! तिमि मेरो बारे धेरै जान्दिनौ र मलाइ पनि तिम्रो बारे थाहा छैन l यदि तिमीलाई अप्ठेरो लाग्दैन भने एक दिन हामि संगै बसेर चिया खाजा खाउँ न! मलाई तिम्रो बोलीचाली मन पर्छ l तिमि म जस्तै एक महिला l म संग तिमि डराउनुपर्ने त केहि छैन नि l”

एकछिन अकमक परि अनि टाउको कन्याउदै भोलिपल्ट त्यहि समयमा अलिक पर्तिर टिफिन बेकरीमा चिया खाने वाचा गरि l हेर्दा अत्यन्त सोझी र लाटी देखिने शुभश्री यथार्थमा त्यति लाटी छैन भन्ने मलाइ अनुमान भैसकेको छ l लेख्ने मान्छे न परें , कतै केहि गतिलो बिषय मिल्छ कि त्यो पनि महिलाकै बारे मा एक यथार्थ भोगाई! मेरो स्वार्थ भनेपनि जे भनेपनि त्यति नै थियो शुभश्री बारेको चासो l

भोलिपल्ट समयमै अफिस पुगें l अफिस भनेपनि प्राय फिल्डमै कुद्नु पर्ने हो तर त्यस दिन कतै नजाने तालिका मिलाएँ l हाम्रो अफिसकै फ्ल्याटमा अर्कोपट्टी एक नाम चलेको फाइनान्स छ जहा शुभश्री पियनको काम गर्छे l एसो नियालें सुभश्री झाडु लगाउदै रहिछे l “गुड मर्निंग सुभ! टिफिन बेकरी सम्झेकी छौ नि!” “हजुर! गुड मर्निंग म्याम! सम्झेकी छु  l” एकछिन यताउता काम गरें l समय कतिबेला बित्ला र टिफिन समय होला भन्ने मेरो ध्यान थियो l जब समय भयो म भने फोनमै भुलेछु l सुभश्री ले ढोका ढक्ढक गर्दा पो झसंग भएँ l हत्तपत्त ब्यागमा डायरी, पेन , र रेकर्ड टेप राखें र निस्किएँ l टिफिन बेकरी खचाखच छ l उसैपनि दिउसोको खाजाको समय l मलाइ अलिक एकान्त चाहिएको l अलिक कुनाको टेबलमा पुग्यौं र सुभश्री र म सम्मुख बस्यौं l

“के लिन्छौ शुभ!”

“अँ हजुर नै भन्नु न! एउटा कुरा भनुँ? हजुरले मलाई बोलाउँदा ‘शुभ’ मात्रै भनेको मलाई एकदम मन पर्छl मेरो बाबाले पनि मलाइ शुभ नै भन्नु हुन्थ्यो l”

भोक त थियो नै समयपनि कटाउनु थियो l हल्का गर्मि मौसमको आदेश अनुसार कोक, समोसा+तरकारीअर्डर गरें  दुइ भाग l शुभ आज अलिक बेसी नै चंचल लाग्दै थिइ l सामान्य कुराकानी भयो l कुरो कहाबाट सुरु गरौँ भन्ने अनमन्यस्क अवस्था पर्यो l एक छिन फेरी नियालें उसका ति प्यारा आखा l असाध्यै निर्दोष , असाध्यै चंचल पनि अनि गम्भीर पनि l सायद मैले जिन्दगिमा पहिलोपटक यस्ता आखा भेटें हुँला जो एकसाथ गम्भीर र चंचल छन l एकै पल असाध्य चम्किला ति आखा उसैपल भर्खर भर्खर निर्दयी हावाको झोंकाले हठात् निभाइदिएको मैनबत्तीको शिखा जस्तो जहाँ अझै निम्स्याइलो थोरै धुवाँ फुस्स सकिंदै छ l  मैले अनुमान लगाइसकेको छु कि एक साधारण फाइनान्समा पियन को काम गर्ने साधारण शुभश्री जति साधारण देखिन्छे त्यति वास्तबमा ऊ छैन l उसभित्र केहि हुर्हुराउँदो मुस्लो, केहि उकुसमुकुसका गुम्फनहरु , केहि कहालीलाग्दा विगतहरु या त जबर्जस्ति दबाइएका उच्च आकांक्षाहरु अवस्य छन् l मेरो उद्देस्य तिनै केहि पत्र उधिन्ने र उसको मनको बोझ अलिक आफुले सुनिदिएर आफ्नो गतिलो लेख तयार पार्ने  थियो l

“शुभ! तिमीले मलाइ कसरि लिएकि छौ मलाइ थाहा छैन तर तिम्रो जानकारीको लागि, म एक साधारण तिमीजस्तै महिला हुँ l मेरो काम पत्रिकामा लेख्ने हो l खासगरी म महिलाहरुकै बारे लेख्छु, अझै जो दबिएका छन् , हेपिएकाछन् उनका बारे धेरै लेख्छु l यसो गर्दा एक त समाजभित्र महिलाहरुको यथार्थ के हो भन्ने देखिन्छ भने अर्को तिर सम्बधित महिलाहरुलाई बर्षौ देखि गुम्स्याईरहेको छटपटी भोगाई ब्यक्तागर्दा मन हलुको हुन्छ l बोझ कम्ति हुन्छ र साहस बृद्दी पनि हुन्छ भन्ने म मान्छु l तिमिलाइ कुनै दबाब होइन मेरो तर्फबाट तर यदि तिमीमा त्यस्तो केहि ब्यक्तगर्न , फुकाउन चाहिरहेको कुनै पाटो छ भने मलाइ शेयर गर l त्यसको साथै मलाइ एक राम्रो साथि मान्न सक्छ्यौ , आफ्ना दुख म संग बाँटन सक्छौ l अरु खास कुनै कारण होइन मैले तिमीलाई बोलाउनुमा l तिमि एकदम स्मार्ट छ्यौ l मलाई तिम्रो हाउभाउ तरिका मन पर्छ l”

अरु के के फत्फताएं कुन्नि शुभश्री एकाएक चंचलपनलाइ कतै थक्याएर अत्यन्त गम्भीर बनिसकेकी थिइ l “म्याम! मलाइ थाहा छ हजुर लेख्ने मान्छे भनेर l मलाई पनि हजुरले म प्रति राखेको चासोले खुसि बनाउछ l मैले नै हजुरलाई केहि कुरा भन्न खोजेको निकै भयो तर आँट आएकै थिएन l तर जब हिजो हजुरले त्यति भन्नु भयो अनि मैले साहस गरें l मेरोबारे जति हजुरलाई थाहा छ त्यति मात्रै म अवस्य होइन l म असल मा के हुँ र को हुँ भन्ने कुरो यो डायरीमा लेखेर राखेको छु l यो पढ्नुहोला l र लेख्न मन लागे लेख्नुहोला  l तर कृपया कतैपनि यो पात्र म हुँ भनेर नखुलाउनुहोला l  तर एक शर्तमा l यदि यो डायरी पढीसकेर हजुरले मलाइ घृणा गर्नुहुन्न भने मात्र l किनकि यो पढेपछि हजुरको नजर म प्रति बदलिन पनि सक्छ जो म चाहन्न l  त्यसबेला म अव्यक्त खुसि भएँ l मलाइ शुभश्री ले गरेको बिस्वास ले झनै भाबुक बनायो l मैले कसैगरी उसलाई घृणा नगर्ने र मेरो  लेखमा उसको प्रत्यक्ष जिकिर नगर्ने वाचा पछी अहिलेलाई यतिनै भन्दै हुत्तिएर बिदा भइ l निकै बेर त्यो याक चुरोटको पेटीको गाता  भित्र लुकेको थोत्रो डायरी मुसारिरहें मानौ कोलम्बसले लामो यात्रा पछी हठात् अमेरिका भेटाएका हुन् र त्यो कोलम्बस म आफैं हुँ l

साँझ डेरा फर्केर हात मुखै नधोई बिस्तारामा पल्टिएँ र बिस्तारै पल्टाएँ शुभश्रीको राज याने कि उसैको डायरी l डायरी खास दैनिकी लेखिएको थिएन l थियो त एक लामो न लामो संस्मरण थियो l

========

म शुभश्री l कस्तो राम्रो नाम! तर म कहिल्यै कसैकोलागी शुभ साबित हुनसकिन l पूर्बी नेपालको गाउँमा जन्मेर हुर्केपनि मैले पढ़नेलेखने वातावरण पाएको थिएँ l गरिब परिवारमा जन्मेपनि छोराछोरीलाइ पढाउने कुरो बाबाआमाको प्राथमिकता थियो l म आफैंलाई भाग्यमानि मान्थेl नौ कक्षा पुरा गरेकै दिनबाट मेरो जिन्दगी  बदलिन थाल्यो l मलाइ लाग्छ तब देखि म शुभश्री बाट अशुभ बनें हुँला l टाढाका आफन्तले मेरो बिहेको कुरो चलाए l ठीकैको हुनेखाने परिवार, सभ्य र राम्रो खानदान, लायक केटो यस्तै यस्तै फतुर लाएर मेरो बिहेको लागि बाबाआमा लाइ राजि बनाएछन l एक त गरिबी अर्को हुर्केकी छोरी l हुर्केकी त के भन्ने भर्खर १५ लागेकी थिएँ तर गाउघरमा त्यो उमेर त्यसबेलाको लागि हुर्केकै हुन्थ्यो l छोरीलाई पनि पढाउनुपर्छ भन्ने मेरा बाबाआमाको आखामा आफन्तले त्यसबेला के त्यस्तो पट्टि लगाइदिए हुनन् , मेरो बिहेजस्तो कुरो मलाइ एकै वचनपनि नसोधी तय गरिदिए l म रोएँ, बिरोध गरें तर त्यसको केहि अर्थ थिएन l हतारोहतारो मै बिहे भयो र म जीवनमै पहिलोपटक त्यति टाढा काठमाण्डौ नजिकै एक गाउँमा नौली बुहारी बनेर भित्रिएँ l न त मलाइ बिहेको खुसि थियो न केहि उमंग l सुरुका केहि समय सामान्य नै बिते l पछी थाहा लाग्यो मेरा दुलाहालाइ टीबी रहेछ l जुन कुरो मेरा माइतीलाई पनि ढाँटिएको थियो l तर समय गुज्रिसकेपछी  औषधि त बेकाम हुन्छ भने त्यो पक्रिएको झुटको के कुरा! गरिबमा मेरो घर माइतिभन्दा गरिब थियो l चार छोरा, तिन छोरी मध्ये म माहिली बुहारी l घर एक खालको कलहखाना झैँ लाग्थ्यो l सबै प्राणि कर्कस, झर्कोफर्को, बुहारी भनेको काम गर्ने मेसिन जस्तो l जिन्दगी ले सुम्पेको तितो यथार्थ संग दिन बित्त्दै थियो म गर्भवती बनें l दुखका पहाड झन् झन् चुलिंदै गयो l करकापमा जोडिएको नाता ले हो या के हो मलाई त्यो घर, परिवार र यहासम्मकि आफ्नै दुलाहाको पनि अन्तरहृदयदेखि कहिल्यै माया लागेन l यत्ति हो कि त्यो मेरो कर्म घर हो l म वफादार र जिम्मेवार हुनुपर्छ भन्ने सोच्थें बाँकी आफ्नोपन कहिल्यै कहिल्यै म मा पलाउन सकेन l ति टीबी ले खटारो बनाइएका दुलाहा प्रति मेरो मानबिय समबेदना पक्कै थियो तर प्रेम थिएन l जुन दिन मेरो सहमति बिना मेरो बिहेको टुंगो लगाएर आफ्नो बोझ हल्का गर्दै मलाइ पराइको गाउँमा पठाइदिए त्यसदिन देखि मलाइ बाबाआमा समेत पराइ नै लाग्थ्यो l चाहेर पनि मैले त्यो अनिच्छित जिन्दगीसंग सम्झौता गर्न सकिरहेको थिइन तर त्यहि नै मेरो नियति थियो l छोरी जन्मी l केहि खुसि लाग्यो तर उसको भबिस्य आफ्नैसंगदाँजेर म संधै तर्सिन्थे l    

जीवन चल्दै थियो भनुँ चलाउने प्रयत्नमा थिएँ l त्यहि तिबिग्रस्त मेरा पति र म बीच कुनै सुमधुर सम्बन्ध स्थापित हुनैसकेन l उसलाई  आत्मग्लानी हुन्थ्यो या हिनताबोध या त जिन्दगी प्रति दिक्क ,,,तर त्यो सबैको भडास मेरो शरीरमा हिलैमैलै जुत्ता सहित लात्तीले बजाएर निकाल्ने गर्थ्यो सानो सानो निउमा l मलाइ थाहा थियो यो सब मैले सहनु जरुरि छैन l किनकि मेरो केहि दोष थिएन l ऊ गरिब थियो, रोगि थियो र थियो कर्कस सुकेको रुख जस्तो तर त्यो सबमा म कारण थिइन l सायद त्यहि नमिठो पनाले होला मैले कहिल्यै सम्बन्ध मिठो बनाउने रहर पनि गरिन l यस्तैमा एक दिन ढाँ कुट्न मेलमा जाँदा बाटोमा एक युवक भेटिए l ति अबिबाहित र शहरमा पढ्दै रहेछन l सामान्य चिनाजानी भयो l केहि महिनाको लागि गाउँ फर्किएका ति युवक संग मेरो भेटघाट बाक्लिंदै गयो l तिनले मेरो बारे सब सोधीखोजी गरिसकेपछि पनि निक रुची र सम्मान देखाइरहे l मलाइ लाग्यो मेरो प्रेम त्यहि युवक हुन सक्छन न कि मेरो रुखो रोगि पति l तिनले एक साँझ म र मेरो छोरी लाइ लिएर शहर जाने र बाँकीको जिन्दगि संगै बिताउने भनेपछि मैले आखा चिम्लेर हुन्छ भनिदिएँ l मलाइ थाहा थियो मैले गलत गर्दैछु तर नचाहेको, कामना नगरेको , सपनै नदेखेको रुखो रोगि संग चुपचाप जिन्दगि बिताउनु भन्दा कामना र सपनाको मान्छे संग रुँदै हाँस्दै बाँच्नु उचित सम्झेर एक रात चुपचाप छोरी बोकेर तिनै मायालु संग शहर पसें l त्यसपछि मलाइ र मेरा मायालु ‘प्रतिक’ लाइ यो गन्दे र अन्धो समाजले भयानक गालि र घृणा दियो l प्रतिक त आफ्नै परिवारबाट बहिस्कृत नै भए l तर मलाइ खास नमिठो लागेन न त पश्चाताप नै भयो l जिन्दगी मा सम्झौता या आवेग को नाममा  श्रीमती गिंडने या जलाउने यहि समाजका लोग्ने मान्छे हुन l रात दिन पिटेर कुटेर कसैको जीवनको मूल्य नदेख्नेहरुको माझमा मैले मन नपरेपनि कहिल्यै कसैलाई कुटिन , पिटिन, जलाइन l कुनै बहानामा मैले हिँसा गरिन l न त आफ्नो बाध्यतामा सन्तानको घांटी दबाउने आमाहरु जस्तो केहि गरें l आफ्नो लामो जिन्दगीको लागि स्वेच्छाले रोजेको मायालु संग आफ्नो मुटुको टुक्रा छोरी बोकेर चुपचाप हिंडीदिएँ त के अपराध गरें ?

हो मैले यस्तो सोचेर आफुलाई बलियोबनाइ रहें l

अब त प्रतीक को  पनि बढुवा भएको छ जागिरमा l छोरी कृसा स्कुल पढ्न थालि l प्रतिक कति मायालु र सहनशील छ ,,,,आज उसैको मायाले मैले र मेरी छोरीले पुनर्जीवन पाएका छौं l समय घर्किन कति बेर! अब १२ पास गर्ने बितिकै म यो भन्दा राम्रो काम गरुँला l अनि त जिन्दगी चलिहाल्छ नि ! भो अब मलाइ  पछाडी फर्केर त्यो कालो समय सम्झनु छैन l तर यत्ति याद आउँछ कि अझै पनि त्यो समाजले मलाइ ‘पोइल गएकी’ भनेर नाक खुम्च्याउन छोडेका छैनन् l र बिर्सिन सक्दिन ,,,त्यो सारा उकुसमुकुस गुम्फन  जिन्दगीबाट निस्सासिएं निस्सासिएँ र अन्तत: म पोइल हिंडें l +++++++++++



अबेर साँझ डायरी पढिसकें तर मन रंथन्नीरह्यो रातभर र आखामा फ्ल्यास्ब्याक भैरह्यो  शुभश्रीको कहानी, ति शान्त तर चंख आँखाका रहस्य अनि डायरीका अन्तिम वाक्य,”...र अन्तत: म पोइल हिंडें l”


बन्द निवास

पदम भण्डारी

'रेग्मी निवास' को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको होईन, ज्योतिहीन हुनुको मुख्य कारण रेग्मी निवासमा भएको राजनीतिक चहलपहल हो । देशमा बि सं २०५२ सालमा सशस्त्र संघर्षको थालनी भएपछिका पछिल्ला घटनाक्रमहरूमा रेग्मी निवासको राजनीतिक पृष्ठभूमी र सरकारको दमन नीतिका श्रृंखलाहरूले गर्दा ज्योतिहीन बनेको हो । राजनीतिक परिस्थितिको कुरा गर्दा माओवादी जनयुद्ध चरमचूलीमा पुगेको बेला थियो । गाउँमा त्यसबेलाको बसाईं सहज र सुगम थिएन । त्यसबेला राज्यले गाउँमा बस्नेहरू सबैलाई माओबादी देख्यो । सरकारले माओबादी देख्नु रेग्मी निवासका घर परिवारको लागि विडम्बना बन्यो ।

राजाको शासनकालमा गाउँमा माओवादीको आरोपमा धेरै ब्यक्तिहरू पक्रिए, बेपत्ता पारियो । ठूलो यूवा जमात तराईका शहरहरू र बिदेश पलायन भयो । म भने भौतिक सुख सुबिधामा लागिन । दिनदु:खीका कथा व्यथाहरूलाई आत्मसात गरेर एक शिक्षित नारीको हैसियतले काम गरें । जीवनमा जति दु:खकष्ट परे पनि सहेर अन्याय र अत्याचारको बिरूद्धमा निरन्तर लागिरहें । अन्धकारमा रुमल्लिरहेका निरक्षर महिलाहरूलाई आफ्नो हक अधिकार र कर्तब्यको बोध गराउने अभियानमा जुटिरहें । सरकारको रबैयाका कारणले मलाई त्यस क्षेत्रमा लाग्न झन् प्रेरणा मिल्यो । बिमलले देखाएको बाटोमा दृढ अठोटका साथ लागें । मेरा खुसीका सारा क्षणहरू समाप्त भए पनि समाजलाई बदल्ने मेरो अठोटमा कहिल्यै निरास भईन । बाटो अलमलिएर दोबाटो कुरिरहेका बटुवाहरूलाई सहि बाटो देखाउने अभिलाषामा हिम्मत कसेर संगठनको नीति निर्देशन र छत्रछायाँमा रहेर भूमिगत रूपमा निरन्तर काम गरिरहें । आफ्नो वर्तमान वास्तविकता एवं मानसिकता भयानक कोलाहलपूर्ण भए पनि आफ्नो कर्मक्षेत्रको बिशाल फाँटलाई संझेर त्यसलाई जीवनमा भैपरि आउने घटना संझेर जनताको बिचमा जाने अठोटका साथ व्यवहारिकताको साँचो कसिमा घोटिईरहें ।


मेरो अठोटले सिक्ने र सिकाउने प्रक्रियामा ममा उर्जा थपिरह्यो । दृढ मनोबलले म लागिरहें । दिनहरू बिते, महिनाहरू बिते । अतितलाई बिर्सेर, बर्तमानलाई आत्मसात गर्दै भविष्यका चुनौतीहरूको सामना गर्ने दृढ मनोबलका साथ आफ्नो जीवन त्यसैमा अर्पिने अठोटका साथ लागिरहें । देशव्यापि रुपमा जनयुद्धले बिकास गरिरहेको बेला जनसेनाको सुरक्षामा रहेर संगठनको निर्देशन बमोजिम म बिभिन्न गाउँ, क्षेत्र र जिल्लाहरूमा घुमेर महिला आन्दोलनको नेतृत्व गर्दै हिंड्न थालें । जसको कोही छैन उसको सबै आफ्नो हुन्छ भनेझैं संगठनको काममा पूर्णकालिन कार्यकर्ता भएर हिंडेकोले संगठन नै आफ्नो घर परिवार भयो ।


रातको जूनेली उज्यालोमा हिलो खेतहरूमा चप्ल्याङ् चुप्लुङ् गर्दै मकै र उखुबारीको सन्नाटालाई चिर्दै, किथर्नाहरूको आवाजलाई आफ्नो मनको ध्वनि संझेर त्यसलाई आत्मसात गर्दै विभिन्न गाउँ, क्षेत्र र जिल्लाहरूमा घुम्ने सिलसिलामा कहिलेकहीं आफ्नै गाउँ ज्योतिनगरमा पनि पुग्थें । नानीहरू च्यापेर चुलो चौको र घरव्यवहारमा अलमलिएका महिलाहरू आन्दोलनमा सहभागी भएर निरङ्कुशताका बिरूद्ध लडेको देख्दा जनताको जीत निश्चित छ भन्ने कुरामा म दृढ थिएँ । गाउँमा हिंड्दा कतै कुकुर भुकेको आवाज, कतै मध्यरातमा बाटो काट्दा किथर्नाहरूको आवाज, कतै बिहानीको संदेश दिन कराईरहेका चराचुरूङ्गीहरूको आवाजले मेरो धैर्यता र साहसलाई उर्जा थपिरहेको हुन्थ्यो तापनि म ज्योतिनगर पुग्दा कता कता अतितले छुन्थ्यो र केहीछिन दु:खीत हुन्थें ।


गाउँघरमा सामन्तवाद एवं निरङ्कुशतन्त्रका अवशेषहरू, जाली फटाहाहरू, राजनीतिक प्रतिशोध गर्न खोज्नेहरू, सरकारी भरौटेहरू, सुराकीहरूले म र मेरो परिवारका कुनै सदस्यहरू आउँछन् की भनेर ज्योतिनगरस्थित हाम्रो घर रेग्मी निवासमा चियो गरिरहन्थे । जनताका बिच राम्रो संबन्ध भएको कारण र जनसेनाले सुरक्षा दिईरहेकोले तिनीहरुसंग खासै डराउनु पर्ने थिएन । सरकारका पाल्तु कुकुर सेनाहरूको मात्र डर थियो । किनकि हातहतियारका सामु निहत्था जनताको केही लाग्दैनथ्यो । म एक धनी परिवारमा जन्मेर हुर्केकि भए पनि मैले जीवनमा यश आराम र एउटी भोग्य सामाग्रिको रूपमा मात्र बस्दिन भनेरै बिमललाई रोजेकी थिएँ । मैले मात्र सुख भोग गरेर देशको बिकास हुँदैन, सारा जनताले सुख भोग गर्न पाउनुपर्छ भनेर बिमललाई रोजेकी थिएँ । जब मभित्र अशान्तिका ज्वारभाटाहरू उठ्थे, तब मेरो मन मष्तिष्कमा मेरो प्रेरणाको श्रोत बिमल आउनुहुन्थ्यो, अनि मलाई राहत महसुस हुन्थ्यो ।

म कहिले कहाँ हुन्थें कहिले कहाँ । संगठनमा बाहेक बाहिरियालाई थाहा हुँदैनथ्यो । एकरात म संगठनको कामको सिलसिलामा ज्योतिनगर पुगेकी थिएँ । म ज्योतिनगर पुगेको कुरा कहींबाट लिक भयो अथवा संयोग हो पत्तो भएन । जनयुद्ध चरम सिमामा पुगेको बेला भएकोले सेनाले नियम कानुनको पालना गरेनन् । त्यस रात म बसेको घरमा दुई ट्रक पुलिस र सेना आएर चारैतिरबाट घेरा हाले । ढोका भित्रबाट बन्द थियो । सेनाले लात्तले ढोका हानेर फोरेर भित्र पसे । म सहित गाउँका दसजना महिला योद्धाहरू घेराबन्दीमा पय्रौं, उम्कन सफल भएनौं ।

दु:ख एक्लै आउँदैन, एउटा दु:खले अर्को दु:खलाई निम्त्याउँछ भनेको सत्य रहेछ । रेग्मी निवासका सदस्यहरूमा म मात्र बाँकि थिएँ, म पनि पक्राउ परें । सासू धेरै दिनसम्म बिरामी भएर अस्पतालको शैयामा रहनुभयो । सेनाहरूले नन्दको अपहरण गरेर बेपत्ता पारेको घटना सुनेपछि सासूको अस्पतालमै प्राण गयो । जेठाजूहरू, देवर र बिमल कुन जेल वा सैनिक क्याम्पमा राखिएको छ या मारिसके हालसम्म कुनै पत्तो छैन ।


कुमालेको चक्रमा घुम्ने निरन्तर प्रकृया वा आधुनिक कथा, उपन्यास वा चलचित्रमा देखाईने कथा-व्यथा जस्तै हरेक मानिसको जीवनयात्रा एउटा महत्वपूर्ण र पूर्ण जीवन कहानी बन्दोरहेछ । चितवन जिल्लाको पश्चिममा पर्ने त्यो गाउँमा अहिले हाम्रो परिवारका कुनै पनि सदस्य छैनन् । मेरा दिनहरू भरतपुरको जेलको चिसो छिंडीमा बितिरहेका छन् । अहिले म भरतपुर कारागारको एउटा चिसो कोठामा बसेर यी शब्दहरू लेख्दैछु ।


मेरो जीवन यात्रा मेरो लागि नितान्त व्यक्तिगत भोगाई र अनुभूती हो । घरमा सासू, नन्द र बिमलसंग भएका कुराकानीका आधारहरू पनि मेरो लागि प्रेरणाका श्रोतहरू हुन् । मेरो यात्रा अनुभूती समेट्न मैले चितवन ज्योतिनगरको रेग्मी निवासबाटै सुरु गरें, किनकि यी भोगाई र अनुभूतीहरू समेट्ने प्रेरणाको श्रोत रेग्मी निबास र त्यहाँका सदस्यहरूको हो । मेरो जीवन यात्रामा सबैभन्दा बढी प्रभाव कलेज पढ्दाका र ज्योतिनगर पुगेपछिका समयका कुरा र अनुभूतीका बिषय हुन् । चितवन जिल्लाको राजनीतिक प्रसँग, स्थानीय सामाजिक, राजनीतिक गतिविधि, आफ्नो कलेजका साथीहरु र रेग्मी निवासमा लगाईएको ठूलो फलामे ताला सम्झनाका मूख्य विषयवस्तुहरू बने ।


सरकारले गाउँमा बस्नेहरू सबैलाई माओवादी देख्नु नै रेग्मी निबासका घर परिवारको लागि विडम्बनाको विषय बन्यो । ज्योतिनगरमा अवस्थित 'रेग्मी निबास' आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ अर्थात ज्योतिहीन भएको छ । ज्योतिनगरमा अवस्थित रेग्मी निबासमा ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । ज्योतिनगर रातारात ज्योतिहीन बनेको होईन, ज्योतिहीन हुनुका पछाडिको मुख्य कारण रेग्मी निबासमा भएको राजनीतिक चहलपहल हो । देशमा बि सं २०५२ सालमा सशष्त्र संघर्षको थालनी भएपछिका पछिल्ला घटनाक्रमहरूमा रेग्मी निबासको राजनीतिक पृष्ठभूमी र सरकारको दमन नीतिका श्रृंखलाहरूले गर्दा ज्योतिहीन बनेको हो ।


जीन्दगी सोंचे भन्दा बढी नसोंचेकै घटनाहरुको संगम रहेछ । मान्छे एक्लै जन्मन्छ, अनेकौं प्राणी र वस्तुहरुको संगत पाउँछ र अन्त्यमा एक्लै आफ्नो जिन्दगीसंग सुरेली खेल्छ । म अन्धकारको विरुद्ध लड्नेहरुले छोडेको एकान्तमा अल्झिरहेछु । मलाई थाहा छ, अन्धकार अनन्त हुँदैन । उज्यालो ल्याउनेहरुको रूप परिवर्तन हुनसक्छ तर सर्वथा अन्त्य हुँदैन । नाताले मेरो परिवारका सबैलाई स्वाहा पारिएको छ । तर मेरो परिवार भन्नुनै देश भएको छ अब । म देख्दैछु अन्धकार क्रमश: ढल्दैछ ।


बिहानसंगै घाम पनि पस्यो म बसेको जेलको कोठाका छेडहरुबाट । घामसंगै संपूर्ण मान्छेहरु मेरो हात माग्दै आइरहेछन् । मान्छेहरुको अगाडि फलाम कमजोर बन्दोरहेछ । ढुङ्गा ढल्दोरहेछ । यतिखेर फलामका बारहरु ढलेका छन् । म फलाम भन्दा बलियो बनेर घामको ज्योतिमा आँफू फैलिइरहेछु । घामको ज्योतिमा मान्छेहरु देश बोकेर उठिरहेछन्, मान्छेहरुको अग्रपंक्तिमा म छु, सबै दिदीबहिनी दाजुभाइ छन् र क्रान्तिमा सहादत पाउनेहरू जुरुक्क उठेझैं लागिरहेछ ।

 

गन्तब्यहिन यात्रा

 रामजी बलामी

“ प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ ।
रमेशको यस्तो भावी योजना र एक प्रकारको लोभले उनको मन फुरुङ्ग भएको थियो । एक्कासी छोराको भावी उज्यालो जीवनको सपना देखेकी थिइन त्यो दिन उनले । रातभर आफ्नो जिवनसंगीसंग भावी जीवनका मिठा मिठा रुपरेखा कोरेर खाडी पसेका थिए रमेश । तर सोचे जस्तो कहां सरल थियो र खाडी जीवन । मरुभूमिमा गोरुजोताईसरहको काम र खल्खल्ती बगेको पसिनाले घरको झल्झल्ती याद आउथ्यो उसलाई याद आएर के गर्नु आफ्नो छोराको भविष्य र जीवनसंगीसँग बाँडेका सपनाहरु जसरी नि पुरा गर्नुछ उसलाई । नयाँ घर बनाउने आमावुवाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ति रहरहरु रहरमै सिमित हुन बाध्य भयो । धेरै दिन टिक्न सकेन उनीहरुले बुनेका ति सपना र रहरहरु ।
सुनसान गाँउमा हुर्केर गाँउले जीवन बिताइरहेको रमेश कतारको शहरी परिवेशमा घुलमिल हुन सकेन । उसमा न ज्ञान थियो न विज्ञान नै । आफ्नो काम गर्ने र मामको आश गर्ने सिवाय अरु केही थिएन उसको मनमा । तर अज्ञानता कै कारण बाटो क्रस गर्ने क्रममा अनजान दुर्घटनामा परेर ऊ यस धर्तीबाट सदा सदाका लागि विदा भए ! केवल बिदा भए !
ऊ त बिदा भए भए तर बाकी जीवनसंगी आमाबुवा र भएको एउटा छोराको समेत भाग्य खोसियो । टुहुरा बन्न बाध्य भए छोरा पनि । अनि त्यो रात बुनेका सवै सपनाहरु चक्नाचुर भई विदा भए । भर्खर तोतेवोली वोल्न थालेको छोरा र मलिन अनुहारका जीवनसंगीलाई मधुर मुस्कान छरेर कतार प्रवेश गरेको ऊ अव वि्रफकेश वोकेर होईन कुनै वाकसमा कोचिएर आउने भयो । परिवारमा खुसी लिएर होईन विस्मात र पिडा वोकेर आउने भयो । त्यसो त यो सब कुरा त्यो रात अन्जुले नसम्झाएको पनि होइन । यस्तै दिन भोग्नु पर्ला भनेरै अन्जुले विदेश नजान शिरमा हात राखेर अनुनय विनय गरेकी थिई तर पिडैपिडाले थिचिएको परिवारलाई राहत दिने आशमा तल्लिन रमेशको मनले उनको विनयलाई स्विकार्न सकेन । र त मिठा मिठा सपना बोकेर कतार प्रवेश गरे उसले ।
रमेशको मृत्युको खवर सुने लगतै बेहास बनेकी अन्जु पागल जस्तै बनेकी छिन । घरीघरी हास्छिन घरीघरी रुन्छिन अनि छिनछिनमै बरबराउछिन । हुन पनि संगै जिउने मर्ने कसम खाएर बन्धनमा बाडिएको जोडी छुट्नु भनेको पानीबिनाको माछो झै तड्पनु हो । न मर्न सक्छ न बाँच्न नै । यस्तै भयो अन्जुको जीवनमा पनि । जन्म हुंदा जति सुखानुभूती हुन्छ परिवारमा मृत्यू हुंदा त्यो भन्दा कयौ गुणा बढी पिडावोध हुन्छ । अझ छुटिएको लामो समयपछि परदेशी भूमिमा वित्नु त्यसैपनि दुःखदायक कुरा थियो । उनीहरुको जोडीबाट रमेशलाई भगवानले त टपक्क टिपेर लगे लगे ! तर धेरै दिन हप्ता महिना बित्यो तर रमेशको लाश आईपुगेन । त्यसै त पिडामय परिवारमा लाश ल्याउन भोग्नु परेको थप पिडाले स - परिवार गुमनाम आंशुमा चुर्लुम्म डुब्न पुगे । रमेश त विते विते तर लाश ल्याउन खर्चिनु परेको रुपैँयाले गर्दा उसको भागमा पर्ने सम्पत्तीसमेत गुमाउँनु पर् यो । कहिले के मिलेन कहिले कता मिलेन भन्दा भन्दै बल्ल तल्ल दुईमहिनाको पखाई पछि आइपुग्यो रमेशको शव वाकसमा टम्म बाँडेर ।
संयोग पनि कस्तो भने रमेश जिउंदो भै दिएको भए पनि फर्कने दिन त्यही थियो । जून दिन ऊ मृतआत्मा बोकेर फर्किए । अन्जु त्यही दिनको पर्खाईमा रमेशको मिठो मुस्कान र शितल काखको प्रतिक्षामा थिई । तर विडम्वना ! रमेशको साससमेत लाशमा परिवर्तन भएर आईपुग्ो । मान्छेको मन न हो जिउंदो देख्न नपाए पनि लाशमै घोप्टिएर छात्तीमाथि मुड्की बजार्दै कर्मलाई धिक्कार्दै हिक्क ! हिक्क ! गर्न थाली अन्जु । मर्ने मान्छे त मरी गए जिउंदो अन्जुसमेत होसह्वास गुमाउँन पुगे त्यतीखेर । इष्टमित्र छरछिमेकको ठूलो जमघट थियो आंगनमा । कोही बाँस काट्दै थिए त कोही कपडा दाउरा मिलाउँदै थिए । तँ तँ र म म गर्ने छिमेकीहरु पनि सुकसुकाइरहेको देखिन्थे । मर्ने मान्छे देखेर आंशु पुछ्नु पाप गरेको मानिन्छ समाजमा । तर के गर्नु पिडा जसलाई पर्छ उसलाई पो थाहा हुन्छ । एकोहोरो बजेको शंखसँगै रमेशको अन्तिम संस्कारकालागि लगिए खोलातिर अनि अरु ताँती लागेर गए मलामी……!
हिक्का छाड्दै रोइरहेकी अन्जुको रुवाई अझै ठामिएको थिएन । “मलाई पनि संगै लैजाऊ भन्दै विलौना गर्न थाली उनले । छरछिमेकको सहानुभूती पछि बल्लतल्ल आंगनमा छरपस्ट छरिएको पटकरमा डङरङ्ग पछारिए उनी । सवैलाई लाग्थ्यो अब उनी निदाउँछे तर धेरै बेर भयो ऊ हल न चल बनेर पछारिरह्यो । दर्शक बनेर हेरिरहेको आइमाई मध्ये एक जनाले शंका लागेर छामछुम गरेर उठाउँन खोजी तर अँह ! ऊ निर्जीव प्राणीसरह लम्पसार परेर अस्थिर रही । सवैलाई थाहा भयो उनी बेहोसमा छे रुंदारुदा हँ ! हँ ! सिवाय वोल्न नसक्ने भईसकेकी उनी आफ्नो शरिरको बेवास्ता गरी जथाभावी चलेकी थिई अघि । करुवामा ल्याएर पानी छर्काए कसैले चिमोटेर हेरे कसैले डाँडापारकिो मान्छेलाई बोलाएसरी चिच्याई चिच्याई बोलाए तर अहँ ऊ जस्ताको त्यस्तै कुनै निर्जीव प्राणी जस्तै लम्पसार मै रहे । ठूलै आपत पर् यो अन्ततः एम्वुलेन्सको सहारामा अस्पताल पुर् याइए ……
केही छिन पछि होस त आए तर फेरी रमेशलाई नै सम्झेर विलौना गर्न थाली पहिले भए काखमा राख्दै हातको कान्छी औंला चिमोट्दै आंशु पुछिदिन्थे होला रमेशले उनी यसरी रुंदा । उनी रुंदा संगसंगै आंशु झार्थे रमेश पनि पहिले । कहिलेकाही त पालैपालो आंशु पुछेर रात विताउँथे उनीहरु । तर अहिले अन्जु एक्ली बनेकी छिन । एक दुइृ दिन आंशु पुछ्ने छिमेकी होलान पछि त उही यादमा उहि सम्झना उहि वेडना…।! कयौ दिन ढल्यो रात ढल्यो महिनौ वित्यो बर्षाै वित्यो तर अन्जुको पिडा झन झन घट्नुको सट्टा वल्झिदै गयो । केहि दिन त छिमेकीको ओहोर दोहोर पनि वाक्लै थियो तर त्यो पनि कँहा संभव हुन्छ र पिडा अन्जुलाई पो पर् यो अरुलाई त हाइसाचो । दाजुभाई त झन तेह्र दिनको काम भ्याउन समेत तछाडमछाड गर्न थालेका थिए ।
समयको अन्तरालसंगै अन्जुको जिवनमा विस्तारै कठिनाईले वास माग्यो । नेपाली समाजमा एक्ली आइमाइलाई कहाँ राम्रो कोणले हेर्छ र विस्तारै समाजले उनीप्रती हेर्ने भावनामा टुसारापात हुदै गयो । एक्ली नारीप्रती हेय भावनाले अलक्षणी कोणले एकाएक आएका बचन बाणहरुले उनलाई सताउन थाल्यो । बल्झिएको उनको घाउमा नुन छर्ने काम गर् यो समाजले पनि । उनीसंग त्यो व्यहार सहनुको कुनै विकल्प थिएन उनी विवस थिए ती बचन वाणहरु जानी जानी छात्तीमा रोप्न । बारम्वार पटक पटक प्रहार हुने त्यो वाणले छात्ती चसक्क दुख्थ्यो उनको तर प्रतिवाद गर्ने न हिम्मत छ न तागत नै उनीसंग । त्यसो त जस्तो सुकै जहांबाट आए पनि त्यस्ता कयौ बचनहरु रोपिरहें । दिनभर रोपिएका ति वाणहरुले रातभर आक्रमण गथ्र्याे अनि काखेछोरो च्याप्दै भक्कानिएर संगसंगै रोएर रात विताउँथी उनी !………
समयसंगै उनको सुन्दर रुपमा वुढ्यौली छायो आँखामा आँसु टुटेन अनि मनमा कहिल्यै शान्तिले बास पाएन । समाजले मात्रै होईन विस्तारै परिवारबाटै हेपिन थाले उनी । कहिलेंकाही त “नातीकैलागि मात्रै तँलाई राखेको” समेत भन्थे सासुससुरा पनि । छोरा हुर्कदै गए छोरालाई राम्रो स्कुलमा पढाउने उनिहरुको रहर पनि रमेशको लास संगै जलीसकेको थियो । घरमा अविवाहित देवर भएकै कारण उनको र देवरबिचको सम्वन्ध भएको कुरा गाँउभरी हल्ला चल्न थाले ।
कुरा न हो एक कान दुई कान हुदै अन्ततः मैदानसरी अन्जुकै कानमा आएर बजोडको हुरीवतास झै ठोक्कीयो । यो कुराले उनमा फेरी नयाँ पिडा छायो यस वखत आफ्नो हृदयको राजा रमेशलाई सम्झी मात्र सम्झी…। । तर जति सम्झे पनि पुकारे पनि रमेश फर्कनेवालामा थिएन । विस्तारै उनी मुक्तीको विकल्प खोज्दै एक्लै भुनभुनाउन थालीन । कहिले सोच्थी “अव पासो लाएर मर्छु कहिले सोच्थी दहमा जान्छु । “ आखिर छोराको तगाँरो र माँयाले गर्दा उनको यो योजना सफल हुन सकेन । एक दिन सोचीन “अव यो गांउ नै छोडेर जान्छु । तर छोडेर पनि कंहा जाउ “ एक्लाएक्लै प्रश्नोउत्तर गरीरहीन र अन्ततः माईती जाने निर्णयमा पुगीन उनी । यस्तो बेला चेलीको अन्तिम विकल्प माइती वाहेक अन्त कहाइ पो होला र र त भएको झुत्रा कपडासहित बिहान भालेको डांकोसंगै माइतीको बाटो लागे आमाछोरा त्यो घरको एउटै प्यारो चिज रमेशको याद लिएर ।
उनी माइतीमा बसेको पनि धेरै भयो । दिनहरु वित्दै गए निकै वर्ष विते ज्यूँ त्यूँ छोरा प्रतीकले पनि एसएलसी पास गरीसके । प्रतीक पनि बावु रमेश जस्तै सोझा र भलाद्मी स्वभावकै
थिए । यही कारणले पनि सायद अन्जु भावी सपना वुनिरहेकी थिई छोराकै आशमा । नत्र त्यो बेलै आत्महत्या गर्न एक पटक बाटो लागसिकेकी थिई उनी । रुखमूनि धेरैवेर घोरीएर छोराको बेहाल हुने देखेर कालको मुखबाट जोगिएर फर्केकी थिई एकपल्ट उनी । छोरा प्रतीकको व्यवहारले रमेशको याद समेत हरांथ्यो कहिलेकाही उनलाई । त्यसो त दिउंसो साथीभाईले दिएको एक टुक्रा खाजा समेत खल्टीमा राखेर आमालाई ल्याई दिन्थे प्रतीक । छोराको यस्तो बानी ब्यवहार देखेर अन्जु निकै भावुकसंगै खुसी थिई ।
माइत गएको केहिदिन त राम्रै व्यवहार देखाए दाजु भाउजूले पनि तर दुःख पाएर आएकी पोइला गएकी चेलीलाई कहां राम्रो मान दिन्छन र माइतमा पनि । विस्तारै विस्तारै माइतमा पनि उनको वारेमा कुरा कात्न थाले । दाजु पो आफ्नो भाउजू त पराईकी चेली । भाउजूको कुरा सुनेर एउटै थालमा खाएर हुर्केको दाइले समेत गाली गरेपछि उनको मुटु जोडतोडले हल्लिन थाले घाँस कात्न गएका उनी धेरै बेर बारीको कान्लामै रोएर बसे रमेशलाई सम्झेर । कहिले भागोस भनेर बसेको रमेशका परिवार हाइसाचो मान्दै उनलाई लिन आएन । यहि सम्झे उनले टाउको हात बजार्दै डोको भर्नतिर लागे……
“छोरी पाल्नेले छोरा पाल्दैनू एकदिन मामा माइजु कोठामा यसरी गफिरहेको प्रतीकको कानमा पर् यो । यो कुराले प्रतीकको मनमा बाढी आयो भित्रभित्रै मन रोयो तर आमालाई भन्दा पिर मान्ला भनेर भन्न चाहेनन् उसले । दिनहं”को बूहारीको घुर्कीले आमाबुवाको मन पनि उनिहरुको उमेर जस्तै फाट्दिै गए । एक्लो छोरावूहारीको घुर्की बृद्ध बुवाआमाले सुन्न सकेन । छोरालाई छुटाएर राख्नु भन्दा छोरीलाई अन्तै विहे गरिदिने ध्याउन्नमा लागे उनिहरु पनि । आमाबुवाको सुरसार अन्जुलाई पटक्कै सह्य भएन उनी त्यस्ती खालकी नारी थिईनन् । आफ्नो पति रमेशप्रतीको अघात माँया अझै ताजै थियो उनको दोश्रो विहे गर्ने कुरा उनको लागि अस्ताउन लागेको घाम जस्तै थियो । त्यसैले आमाबुवाको दोश्रो विहेको प्रस्तावलाई ठाडै अस्विकार गरीन उनले । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु हुन्न भन्ािन्छ तर माइतीबाटै यस्तो अपहेलना भए पछि कसको के लाग्छ र
माइतमा समेत बास नपाए पछि छोरासंग पिडा पोख्दै रुनथाली अन्जु । अब त प्रतीकको मनमा आमालाई पाल्न सक्ने तागत आई सकेको थियो । आमालाई सम्झाउदै धरर बगेको आंशु पुछ्दै भन्न थाले “आमा नरुनुस रोएर मात्र कति वस्ने पिर नलिनुस म तपाईलाई जसरी नि पाल्छु जाउ अव शहरतिर यहांबाट पनि ।” उसको वोलीमा उत्साय थियो केही गरेर देखाउँछु भन्ने भाव थियो । आफ्नो छोराको उत्साहप्रद वोली सुनेर अन्जु झसंग भईन र छोरालाई अंगाल्दै आंसु पुछेर माइत छाडी जाने निधो गरे उनीहरुले । भ्ााेलीपल्ट झिसमिसेमै डाँडा काट्ने सल्लाहले बेलुका नै थोत्रा झोलाहरु प्ााेका पारेर आंशु तिल्पिलाउँदे कर्मलाई धिकारेर रुदै गरेकी आमालाई अंगाल्दै सुत्न लगाएर आफ्नो झोला ठिक पार्न लागे प्रतीक । थकाईले खाना नपाक्दै निदाउंने प्रतीक रातभर भोलीको दिनको कल्पनामा डुब्दै बिताए । कहाँ जाने के गर्ने कहां बस्ने के खाने ॥

रातभर निदाउंन नसकेकोले बिहान भुसुक्क निदाए अन्जु । छोराले विस्तारै आमालाई उठाएर दुवै जना निस्के माइती नामक त्यो घरबाट पनि । उनीहरु निस्कन लागेको चाल पाएरै हो कि भर्खरै ब्याएको बाख्री कराउँन थाली । बाख्राले आफैलाई बोलाएको जस्तो लाग्यो उनलाई र त बेलुका ल्याएको घाँस दिदै “ल बस हैू भन्दै बाख्रीलाई मुसार्दै सानो पाठीलाई चुम्म गर्दै पछाडी फर्की फर्की सदाकालागि अनिश्चित यात्रामा पाइला चाले एउटा गन्तब्यहिन यात्राका निम्ति । त्यो बाख्री भने अन्जुको वेडना वुझे जस्तै गरेर ठुल्ठुला श्वर निकाल्दै विलौना गर्न थाले तर त्यो विलौनाबाट अन्जु विस्तारै टाढा हुदै डाँडाको टुप्पो पुगेर फेरी एक पल्ट आफ्नो जन्मघर फर्केर पुलुक्क हेरेर आंशु झार्दै्र विस्तारै विस्तारै ओझेलमा परीन् ।
 

बुढी आमालाई युद्दले दिएको घाउ

अँधेरी रात थियो, जुन्किरीहरु तंछाड मछाड गर्दै पिल पिल बत्ति बालेर उँडिरहेका थिए | सुनसान सन्नाटा लाइ चिर्दै बेला बेला झ्याउँकिरी हरु कानै खाने गरी कराउँथे अनि सिरिसिरी बतास चल्दा मकैको पातले पनि संगीतको धुन बजाए झैं भान हुन्थ्यो | पुरै गाउँ निदाएर चकमन्न थियो तर सरीतार उत्तमको आमा मात्र निदाएका थिएनन् | सरीता ढोका तिर हेर्दै बत्ति कातिरहेकीथिइन | निकै बेर पछि उत्तमकी आमा ले सरीता लाइ भनिन् ,"हेर दुलही काम मा गएको मान्छे कतिखेर आउने हो उसलाई कुरेर साध्य हुँदैन ,यसरी भोकै नबस जाउ खाना खाएर सुत,"सासुको कुरा सुने पछि सरीता ले भनिन् ," टाढा जानु भएको होइन आइहाल्नु हुन्छनी बरु हजुर सुत्नुस म वहाँलाइ कुर्छु "|

चकमन्न रात बेला बेला कुकुर भुकेको मात्र सुनिन्थियो | यत्तिका बेला साम्म उत्तम घर नआउँदा सरीताको मनमा चिसो पस्न थालेको थियो | काल जमाना पनि ठिक छैन किन यसरी राती-राती काम गर्नु परेको होला ,अब उप्रान्त म वाहाँ लाइ यसरी राती सम्म काम गर्न दिन्न बरु कमाइ नभए पनि नहोस , भनेर मनमा अनेक कुरा खेलाउँदै उत्तमको बाटो हेरिरहेको थिइन तर उत्तमको भने अझै अत्तो पत्तो थिएन | सरीता र उत्तम एक आदर्स जोडी थिए | उनि हरु एक अर्कालाई धेरै मायाँ गर्थे| उत्तमले ठेक्कामा खेति गरेको थियो त्यसैले उ दिलो ज्यान दिएर खेतीको काम मा लागेको थियो | उसको पानीको पालो रातीको परेकोले पानी लागाउन खेत गएकोथियो | उसले रोपेको खेत घर देखि करीब बिस मिनेटको दुरीमा थियो | निस्पट्ट अँध्यारोमा सानु टर्चको सहायताले खेतमा पानी लगाएर पुरै गरापानीले भरिएपछि समाहा मिलाएर उत्तम रातको एक बजे तिर घर फर्कंदै थियो त्यहि बेला उसले अलिक पर मान्छे हरु गुन गुन गरेको आवाज सुन्यो त्यसैले उसलाई कता काता डर लागेर आयो र उ छिटो छिटो हिंड्न थाल्यो | ती मान्छे हरु हुल बाँधेरउसकै पछि पछि आए जस्तो लागेर उ झन् दौडन थाल्यो | बिचरा सास न वास हुँदै बल्ल घर आइपुग्यो र ढोका ढकढकायो | उसलाई कुरेर बसेकी सरीताले पनि झट्टै ढोका खोलिन तर ढोका बन्द गर्न नपाउँदै एक हुल मान्छे घर भित्र पसे | बत्तिको उज्यालोले हेर्दा पो थाहा भयो उनि हरु त नेपाली सेना रहेछन | तिनीहरुले उत्तम लाइ पाखुरामा समाएर लाछ्छार पछ्छार पार्दै " काहाँ मिटिंग बसेर आइस ,तँ देसको सत्रु माओबादी लाइ यहीं मार्छौं होइन भने कुन ठाउँ मा मिटिंग बसेर आइस त्यो ठाउँ को बारे हामीलाई बता| बिचरा उत्तम डरले काम्दै," हजुर म खेतमा पानी लगाएर आउँदैछुबिस्वास गर्नुस म माओ बादी होइन भनि रहेको थियो "| त्यो अकल्पनीय दृश्य देखेर सरीता रुन थालिन | घरमा खल्ली बल्ली सुनेकोले उत्तमकी आमा पनि ब्युँझिएर आइन र यो के गरेको तिमीहरुले कुरै नबुझी भन्दै छोरालाई उनीहरुको हात बाट छुटाउन गइन तर एउटा सेनाले बुढी आमालाई तिमि उता जाउ भन्दै धकेलिदियो ,बिचरा तागत नभएकोले बुढी आमा भुइँमा ढलिन | उनि भुइँ बाट उठ्न नपाउँदै सेनाले उत्तम लाइ बाहिर आँगनमा लगेर गोलि हानी मारिदिए |


सन्तान मर्दा मर्दा बल्ल बाँचेका दुई छोरा हरुलाई उत्तमकी आमाले धेरै दुख गरेर हुर्काएकी थिइन | पाहाड बाट मधेश झर्दा चिचिला छोराहरु उत्तम र रमेश लाइ डोकोमा बोकेर ल्याएकी थिइन |उत्तमका बाबाले झोडा फाँडेर एउटा सानो छाप्रो बनाएका थिए |त्यहि छाप्रो मा नाबालक छोरा हरु संग उनलाई एक्लै छोडेर आरा काट्न भनि बुढा मान्छे असाम गएका थिए तर एक वर्ष पछि आरा काट्दा काट्दै मुढाले किचेर उतै मरेको खबर आयो | त्यस पछि दुई छोरा हरु हुर्काउन उनलाई धेरै गारो भयो त्यही भएर ठुलो छोरा उत्तमले चाहिं पढ्न सकेन , घरको गर्जो टार्न आमालाई सघाउने गर्थ्यो |आफुले पढ्न नपाए पनि उत्तमलेभाइ रमेश लाइ भने पढाएको थियो | रमेश ले एस एल सी पास गरेर बिराटनगरमा केटा केटीलाई ट्युशन पढाउँदै कलेज पढ्न थालेको थियो | उत्तमकी दुखियारी आमालाई अलिकति मात्र भए पनि सुखको दिन आउन लागेको थियो तर देश र जनताको सुरक्षाको जिम्मा लिएका हरुलेनै उनको आँखा अगाडि जवान छोरालाई मारिदिएर बिहे गरेको चार महिनामै बुहारी सरीतालाई त्यो रहर लाग्दो कलिलो उमेरमा बिधवा बनाइदिए अनि सरीताको गर्भमा हुर्कंदै गरेको बच्चालाई पनि गर्भे टुहुरो बनाइदिए | एक जना छिमेकी ले चोक बाट फोन गरेर घरमा परेको आपतको खबर रमेश लाइ सुनाए | सपनामा पनि नसोचेको कुरा दाजु मरेको खबर ले रमेश विछिप्त भयो | घर आइपुग्दा एकातिर आमा बेहोश र अर्कोतिर भाउजुको बेहाल देख्यो | डर ले होला गाउँका धेरै मान्छे हरु त्यहाँ आएका थिएनन् मात्र दुई-चार जना छिमेकीले उत्तमको लास लाइ रुंघेर बसेका थिए |


तिनै छिमेकीको सहयोगमा दाजुको दाहा संस्कार गरेर रमेश घाट बाट घर फर्कियो | रमेशको टाउको मा अब दुखको पाहाडले थिचेको थियो | एकातिर आमा र भाउजुको जिम्मेवारी अनि अर्को तिर पढाई थियो त्यसैले उ दोधारमा परेर केहि सोच्न सकिरहेकोथिएन | आज भोली भन्दा भन्दै उत्तमको काम सकिएको पनि महिना दिन भैसकेको थियो | रमेश भने कसै संग केहि नबोली त्यसै टोलाएर बसिरहन्थियो| रमेशको त्यो अबस्था देखेर आफ्नो मनलाई दरो बनाउँदै उसको आमाले उसलाई भनिन् " बाबु तिम्रोपढाई धेरै छुटीसक्यो अब तिमीलेपढ्न जानु पर्छ आखिर पिर गरेर मात्र केनै हुन्छर ,यस्तै रैछ बाबु हाम्रो भाग्य " आमाको कुरा सुनिसके पछि पनि उ निकै बेर चुपलागेर बस्यो | धेरै बेरको सोचाई पछि कलेज नगएर घरमै बस्ने निर्णय गरेको कुरा रमेशले आमालाई सुनायो तर आमाले र भाउजु सरीताले उस्को प्रस्ताब लाइ स्वीकारेनन र जसरी तसरी उनीहरु आफैंले घर अनि खेति सम्हाल्ने हिम्मत राखेर रमेशलाई कलेज जान अनुरोध गरे त्यसैले रमेश फेरी कलेज गयो | अब भने घरमाशुन्यता र अन्धकार संगै बिपत्ति मात्र छाएको थियो | उँड्दा उँड्दै धागो चुंडिएर कतै बुट्यानामा अल्झिएको चंगा जस्तै भयो सरीताको जिन्दगी| जति सुकै विछिप्त भए पनि गर्भको बच्चाको लागि उनले बाँच्नु थियो त्यसैले सकी नसकी खेतीको काम सम्हाल्न थालिन | भने जस्तो स्याहार संहार नपुगेर होला जति फल्नु पर्ने थियो त्यति धान फलेन | साहुलाई बुझाउँदा ठिक्क भयो | एक महिना पनि खान नपुग्ने अन्न मात्र घर भित्रियो | दुखेसो गर्दा गर्दै सातौँ महिना बितिसकेछ | सरीताको छोरी जन्मी ,सन्तानको जिम्मेवारी संगै उनको अगाडि सिंगै जीवन एउटा मरुभूमि पाहाड बनेर उभिएको थियो | रमेशले धेरै दुख गरेर अलि अलि पैसा घर पठाउँथे र त्यहि पैसाले जेन तेन घर चलिरहेको थियो |


दु:खले पनि जाहाँ धेर त्यहिँ हेर भने जस्तै गर्दो रहेछ| सरीता र उनको सासु माथि फेरी अर्को बज्रापात हुन गयो | आखिर जस्तो परे पनि मान्छेले सहनु नै पर्दो रहेछ | एउटा दियो निभे पनि अर्को दियोले घरमा धिप-धिपे उज्यालो दिईरहेको थियो तर त्यो दियो पनि अनायासै नसोचेको हुरीले सदाको लागि निभाइदियो| भतिजीको मुख हेर्नलाई बल्ल तल्ल फुर्सद मिलाएर घर जान भनि रमेशबस चढ्यो | घर पुग्न लाइ गाडी बाट ओर्लेर करीब आधा घण्टा जंगलको बाटो हिंड्नु पर्थ्यो | रमेश ओर्लने स्टेशनमा पुग्दा रातिको दस बजिसकेको थियो | त्यो बाटोमा राती हिंड्न डर हुने भएकोले उ छिट्टो छिट्टो हिंडिरहेको थियो | घर पुग्न लाग्दा केहि जमातले पख पख भनेको सुनेर रमेशको हंसले ठाउँ छोडे जस्तै भयो त्यस्सैले उ दौडन थाल्यो र ती मान्छे हरु पनि उसकै पछि पछि आए|घरको आँगनमा पुगेर अत्तालिंदै रमेशले गुहार भनेर करायो | उसको गुहार सब्दले झस्किएर आमा र सरीता बाहिर निस्कँदा उनीहरुले भया भय दृश्य देखे त्यो देखेर बिचरा हरुको सात्तो गयो | त्यति बेला ती मान्छे हरु संग हात जोडेर रमेशले भनिरहेको थियो " बिस्वाश गर्नुस म नेपाली सेनाको सुराकी होइन " तर ती राक्षसी मन भएका हरुले रमेशको कुरालाई पत्याएनन र तँ सुराकी नभए किन यसरी राती घर आउँथिस भन्दै उसलाई बन्दुकको कुन्जाले हिर्काउन थाले | रमेशले सुराकी गरेको छैन उसलाई छोडिदिनुस भन्दै आमा र सरीताले पनि उनीहरु संग धेरै बिन्ति गरे पनि उनीहरुको ढुंगा जस्तो मुटु पग्लिएन | अन्त्यमा रमेशलाई तँ हाम्रो लागि खतरा बन्न सक्छस त्यसैले तैंले यो संसार छोड्नै पर्छ भन्दै गोलि हाने रमेश आँगनमा ढल्यो अनि रमेशको बुढी आमा पनि बेहोस भईन त्यतिखेर कठैबरा सरीताले रुँदै र चिच्याउँदै गुहार मागिन तर गाउँले हरु कोहि पनि डरले त्याहाँ आएनन्| भोलि बिहान एक जना छिमेकीले प्रहरी लिएर आए | प्रहरीले सोधपुछ गरिसके पछि लास उठाउन अनुमति दिए त्यस पछि गाउँलेहरुले नै रमेशको दाहा संस्कार गरे |


अबत सरीताको जिन्दगीझन् दल दलमा भासियो | घरको छानो पनि मक्किएर चुहिन थालेको थियो | दस महिना भित्रमा दुई छोराको मृत्युले सरिताकी सासुलाई रोगि बनाएको थियो | यस्तो बिपत्तिको भारि पिठ्युमा बोक्दै दुधे बालख छोरीलाई घरमै छोडेर सरीता दिन भरी बनि गर्न जान्थिन | कहिले नानी बिमारी पर्ने कहिले सासु बिमारी पर्ने फेरी काम नगरी हात मुख जोर्ने सम्भ नै थिएन त्यसैले सरीतालाई अतिनै सास्ती भैरहेको थियो | त्यति मात्र नभएर उनको रुप र एक्लो पनमा गिद्द्दे नजर लाउने हरु पनि कम थिएनन् , जुन कुराले उनि धेरै विछिप्त हुने गर्थिन | यति धेरै समस्याको भुमरीमा रुमलिंदा रुमलिंदै सरिताकी छोरी पनि दुई बर्षकी भइसकेकीथिइ | छोरीको अनुहारबाबाको जस्तै थियो त्यसैले काम बाट फुर्सद भएपछी श्रीमानको सम्झनामा त्यो छोरीलाई सुम्सुम्याउँदै मन भरी रुने गर्थिन | यसो गर्दा गर्दै सरीता धेरै सिथिल भईसकेकी थिइन | उनलाई निकै मलिन र गलेको देखेर उनको सासुले भनिन् " दुलही तिमि बिरामी छौ एक दुई दिन आराम गर जे होला होला ज्यान रहे सबै हुन्छ " सरीताले केहि उत्तर दिईनन| नभन्दै सरीतालाई ज्वरोले थला पारिसकेको थियो | पैसा नभएकोले उपचार गर्न सकेकी थिइनन् | उनलाई बिमारले दिन दिनै झन् च्याप्दै गएकोथियो त्यसैले सरिताकी सासु सकी नसकी साहुकोमा ऋण माग्न गईन तर पैसा मात्र चिनेको साहुले बिचरी बुढी मान्छे लाइ रीत्तो हात फर्काइदियो | रोगले थिचेको बुढो सरीर लिएर छिमेकी हरु संग गुहार मागिन त्यहाँ पनि एक दुई जना छिमेकीले भन्दा बाहेक अरुले सहायताको बदला उनको समस्यालाई रमिता मानेर हेरे | बिचरी सरीतालाई टाईफाईट भएको रहेछ,बेलैमा उपचार गर्न नसकेकोले दुई बर्षकी बालाख छोरी छोडेर सरीताको प्राण पखेरु पनि यो संसार बाट उँडेर गयो | उनको काज क्रिया गर्न लाइ घरमा केहि पनि थिएन | दुई छोराको शोकले गर्दा सरिताकी सासुको आँखामा आँसु सुकिसकेको थियो त्यसैले नातिनीलाई च्यापेर सरीताको लास लाइ टुलु टुलु हेरीरहेकी थिइन | एकछिन पछि एक जना छिमेकी आइपुगिन जस्ले सरीतालाई असाध्य मायाँ गर्थिन तर उनि पनि दुखियारी नै थिइन त्यसैले चाहेर पनि सरीतालाइ भने जति सहयोग गर्न नसकेकोमा गुनासो गर्दै उनले सरीताको सासुको काख बाट त्यो अभागी बच्चालाइ लिएर स्वर्गको बास होस् सरीता तिम्रो भन्दै रुन थालिन |


उनको कुरा सुनेर सरिताकी सासुले "भनिन् हो बा हो मेरी दुलहीको स्वर्गकै बास हुन्छ ,उनले कसैको केहि बिगारेकी छैनन् ,सारै गुणी र सोझी थिइन ,सबैको भलो चिताउने अनि औधि नै दयालु पनि थिइन " अब चाहिं भक्कानिदै भनिन् " दुलही जाउ बा जाउ राम्ररी जाउ ,खोल्सा खोल्सी तर्दा काँडाले बाटो छेक्यो भने पन्छाउँदै जाउ | यति सानी छोरी मेरो काखमा सुम्पेर तिमीले दुखै लुकायौ | म बुढीले केपो गर्नु होला अब, तिमि त भाग्यमानी रहिछौ त्यसैले यो संसारीक मोह बाट मुक्ति पायौ "| यो हाम्रो समाजको संस्कार पनि कस्तो अचम्मको हो ,जिउँदो छउन्जेल आंग ढाक्न एकजोर गतिलो कपडा भएन तर डढाएर फाल्ने कात्रो चाहिं नयाँ चाहिने अरे | आज यो अन्त्यस्ठीको लागि चंदा दिनेले हिजो त्यहिँ पैसा सापट्टी दिएको भए मेरी बुहारी बाँच्ने थिइन | यो बालख अनाथ र मेरो यो हबिगत हुने थिएन | म अभागीले अझै कस्तो कस्तो दिन देख्नु पर्ने हो र यो अबस्था सम्म बाँचिरहेकीछु | अब यो बालाख लाइ कसले उद्दार गर्ला भन्दै बुढी आमालेलासमा फुल अबिर चढाएर सरीतालाई सदाको लागि बिदा गरिन र नातिनीलाई काखीमा च्यापेर धर्खरिंदै घर भित्र गइन |

लक्ष्मी पोखरेल काठमाडौं ,कपन हाल इज्रायाल 


मित्रताको अधुरो कथा
 रमेशलाई आजकल केही नपिई निन्द्रा पर्दैन । विहान उठेर काममा जानु बेलुका कोठामा आएर केही पिएर सुत्नु उनको दैनिकी बनेको छ । विहानको दश बजीसकेछ । बेलुका पिएको व्हिस्कीले राम्ररी छाडेको थिएन । उठ्न मन नलागी नलागी पनि काममा जानको लागी उठेर हातमुख धोएर काममा हिडे रमेश । अल्भलादे पार्क अगाडी मानिसहरुको भिड थियो । प्रहरीहरुले घटनास्थललाई घेरा हालेर सुरक्षा गरिरहेका थिए । बाटोको छेवैमा केटी मानिसको दुर्घटना भएको रहेछ । लास घोप्टो परेको थियो । रगत पर सम्म बगीरहेको थियो । मानिसको भिड छिचोल्दै रमेश घटनास्थलको नजिकै गए । दुर्घटना परेको मानिसको देबे्रहातमा लगाएको छालाको चेन भएको घडी स्पष्ट देखिएको थियो । रमेशलाई व्हिस्कीले छाड्यो । उनले त्यो घडी रुपालाई एक वर्ष अगाडी विशेष दिनमा दिएको उपहार थियो । आठ महिना देखि रमेशले हरेक ठाँउमा खोज्दा भेट हुन नसकेकी उनकी साथी रुपाको लास थियो त्यो । युरोपमा आएर नै उनिहरुको पहिलो भेट भएको हो । रमेश र रुपाको मित्रता देखेर साथीहरु कोही रिसले अनेक कुराहरु सुनाउथे भने कसैको लागी राम्रो उदाहरण बनेका थिए । रमेशलाई रुपा आज सम्म कहा गएकी थिइन मैले यति धेरै खोज्दा किन भेटाउन सकिन उनी म बाट किन सम्पर्क विहिन भइन र आज यही ठाँउमा उनको दुर्घटना कसरी हुन पुग्यो भन्ने केही सोच्नै सकेनन् । रमेशको मानसपटलमा रुपा संग विताएका दिनहरुको सम्झना ताजा भएर आयो ।


रुपाले एसएमएस गरेर रमेशलाई आज साँझ अल्भलादे पार्कमा आउनु भनिन । रुपाले दिएको समय भन्दा आधा घण्टा अगाडी नै पार्कमा गएर कुरीरहे रमेश । प्रतिक्षाको समय लामो लागी रहेको थियो । हातमा लगाएको घडी हेर्दै हेर न आज झन काम बाट छिटै निस्कन्छु भनेर तिमीलाई समय दिए । झन यता उता गर्दा गर्दै ढिला भयो । धेरै बेर कुर्नु पर्यो हो भन्दै रुपाले रमेश लाई सोधिन । किन त हतार गर्दै बोलाएकी अरु कुनै छुट्टीको दिन फुर्सदमा बस्न हुनेथियो नि होइन र । फेरि हामीहरु भेट हुन कुनै त्यस्तो विशेष दिन पनि त चाहिदैन । सधै भेट भईरहने आज के विशेष थियो र म्यासेज पठायौ ? कुनै कुनै कुराहरु मनमा नराखी भनिहाल्न मन लाग्ने रहेछ । हाम्रो भेट भोली हुन्छ कि हुदैन के थाहा ? रुपाले भनिन ।

हरियो दुबो भएको ठाँउमा रमेश बसे र रुपालाई पनि बस्ने इसारा गरे । रमेशको नजिकै बसीन रुपा । रुपालाई आफूले रमेशलाई भन्न खोजेका कुराहरु कताबाट शुरु गर्ने जस्तै भई रहेको थियो । झोलाबाट पानीको बोतल निकालेर रमेशलाई दिईन । रमेश तिम्रो र मेरो पहिलो भेट यहि पार्कमा भएको थियो नि है ? त्यतिबेला देखि हामीहरु संगै भयौ । यहि पार्कमा बसेर हामी दुई जस्तो दुःख परेपनि एकले अर्कालाई साथ दिईरहने र दुबैको कार्ड भएपछि संगै नेपाल जाने है भनेर हात पनि मिलाएका थियौ नि सम्झना छ होला ? युरोपको कार्ड बनाएर परिवार ल्याएर संगै एउटै अपार्ट -तला) मा बस्ने भन्दै कति रमाईला कुरा गर्थ्यौ नि है ? कति रमाईला थिए ति हाम्रा सुरुका दिन र हामीले कल्पेका सपनाहरु । अहिले तिमी युरोपको कार्ड (बसोवास गर्न पाउने अनुमति पत्र) बनाउन सफल भयौ । तिमीले तिम्रो गन्तव्यको यात्रा पुरा गर्यौ । तिम्रो उद्धेश्य पुरा भयो र तिमी तिम्रो खुशी बाड्न परिवार सामु छिटै जादैछौ । तिमीले परिवारबाट पहिलेको भन्दा धेरै माया र सम्मान पाउनेछौ । तिम्रो र परिवारको लागी यो अति नै रमाईलो भेटघाट को लागी मेरो शुभकामना छ । तिमी घर जान लागेकोमा म अति नै खुशी छु । रमेश तिम्रा हरेक दुःख र सुखको अनुभवको कल्पना म पनि गर्न सक्छु । तिमीसंग जुन दिन देखि भेट भयो । त्यो दिन देखि मैले तिमीलाई आफ्नो संरक्षकको रुपमा पाए । मैले तिमीलाई हरेक काम लगाएर दुःख दिए । साच्चै रमेश आफनो ठाँउ छाडेर बिदेश आएपछि त्यस्तै समाजमा हुर्केका मानिसहरुको दृष्टी नराम्रो हुने रहेछ । रुपाको स्वरमा पिडा मिसिएको थियो । रुपा तिमी किन वितेका कुराहरु निकालेर मन दुखाउदै र्छौ । मानिसहरु जति नै विकशित देखिए पनि उनीहरुको बानी व्यहोरा र सोचाई बाटै उनीहरुको स्तर बुझिन्छ भन्ने थाहा छैन तिमीलाई । तिमीले आज भन्न खोजेको खास कुरा के हो रमेशले विषय बस्तु खोतल्न खोजे ।

रमेश मैले तिमीलाई मेरो मोवाइलमा आएको कल किन रिसिभ गर्न दिएर ? साँझ पख तिमीलाई मन नलाग्दा नलाग्दै पनि घुम्न जान किन कर गरे र मेरो हरेक काममा तिमीलाई नै किन अगाडी सारे भन्ने कुराले तिम्रो मनमा खुल्दुली चलेर मलाई सोध्दा यो सबै समय आए पछि भन्छु खासै केही होइन भनेकी थिए नि । सायद आज यो समय आएछ क्यारे मलाई त्यसको उत्तर दिन मन लाग्यो । अब तिम्रो र मेरो भेट र सम्बन्ध अहिले वितीरहेको जस्तो नजिक नहुन पनि सक्छ । किनकी तिम्रो सपना अन्तै मोडीएको छ । हाम्रो गन्तब्य त झनै फरक बन्यो नि होइन ? रमेश साच्चै नै एउटा नारीलाई परिवार विना परदेशमा एक्लो जीवन काट्न धेरै गाह्रो रहेछ । हाम्रा समाजका पुरुषहरु युरोपमा आएपनि उनीहरुको दृष्टीकोणमा फरक आएको छैन । केटीको फोन नम्बर पाएपछि ब्लफ कल गर्ने, कामै नभएको ठाँउमा काम छ भन्दै बोलाएर भेटघाट गर्न खोज्ने र उनीहरुको चरित्रको परिक्षण गर्ने जस्ता कामहरु गर्दछन् । जुन कुरा तिमीलाई पनि थाहा छ । आफ्नो परिवारको उज्वल भविष्यको लागि पुरुषले जस्तै नारीले पनि केही गर्न सक्छे भन्ने साहशका साथ परदेशिएका नारीहरुलाई सम्मान सहित सहयोग गरेर आफ्नो आमा,दिदी,वहिनी र काकीहरुको मनोभावना उच्च गराउन त कता हो कता झन उनीहरुले काम नपाएर पिडीत भइरहेको बेला यसको फाइदा उठाउन खोज्ने रहेछन् । यसलाई तिमीले कसरी बुझेका छौ मलाई थाहा छैन कहा सम्म राम्रो हो । यिनै कुराहरुको शिकार म बन्न चाहिन र तिमीलाई मैले सहारा बनाए । एउटा मानवले गर्ने मानविय व्यवहारलाई पनि स्वार्थको रुपमा हेर्ने दरिद्र सोचाइ भएकाहरुको गुठमा तिमीलाई धेरै कुराहरु सुनाइए तै पनि तिमीले मलाई साथ दिन छाडेनौ । यस अवस्थामा यस्तो ठाउमा तिमीले दिएको सहाराको म सधै ऋणी छु । तिमी र मेरो विचको यो मित्रता कहिल्यै पनि फिका नहोस भन्न चाहन्छु ।


रमेश साच्चै नै सोचे जस्तो त कहिले पो हुन्छ र तै पनि अहिलेको यो समय त झनै विश्वास नलाग्ने गरि मेरो सामु आयो । जुन मैले कल्पना सम्म पनि गरेको थिइन । मैले परिवारको लागी कल्पेको सपना पुरा गर्न गरेको यति लामो समयको संघर्षमा म फेल भए । युरोपको कार्ड पाउन मैले अझै केही बर्ष कुर्नु पर्ने भयो । मलाई परिवार र आफन्तसंग छिटै भेटने चाहना छ तर चाहना भन्दा ठूलो मैले मेरो सपना पुरा गरेर पारिवारिक कर्तव्य पनि त निभाउनु छ जसले गर्दा यहाँ यस्तै पिडा सहदै कहिले सम्म बस्नुपर्ने हो केही थाहा छैन । अझै धैर्यसंग बस्नुपर्ने मेरो बाध्यता छ । म यति बेला एक घाईते हरिण जस्तै छटपटाईरहेको छु । मेरा सपना छिटै पुरा नहुने गरि तुहिएका छन् । फेरि म यहाबाट पाइला निकालेर अन्त कतैतिर मोडने आट गर्न सकेकी पनि छैन । कहिले काही त अन्त कतै गएर शरणार्थी बनेर बस्नुपर्छ की जस्तो पनि लाग्छ । रमेश मेरो आजको अवस्था तिमीले पनि भोगेका थियौ । कति पिडा हुन्छ भन्ने । तिमीले मलाई आजको दिनसम्म सहारा दिदै आर्यौ । आज मलाई झन तिम्रो सहारा र सल्लाहको आवश्यकता परेको बेलामा तिमीले मलाई छाडेर जादैछौ । लाग्छ, यो जीवनमा कसैको लागी पनि अभावको महशुस गराउन सक्ने बन्न सकिन । रमेश वास्तवमा म जीवन देखि नै हरेस खाएकी छु । रुपा एकोहोरो बोलिरहदा कुरा काट्न नसकी रमेश सुनेर मात्र बसीरहे ।


जीवनमा संघर्ष गर्न हार खाएर आत्महत्या गर्नेहरुलाई मनै देखि घृणा गर्ने मेरो मन आजकल उनीहरुप्रति कताकता माया लाग्न थालेको छ । सायद म जस्तै हरेक ठाँउमा असफल भएर जिवन देखि नै वितृष्णा भएर होला जस्तै लाग्छ । रुपाको स्वर रुन्चे हुदै गयो र आँखाबाट आँसु झरिरहे । रुपा आज तिमी किन यसरी आत्तिएको । केही ढीला भएको मात्र हो, तिमी पनि तिम्रो उद्धेश्य पुरा गर्न सक्छ्र्यौ । अर्को देशमा जाने कुरा नसम्झ । त्यो सोचेजस्तो सजिलो छैन । केही बर्ष धैर्य गर । रुपाले अरु केही नबोली, रमेश अब केही समयसम्म तिमी र म टाढा हुन्छ्यौ यहि समयमा कारणवस तिमी र म सधैको लागी छुट्टियौ भने मैले तिमीबाट पाएको मित्रताको व्यवहार र मलाई दिएको संरक्षणको ऋण बोकेर जानेछु । रुपा किन तिमी यस्तो कुरा गर्दैछौं । रुपाले आँखाको आँसु पुछ्दै केही नबोली त्यहाबाट जान इशारा गरिन । दुबैजना उठेर आ–आफ्ना कोठा तिर लागे ।

त्यो दिन रमेशलाई रातभर निन्द्रा परेन । रुपा परिस्थिती संग जुधेर लड्न सक्ने शाहसिली नारी हुन् । त्यो दिन उनि किन यति धेरै निरास थिइन । हुन त परिस्थिती संग जुध्दाजुध्दै त्यस्को बाबजुद कहीले काही यो परदेशमा उदास पन हुनु, हार्न खोज्नु, मनले निर्णयलिन नसक्नु स्वाभाबिक हो भन्ने सम्झे । त्यस पछि रमेश र रुपाको भेट भएन न त फोनमा नै कुराकानी भयो । रमेश नेपाल जाने भने पछि धेरै खुशी हुदै म जान नसके पनि तिमी गए पछि मेरा परिवारलाई यहाँको बारेमा सबै भन्ने छौं त्यसपछि म जस्तै उनीहरुपनि धैर्य गरेर बस्न सक्छन् नि हैन त रमेश भनेकी थिइन ।

रमेश नेपाल जाने दिन आयो । रुपाले त्यो दिन देखि रमेशलाई केही सम्पर्क गरिनन् । रमेशले फोन लगाउदा उनको मोवाइल स्विच अफ थियो । यति बेला रुपा धेरै आत्तिएकी छन् । आज त उनले काम गरेको ठाँउमा गएर भएपनि भेटेर एकछिन सम्झाउछु भन्ने सोच्दै रुपाले काम गर्ने ठाँउमा गए । त्यहा उनले रुपालाई भेटेनन् । रुपा त अगिल्लो हप्ता नै काम छाडेर गइसकेकी रहीछन् । रमेशको मन आत्तियो । रुपाका साथीहरु संग सम्पर्क गरेर सोधे कतैबाट पनि केही पत्ता लगाउन सकेनन । म्यासेन्जर, मेल, फेसवुक बाट म्यासेज पठाए । कतैबाट पनि म्यासेजको उत्तर आएन । उनको फेसबुक स्टाटस रमेश संग भेट भएको दिन देखि नै फेरिएको थिएन ।

युरोपको कार्ड बनाएर परिवार सहित बस्ने कल्पनामा रुपाले आजसम्म गरेको संघर्ष एकैछिन अगाडीको दुर्घटनाले शुन्यमा परिणत गरायो । रुपाको अधुरो सपना उनकै शरिरको रगतसंग बाटोभरि बगीरह्यो । आठ महिना अगाडी एक दिन रुपाले रमेशलाई बोलाएर आफ्ना मनका कुराहरु भनेकी थिइन त्यो दिन नै उनीहरुको लागी अन्तिम भेट बन्यो । रमेशलाई त्यो दिनको सम्झना कुनै पर्दाको चलचित्र जस्तै उनको आँखा अगाडी आईरहे । कुनै वियोगान्त उपन्यास पढेजस्तै उनीहरुको परदेशी भूमीमा मित्रताको अधुरो कथा समाप्त भयो ।

सीता बराल लिसवन, पोर्तुगल

कथा - चोर

श्याम साह
मध्यरातमा वादल जोडले गर्जन थाल्यो । झिलिक्क उज्यालो हुने गरी विजुली पनि चम्के । लगत्तै आकाश नै खस्ने गरी पानी पनि पर्न थाल्यो ।
बखतबहादुरको त्यो फुसको घरले त्यत्रो पानी थेग्न सकेन । पानीका थोपाहरु ओछ्यानमा पनि चुहिन थाले । पहिलो थोपा उसको निधारमा खस्यो । त्यसले उसको मस्त निंद्रालाई खलवल्याएको थियो । उसले वेवास्ता गर्दै टाउको अन्तै सार्यो । तर पानी एक ठाउँ मात्र परेको थिएन । पानी लगातार उसको सम्पूर्ण शरीरमा पर्न थाले पछि ऊ जुरुक्क उठ्यो ।
निष्पट्ट अन्धकारमा उसले कालो मात्र देख्यो । ओछ्यान छाम्यो, छोरा वीरबहादुर अझै निन्द्रामा मस्त थियो । छोरालाई पानीले नउठाओस भनरे ओछ्याएको तन्ना पनि उसको शरीरमा ओढ्याइदियो । त्यस पछि उसले अगाडी छाम्यो । तर सीता त्यहाँ थिइनन् ।
‘वीरेकी आमा ?’
” हजुर ! “
सीताको आवाज खाटको कुना तिरबाट आयो । तिनको आवाज टड्कारै थियो । सायद तिनी सुतेकै थिइनन् ।
‘के भो ? किन नसुतेकी ?’
तिनी केही वोलिनन् । निष्पट्ट अन्धकारमा केही पनि देखिन्नथ्यो । सीता ओछ्यानवाट तल झरेको उसले सुन्यो । फेरी उसले पाइला चालेको पनि सुन्यो । तिनले सलाई झिकिन् । छुस्स आवाज निकालेर सलाइको काटी वल्यो । तिनले अगेना छेउको टुकी झिकिन् र बालिन् । फेरी तिनले विडी झिकिन् र टुकीमा सल्काइन् ।
टुकीको उज्यालोमा बखतबहादुरले सीताको अनुहार नियाल्यो । तिनको मलिन अनुहारमा अनौठो भाव थियो । तिनको अनुहारमा मुस्कान पनि थियो । तर तिनी डराएकी जस्ती पनि देखिन्थिन् ।
‘बीरेका बा’
तिनी सानो स्वरमा वोलिन् । तिनको आवाज कारुणिक थियो सायद आत्तिएकी थिइन् ।
‘के भयो वीरेकी आमा तिमीलाई आज ?’
तिनी मुसुक्क हाँसिन । वडो अजिव हाँसो थियो तिनको । तिनले आफ्नो ब्लाउजको कुनाबाट एउटा पोको झिकिन् ।
‘बीरेका बा, हेर्नोस न वाटोमा खसिराखेको थियो । थुप्रै पैसा जस्तो छ ।’
बखतबहादुर छक्क परयो । कति सोझी थिइन् तिनी ? ऊ हतार हतार त्यहाँ पुग्यो । उसले विस्तारै पोको फुकाल्यो । उसका दुवै आँखाहरु चम्किन थाले ।
‘वीरेकी आमा , यो हात्ती भएको पैसा त एउटै एक हजारको हुन्छ ।’
वखतबहादुरलाई अझै विश्वास लागिरहेको थिएन । सीताले अनुहार छोपिन् । तिनले अझै सम्म एकहजार नोट देखेकी थिइनन् ।
‘वीरेका वा, मलाई त डर लाग्न थाल्यो ।’
वखतबहादुरले सीताको मुहार नियाल्यो । चिसो रातमा पनि तिनको अनुहारमा पसिना थियो ।
‘ तिमी न आत्तिकन बस । मलाई गन्न देऊ । ‘
वखतबहादुर पैसा गन्न थाल्यो । हजार हजारका पचास वटा नोट रहेछ ।
” वीरेका आमा, यहाँ त पचास वटा रहेछ । पचास हजार हो यो । कहाँ भेटयौ तिमीले ?’
वखतबहादुर पनि आत्तिएको थिायो । नआत्तिनु पनि कसरी ? जीवनमा पहिलो पटक उसले त्यति धेरै पैसा गन्दै थियो ।
“वीरेका बा, त्यो पैसा जस्ताको त्यस्तै राखिदिनोस । भोली जहाँबाट भेटेको थिएँ त्यहीँ राखिदिन्छु । ‘
तिनको आवाज रुन्चे थियो । एक क्षण त बखतबहादुर पनि आत्तियो । पचास हजार । सानो रकम थिएन, त्यो तिनीहरुका निम्ती । फेरि सीताले त त्यो पैसा भेटेकी थिइन् चोरेर ल्याएको थिइनन् ।
“वीरेकी आमा , तिमीले चोरेर ल्याएकी छैनौ । किन आतिन्छौ ? हेर न हाम्रा दुःख पनि कति छ ? अव त हामी पनि खुसी सँग बाँच्ने छौँ । ‘
टुकीको मधुरो उज्यालोमा अवोध अनुहार लिएर वीरबहादुरले टुलुटुलु हेरेको थाहा पाएपछि तिनीहरु झस्के । दुवैले एक अर्कालाई हेरे ।
” बा, हामीले पैसा भेटेको हो ?’
उसले सोध्यो । एक क्षण दुवै केही वोलेन । वखतबहादरले छोराको कपाल मुसार्यो ।
‘ बाबु, तिमी अहिले सुत ।..’
‘ कसरी सुत्नु ? ओछ्यान त सवै भिजेको छ । ‘
बल्ल तिनीहरुलाई वास्तविकताको वोध भयो । सीताले छोरालाई काँखमा लिइन् । वीरबहादुर त्यहिँ निदाउन थाल्यो ।
” वीरेकी आमा, यो घरलाई भोलि नै प्लास्टिक ल्याएर छाउनु पर्छ । “
तर सीता भने केहि वोलिनन् । तिनी आफै कतै अन्तै डुवेकी थिइन् ।
” वीरेका बा, अव छोरालाई स्कुलमा हालिदिनु पर्छ है ? “
वखतबहादुरले सीताको अनुहार नियाल्यो । उदास भए पनि तिनी धिपिक्क बलेकी थिइन् । कँाखमा छोरा निदाइरहेको थियो । बखतबहादुर सीताका दुवै हात आˆनो हातमा लियो । तिनी आˆनो टाउको लोग्नेको काँधमा अड्याइन् । दुवै गफ गरिरहेका थिए । दुवैले एक अर्कालाई आˆनो सपनामा सुनकाउन थाले ।
सीताले वखतबहादुरको च्यातिएको पाइन्ट सर्ट देखिन् । अव नयाँ किन्नु पर्ने वताइन् । वखतबहादुरले सीताको च्यातिएको साडी देख्यो । त्यो पनि नयाँ किन्ने कुरा गर्यो । त्यस पछि दुवै छोरा तर्फ मोडिए । स्कुलमा भर्ना गर्ने कुरा भइसकेको थियो । अव नया लुगा किनी दिने कुरा गरे । फेरी तिनीहरु घर तर्फ फर्के । यसरी तिनीहरुले सारा रात अनिदो नै काटे ।
भोलि विहानै वखतबहादुर छोरालाई लिएर शहर हिड्यो । त्यहाँ उसले घर छाउन प्लास्टिक किन्यो । आफु , सीता र छोराका निम्ती नयाँ लुगाहरु किन्यो । छोराका लागि चाहिने रङ्गीन कितावहरु किन्यो ।
साँझ फर्किदा गाँउमा भएको हल्ला उसलाई उसलाई रत्तिभर पनि थाह थिएन । सीता निकै नै आत्तिएकी थिइन् ।
” थाह पाउनु भो हिजो राती कसैले कप्तान बाको घरबाट ताल्चा फोडेर पैसा चोर्यो रे ? “
वखतबहादुर पनि आत्तियो । फेरि आफूलाई सम्हाल्यो । सीताले त्यो पैसा भेटेकी थिइन् । चोरेकी थिइनन् । फे पिनिर उसले सोध्यो,
” हिजो किन थाहा पाइनौ त ? ’
” कसरी थाहा पाउनु ? हजुर निस्के लगतै म पनि दाउ।रा लिन जङ्गल हिडेँ । तपाई जसरी म पनि बेलुकी मात्र फर्के । आज पो मुखिया बाकोमा भाँडा मस्काउन जाँदा थाहा पाएकी ।’
तिनी साह्रै आत्तिएकी थिइन् । त्यो पैसा कप्तान बाको हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । तर पनि तिनीहरु आत्तिए ।
” म त भन्छु जस्ताको त्यस्तै पुर्‍याइदिउ ।…..कप्तान बाको छोरा खुकुरी लिएर खाज्दैछन् रे ।’
सीता धेरै डराएकी पनि थिइन् । तिनको आवाज रुन्चे थियो । सायद रुन पनि थालेकी थिइन् । डराउन त वखतबहादुर पनि डराएको थियो । तर ऊ रुन सक्थेन ।
” तिमीहरु वस्दै गर । म थाहा पाएर आउँछु । “
वखतबहादुर निस्क्यो । अंध्यारो हुन लागेको थियो । ऊ एक तमास भएर ओरालो झर्दै थियो । एक किसिमको आँधी चलिरहेको थियो ऊ भित्र । के त्यो पैसा कप्तान बा कै होलान् त ? भए पनि दराज फोडेर लगेको पैसा सडकमा कसरी पुग्यो ?
अव उसले त्यो पैसा सडकमा भेट्यो भने पनि कसले पत्याउने ? पैसा त उसले चलाई सकेको थियो । त्यो पनि कसरी पुर्‍याउने ? फेरि उसले कप्तान बाको छोरा सम्भ्यो । ठूलो ज्यान भएको ऊ खुकुरी लिएर चोर खोज्दैछन् रे ?
” ओई वखते कता हिँडेको यो अध्ँयारोमा ? “
एक क्षण त ऊ तस्र्यो र पनि फक्र्यो । ऊ सँगैको साथी रहेछ ।
” यसो तल्तिर हिँडेको । “
ऊ नरोकिकन भन्यो । तर विस्तारै हिड्न थाल्यो ।
” अनि र्फकनु पनि त पर्ला नि ? राती हुन लाग्यो । समय सकाल राम्रो छैन है । “
ऊ बखतबहादुर नजिक पुगिसकेको थियो । विस्तारै बखतबहादुरको कानमा साउती गर्दै भन्यो,
” कप्तान बाको दराज फोडेर पैसा चोरेको थाहा पायौ ? “
बखतबहादुरको मुटु ढुकढुक गर्न थाल्यो । र पनि विस्तारै सोध्यो ,
” सुन्न त सुनेको थिएँ । साँच्चै कति पो पैसा थियो हँ ?”
” खै,पचास हजार थियो भन्छन् ।”
बखतबहादुरको शरिरमा चट्याङ परे जस्तै भयो । सीताले भेटेको पैसा पनि पचास हजार नै थियो ।
” मलाई त यो काम चोरको लाग्दैन वखते ।…त्यहाँ त पैसा बाहेक गहनाहरु पनि थिए । खै लगेन त ? अरु वेला त बुढा कै छोरा पैसा चोर हिँड्थ्यो । फरक यत्ति हो । ऊ यस पटक यहीँ छ । अझ उसैले चोर खोज्दै हिँडिरहेछ छ पनि सुनेको छु ।”
बखतबहादुरको आँखामा कप्तान बाको छोराको जण्ड अनुहार नाच्न थाल्यो । खुकुरी लिएका वडेमानको शरिर । वलियो हातमा नाङ्गो खुकुरी । ऊ अगाडी हिड्न सकेन ।
” ढिलो हेाला जस्तो छ । म यहिँवाट फर्किन्छु । “
बखतबहादुर फक्र्यो । चोरी गरेका थिएनन् उनीहरुले । फेरी पनि चोर हुँदै थिए ।
बखतबहादुर केही सोच्न सकेन । उसको आँखामा केवल कप्तानको जेठा छोरा थिए । जो नाङ्गो खुकुरी बोकेर उसैलाई झम्टन आइरहेको जस्तो थियो ।
बखतबहादुर पिँढीमा गएर थुचुक्क वस्यो । सीता उसको नजिक आइन् ।
” वीरेकी आमा त्यो त कप्तान बाकै पैसा रहेछ । “
बखतबहादुरका आवाजमा निराशा व्याप्त थियो ।
‘खै कसले हो ? कप्तान बाको पैसा चोरेको रहेछ । सायद उसले हराएपछि तिमीले भेटेको हुनु पर्छ।’
रात चकमन्न थियो । तर ताराहरु अझै देखिसकेका थिएन । तिनीहरु एकअर्का तर्फ नै फर्केका थिए । तर तिनका अनुहार भने देखिएका थिएनन् ।
” के गर्ने त वीरेका बा ? बरु सवै पैसा लगेर बुझाइदिउ। “
” कसरी बुझाउने ? पैसा त हामीले चलाइसक्यौँ । पाँचहजार जति त खर्च पनि भइसक्यो । फेरी हामीले चोरेका होइनौ भनेर कसले पत्याउने ?’
बखतबहादुर आफूलाई सवै भन्दा लाचार पायो । उसको आाखामा अझै पनि खुकुरी नचाउँदै गरेको कप्तानको छोराको तस्वीर नाचिरहेको थियो ।
” के गर्ने त वीरेका बा ? “
सीता पनि निराश देखिइन् ।
” वीरेकी आमा , यो कुरा बाहिर कसैले थाहा नपाओस । कसैले यसवारे भूलेर पनि कुरा नगर्नु । अहिले यो पैसा नचलाई लुकाएर राखिदिउँ पछि कुरा सामसुम भए पछि चलाउँला । “
तिनी केही वोल्न सकिनन् । तिनले वोलेर के नै हुन्थ्यो र ? खिन्न अनुहार लिएर तिनी भित्र पसिन् । टुकीको मधुरो उज्यालोमा छोरा अझै बाबासँग लागेर आएको रङ्गीन कितावको चित्र हेर्दै थियो ।
तिनी छोराको अनुहार नियालिन् । कसै गरि यो कुरा बाहिर थाह भयो भने तिनीहरु चोर सावित हुन्थ्यो । तिनका छोरा पनि चोरका छोरा हुन्थ्यो । त्यो निदर्।मेष अनुहार, जो टुकीको मधुरो उजयालोमा टुलुटुलु आफ्नो भविष्य खोज्दै थियो । उसको निधारमा पनि चोरका मोहर लाग्ने छ । तिनको मुटु ठूलो बोझले थिचे जस्तो भयो । तिनी त्यहाँ उभिरहन सकिनन् ।
राती तिनीहरुले बाकी पैसा प्लास्टिकमा बेरेर अगेनो छेउमा गाडे ।
विहान सदा झै बखतबहादुर काम गर्न शहर हिडेँ । घरमा सीता र छोरा बीरबहादुर मात्र भए । खाना खाए पछि वीरवहादुर पनि खेल्न भनि तल गाँउमा झरे । घरमा एक्लो सीता मात्र भइन् ।
साँझ पर्नु अगावै सीता भान्साको तयारी गर्न थालेकी थिइन् । लोग्ने र छोरा अझै फर्किसकेको थिएन । तिनले मानिसहरु हिडेको सुने पछि वाहिर निस्किन् । कप्तान बाका छोरा सहित अरु पाँच जना मानिसहरु थिए । एक क्षण त तिनको होसहवास उड्यो । तिनी डरले कालोनिलो भइन् ।
” बखतबहादुर खोई ?
एक जना कड्किदै सोधयो ।
” आउनु भएको छैन । भरै अवेर फर्किनुहुन्छ । “
” ऐ भोलि विहान कतै जानु पदैन । खुरुकक मेरो घर पठाइदिनु ।”
यस पटक कप्तान बाको छोरा आफै कड्किए । सीता केही वोल्न सकिनन् । डरले तिनको हृदयको गति बढिरहेको थियो । मुटु फुट्ला जस्तै भयो । तिन्ले पिँढीको खाम्वो समातेर त्यहिँ थुचुक्क वसिन् ।
छोरा फक्र्यो । तिनी त्यहिँ वसि रहिन् । जति वोलाउँदा पनि नवोले पछि ऊ आफै लुसुक्क घर भित्र छिर्यो । राती हुन लाग्यो । अन्धकारसँगै बखतबहादुर पनि फक्र्यो । सीता त्यसरी बसेको देखेर उसको मनमा पनि चिसो पस्यो । ऊ सीताको निधार सुमसुम्यायो । सीता डाँको छोडेर रुन थालिन् ।
“वीरेका बा तिनीहरुले सवै थाहा पाए । “
बखतबहादुर जड भएर उभिरह्यो । आमा रेाएको सुनेर छोरो पनि नजिक आयो ।
” कसरी थाहा पाए तिनीहरुले ? तिमीले कहाँ भनेकी थियौ । “
निकै वेर पछि बखतबहादुरको बोली फुट्यो । ऊ कामिरहेको थियो ।
” कहा भन्नु मैले घरबाट कहिँ निस्केको त छैन । “
तिनी रुदैँ भनिन् ।
” कसले भन्यो त्यसो भए ? “
बखतबहादुर रिसले काम्दै करायो । दुवै छोरा तर्फ फर्के । वीरबहादुर डरले रातो भएको थियो । दिउँसो वीरबहादुर मुखिया बाका नातीसँग खेल्दा उसले भेटेको पैसावारे भनेको थियो । किनकी उसले वीरबहादुरलाई उसको हजुर बासँग धेरै पैसा भएको धाक लगाएको थियो । उसले पनि उसको बुबाले पैसा भेटेको सुनाएको थियो ।
बखतबहादुर रिसको झोँकमा छोराको गालामा एक चड्कन हान्यो । ऊ रुन थाल्यो । तर उसको रिस भने अझै मरेको थिएन् । उसले अर्को पटक पनि हात उठाउदा सीता अगाडि आइन् ।
” उसलाई किन कुट्नुहुन्छ ? पैसा त मैले ल्याएकी थिएँ । “
छोरालाई अङ्गालोमा लिएर तिनी रुन थालिन् । रातको निस्तब्धतामा तिनीहरुको रुवाई झन् चर्को सुनिन्थ्यो । जुन उसको लागि झन् असहृय थियो । आˆनो दुबै हात टाउकोमा राखेर ऊ थुचुक्क बस्यो ।
” गल्ती त मेरै हो ।… “
उसको आवाज रुन्चे थियो । उसका आँखाबाट आँसु खसिरहेको थियो । आँसु पुछ्दै उसले फेरि भन्यो,
” ….. तिमीले त पैसा पुर्‍याइदिन भनेकै थियौ नि ,…मै ले लोभी भएको । “
ऊ आफैसँग बर्बराई रहेको थियो । निकै बेर सम्म उनीहरु तेसै केहि नगरि वसिरहे ।
“वीरेका बा , ” .
सीता सुस्तरी वोलिन । तिनको काँखमा वीरबहादुर अझै हिक्क हिक्क गर्दै रोइरहेको थियो ।
” …. भोली के गर्ने ? विहानै तपाइलाई आउनु भनेका छन् ।.. ” .
तिनी एक क्षण चुप लागिन् । लोग्ने तिर हेरिन् ऊ एक तमास भएर कहिँ नियालिरहेको थियो । ऊ केही नवोले पछि फेरि तिनी नै बोलिन् ,
” … जे जति छ सवै दिएर साँचो कुरा भनि दिउँ । “
बखतबहादुर अझै केहि वोलेन । सीताको काँखमा छोरा रुँदा रुँदै निदाई सकेको थियो ।
‘कसले पत्याउँछ हामीलाई ?’ बखतबहादुर निकै वेर पछि बोल्यो । त्यति बेला ऊ डराएको जस्तो थिएन । निकै कठोर देखिन्थ्यो ऊ ।
” कसले पत्याउँछ कि त्यो पैसा हामीले भेटेका हो, चोरेका होइनौ ? हामी सवै थोक बुझाएपछि पनि त्यो बुझाएको होइन, समातिएको हुनेछ । हामी त चोर भइसकेका छौँ सीता । “
सायद पहिलो पटक बखतबहादुरले तिनलाई सीता भनेर सम्वोधन गरेको थियो ।
” यो गाउँमा चोर भएर वस्न भन्दा नवस्नु वेस । “
उसले निर्णय गरिसकेको थियो । त्यति बेला अनुहार एकदमै सपाट थियो उसको । त्याहाँ हरु कुनै भाव थिएन ।
” जे जे चाहिन्छ, सवै बाँधिहाल । विहान भाले बास्नु अगावै हामी निस्कने छौँ । विहानै वजारमा सदरमुकामबाट तरकारी लिन गाडीहरु आउँछ । हामी त्यहि सँगै निस्कनुपर्ला । “
सीता पनि केही वोलिनन् । छोरालाई तिनले ओछ्यानमा सुताइन् र तिनीहरुलाई चाहिने सामान थुपार्न थालिन् । चारैतिर हेरिन् तिनले । के नै थियो र त्यहाँबाट लानका निम्ति ? अलिकति लुगा, केही भाँडाकुडा । एक्कासी तिनको ध्यान गाडिएको पैसातिर गयो ।
” वीरेका बा , त्यो पैसा चाहि के गर्ने ?”
” जस्तो छ ,त्यस्तै छोडिदेउ । त्यहिँ कुहेर बसोस् । त्यसैको कारणले यत्रो दुःख पाइँदै छ । जहाँ लगे त्यहिँ दुःख पर्छ । “
त्यस पछि तिनीहरु रातभर बोलेन । तिनीहरु सारा रात अनिदो नै काटे । भाले बास्नु अगावै बखतबहादुरले आकास नियाल्यो । तराजु तारा पुर्वतिर ढल्किन लागेको थियो । तिनीहरुको निस्कने बेला भइसकेको थियो । उसले छोरालाई पिठ्युमा बोक्यो । सीताले जम्मा पारेको पोको बोकिन् । त्यसपछि तिनीहरु घरवाट निस्के ।
रात चकमन्न थियो । आकाशमा ताराहरु पिलपिल गर्दै तिनीहरुका मुकदर्शक भएका थिए । एक्लो जून आज मलिन र उदास देखिन्थ्यो । तिनीहरु हिँडदा वाटामा एक दुई पटक कुकुरहरु पनि भुके । केहि क्षण पछि अलि माथि पुगेर तिनीहरु पछाडि फर्के । जुनेली रातको मधुरो उज्यालोमा गाँउ प्रष्ट देखिन्थ्यो । त्यसमा भन्दा अलि माथि सुनसान ठाँउमा उनीहरुको घर थियो । जुन त्यहाँवाट जुनेली रातको उज्यालोमा तिनीहरुको वियोग रोइरहेको जस्तो देखिन्थ्यो । दुवैका आँखाबाट एकैपटक आँशुका केही थोपाहरु खसे । दु्वैले एक अर्कातर्फ हेरे । आफ्रना आँखाहरु पुछे । र सरासर आफ्नो बाटोतिर लागे ।
विहानै सदरमुकामवाट तरकारी लिन आएको गाडीमा तिनीहरु चढे । हिजो दिनभर भारी बोकेर कमाएको पैसा बखतबहादुरले आˆनो सर्टको अगाडीको खल्तीमा राख्यो ।
गाडी घ्यार घ्यार गर्दै अगाडि हिड्न थाल्यो । गाडीभरि मानिसहरुको भिड थियो । गाडीको आवाज र मानिसको हल्लाले वीरबहादुर ब्युँझियो । उसलाई गाडीको त्यो वातावरण अत्यन्तै विरानो लाग्यो । अचानक उसले बुबाले थप्पड हानेको सम्भ्ःयो । त्यसपछि ऊ बुबाको काँखबाट आमाको काँखमा गएर बस्यो ।
” आमा हामी कहाँ हिडेको ? हाम्रो घर खोई ? “
बखतबहादुरको अनुहार रुन्चे भयो । सीताले उनको अनुहार नियालिन् । उसको आँखा पिलपिल गर्दै थियो । स्रीता पनि आफूलाई थाम्न सकिनन् । तिन्का आँखा पनि भरिए ।
” बाबु हामीले घर छोड्यौँ । अव हामी शहर जाने । “
तिनी अगाडी बोल्न सकिनन् । छोराको अनुहार पनि रुन्चे भयो । तिनी आफ्नो अनुहार भ्ःयालतिर फर्काइन् । चिसो हावाले तिनीहरुको मुहारमा स्पर्श गर्न थाल्यो । तिनका आँखाका आँशु पनि त्यहिँ सुक्न थाल्यो ।
तिनीहरु सदरमुकाम पुग्दा घाम लागिसकेको थियो । त्यहाँका निम्ती तिनीहरु नयाँ थिए । सवै थोक नौलो लागिरहेको थियो तिनीहरुलाई । रातीदेखि तिनीहरुले केहि पनि खाएका थिएनन् । त्यसैले भोक पनि जोडसँग लागिरहेको थियो । बखतबहादुरले नजिकैको किराना पसलबाट चिउरा किनेर ल्यायो । र छेउकै होटेलमा अलिकति नुन माग्यो । तिनीहरुले त्यहि चिउरा पानी र नुनसँग भिजाएर खाए ।
तिनीहरु त्यहाँ विल्कुल नौला थिए । के गर्ने कसैलाई थाहा थिएन । र पनि केहि त गर्नैपथ्र्यो ।
” वीरेकी आमा , तिमी छोरा लिएर यहिँ वस । होटेलकी साहुनी दयालु जस्ती छिन् । म काम खोज्न जान्छु । नआत्तिनु छोरालाई कतै जान नदिनु । म भरै साँझ तिर मात्र र्फकन्छु । “
यत्ति भनेर बखतबहादुर त्यहाँबाट हिड्यो । तिनी भने छोरालाई समातेर त्यहाँ उभिरहिन् । लोग्ने त काम खोज्न भनेर हिँडेको थियो र तिनलाई कतै नजान पनि भनेको थियो । तर तिनका अगाडि सारा दिन एउटा पाहाड वनेर तेर्सियो । त्यत्तिकै सारा दिन कसरी विताउन सक्थिन् र तिनले ?
तिनी होटेलको साहुनी कहाँ पुगिन् । खै के के कुरा गरिन् तिनले । एक क्षण पछि तिनी त्यहाँ वसेर होटेलको भाँडा मस्काउन थालिन् । छोरा भने तिनको नजिक बसिरह्यो ।
होटेल राम्ररी नै चल्थ्यो । तिनी दिनभर भाँडा मस्काइरहिन् । वीरबहादुर दिनभर आमासँगै बसिरह्यो । य एक दुई पटक होटेलकी साहुनी आफुतिर बोलायो । तर वीरबहादुर गएन ।
साँझ परिसक्दा पनि बखतबहादुर नआए पछि सीता आतिन् । दिनभर एकहोरो भाँडा माझेर होला होटेलकी साहुनी सहानुभूतिको स्वरमा भनिन् ,
” किन आत्तिन्छौ ? लोग्ने मानिस हो, कहिँ कतै भूलेको होला । नत्र कुनै काम अल्झेको होला । ढिलो चाँडो आइहाल्छ नि । आएन भने यहिँ वस । “
तर त्यसले सीतालाई सन्तोष पार्न सकेन । तिनी एकहोरो सडक तर्फ हेरिरहिन् । अन्धकारले छोपिसकेपछि बखतबहादुर फक्र्यो । वत्तीको उज्यालोमा ऊ पसिनाले भिजेको तिनले प्रष्टै देखिन् । भर्खरै काम सकेर आएको जस्तो थियो । उसको शरिर ईटाको धुलोले पुरै रातो देखिन्थ्यो ।
” पर एउटा घर बनिरहेको रहेछ । त्यहिँ इट्टा ओसार्ने काम पाएँ । पहिलो दिन भएर होला, राती सम्म आसार्न लगाए । “
एकै सासमा भन्यो उसले । अनि सीताको अनुहार हेरेर हाँस्न खोज्यो तर अहँ उसको अनुहारमा मुस्कान भने पटक्कै देखिएन । उसले छोरालाई हेरयो । उसको टाउको सुमसुम्यायो । तर छोरा भने उबाट पर सरेर आमासँग टाँसियो ।
उसले बुबाको थप्पड अझै विर्सेको रहेनछ । बखतबहादुरको मन नराम्ररी विभ्ःयो । खाना तिनीहरुले त्यहिँ खाए । सिताले दिनभर भाँडा मस्काएकी थिइन् । होटेलकी साहुनीले केहि पैसा तिनको हातमा राखि दिइन् ।
अब भने तिनीहरुलाई बासको समस्या आइ लाग्यो । तिनीहरु त्यति बेला सडकमा थिए । त्यो पनि सुनसान थियो । चारैतिर अन्धकार व्याप्त थियो ।
” हुनत हामीले काम गरेको घरमा जाँदा पनि हुन्थ्यो । तर त्यहाँ अरु काम गर्ने मानिसहरु पनि छन् । अलि पर पाटी जस्तो बस्ने ठाउँ छ । त्यहिँ जाउँ । “
तिनीहरु यात्रुहरुका लागि बनाइरहेको बस विसौनीमा पुगे । त्यो रात तिनीहरुले त्यहिँ विताउने भए । सीता आफुले ल्याएको पोको त्यहाँ विसाइन् । छोरा चाडै तिनको काँखमा सुत्यो । तिनीहरु पहिलोपटक घरबाट वाहिर रात विताउँदै थिए ।
छोरा सुतिसकेको थियो । सीता पनि निदाइसकेकी थिइन् । तर बखतबहादुर भने निदाउन सकेको थिएन । सायद ऊ तन्द्रामा थियो । गाँउका सम्झनाहरु उसको आाखा अगाडि आउँथे र जान्थे ।
प्रहरीको भ्यान तिनीहरुको अगाडि घ्याच्च रोकियो । एक्कासि परेको हेडलाइटको उज्यालोले तिनीहरुका आँखा तिरमिराए ।
” ऐ , के हो तिमीहरु ? “
एक क्षण सवै आत्तिए को हुन् तिनीहरु ? के भन्यो भने ती प्रहरीले तिनीहरुलाई चिन्लान् ? तिनीहरुका नामले ? अहँ , तिनीहरुसँग त्यस्तो कुनै परिचय नै थिएन ।
” हजुर हामी …. “
बखतबहादुरले त्यति मात्र बोल्न सक्यो । करिव १० जना जति प्रहरीहरुले उनीहरुलाई चारैतिरबाट घेरिसकेका थिए । छोरा पनि एक्कासि त्यति धेरै मानिस देखेपछि रुन थाल्यो ।
” यहाँ के गर्दै छस् ? “
” आजै गाँउबाट आएको हजुर । बस्ने कुनै ठाँउ भेटेन । “
” साला ! यत्रा लजहरु देखेनौ ? हेर्दै चोर जस्तो छ । ठोक ऐ यसलाई ।”
एकजना बोलेको के थियो, अर्कोले बखतबहादुरको कठालो जोडले समात्यो । लगत्तै उसको ढाडमा बुटले हान्न थाल्यो । अव सीता पनि रुन थालिन् ।
” चुप लाग !”
“राती यसरी बस्न कसले भन्यो ? खै कति रुपैया छ , सवै झिक ।”
अघि कै मान्छे बोल्यो । बखतबहादुर हतारहतार दिनभर कमाएको पैसा तिनीहरुको हातमा थमाइदियो ।
“साले, के हो यो ?”
उसले एक लात्ती बखतबहादुरको ढाडमा हान्यो । बखतबहादुर पर उछिट्टयिो ।
” हजुर यत्ति नै छ । “
ऊ पिडाले कराउँदै भन्यो । ऊ रुन पनि सकिरहेको थिएन ।
” अव भोलि फेरि यँहा भेटिस भने थानामा लगेर जाक दिन्छु । “
त्यति भनेर तिनीहरु हिडे । त्यसपछि तिनीहरु सुत्न सकेनन् । रातभर रोइरहे । छोरा बखतबहादुरको काँखमा बाबा भनेर टाँसियो । त्यस पछि बखतबहादुरको पनि भक्कानो छुट्यो । तिनीहरु सारा रात रुँदै काटे ।
” वीरेका बा , तपाई अव त्यहिँ वनिरहेको घरमा नै बस्नोस् । बरु म होटेलको दिदीलाई मनाउँला । “
विहान भएको थिएन । अँध्यारोमा एक्कासि सीताले बोलेकी थिइन् । छोरा रुँदारुँदै बखतबहादुरको काँखमा सुतिसकेको थियो । उसको आँखा र ढाड सुन्निएको थियो । छोराको गालाभरि आँशुको दाग थियो । उसले विस्तारै त्यसलाई पुछिदियो । तर ऊ केही वोलेन । त्यहि त एउटा विकल्प थियो तिनीहरुका लागि । त्यसपछिका केहि दिन तिनीहरुले त्यसरी नै विताए । सीता छोरालाई लिएर होटेलमा बस्न थालिन् । बखतबहादुर दिनभर काम गथ्र्यो । साँझ एकपटक होटल पुग्थ्यो । आँउदा उसको अनुहार उदास हुन्थ्यो । जाँदा प्रत्येक पटक रोएको हुन्थ्यो ऊ । भेट्दा सिता रुन्थिन् । यसरी आमाबुबा रोएको देखेर छेारा पनि रुन्थ्यो ।
त्यसदिन पनि बखतबहादुर इट्टा माथिल्लो तल्लामा ओसार्दै थियो । दिउँसोको वेला उसले एक भारी इट्टा माथि लग्यो । इट्टा विसाए पछि लामो साँस फेर्यो उसले । उसको शरिर भरि पसिना थियो । परबाट आएको एक झोका शितल बतासले उसलाई स्पर्श गर्‍यो । सारा थकान विर्सेर उसले परसम्म हेर्न थाल्यो । निकै पर एक हुल मानिसहरु आइरहेको देख्यो । सुरुमा उसले वास्ता गरेन । तर चिने जस्तो पनि लागयो उसलाई । तिनीहरु नजिकिँदै थिए । उसले नियालेर हेर्यो । दौरा सुरुवालमाथि कोट र टोपि लगाएका कप्तान बालाई उसले प्रष्टै चिन्यो । छेउमा गाँउका मुखिया पनि थिए । सँगसँगै गाँउका अरु मानिसहरु पनि थिए ।
आफुलाई गतिहिन महसुस गर्‍यो उसले । सारा संसार रोकिएको जस्तो अनुभव गर्‍यो । अव तिनीहरु आउनेछन् । चोरलाई समाते जसरी उसलाई समात्नेछन् । चोरलाई जसरी गाँउ लगनेछन् । सँगै सीता हुनेछिन् । साथ मै उसको छोरा हुनेछन् । त्यसको कल्पना मात्रले आतङ्कति भयो ऊ ।
चिसो वतासले ल्याएको सारा सितल्ता हरायो । उसको शरिर भरि पसीना आउन थाल्यो । ऊ भाग्न चाहयो । तर सकेन । अव कहाँ भागोस ? यहाँ पनि त ऊ भागेरै आएको थियो । ऊ निर्जीव खम्वा जस्तै जड्वत उभिरह्यो ।
तिनीहरु आए । उनकै नजिक आए । ऊ अझै त्यसरी नै उभिरहेको थियो, प्रतिक्रिया विहीन भएर । तर तिनीहरुले उसलाई समातेनन् । सवै उसको नजिक आएर उभिए ।
” कस्तो छ बखतबहादुर तिमीलाई ? तिम्रो जहान र छोरा खोई ? “
कप्तान बाको उदास आवाज गुञ्जियो । अलिकति पनि कठोर भावना थिएन उसको आवाजमा । त्यसको साटो त्याहाँ अपार सहानुभूति थियो । बखतबहादुरका नजर झुके । त्यो सहानुभूति उसको लागि अनपेक्षित थियो । ऊ भक्कानिएर रुन थाल्यो ।
” भयो बखत, नगरेको गल्तीको सजाय कति भोग्छौ । गल्ती त हाम्रो हो । चोर तिमी होइनौ । चोर त मेरै छोरा हो । तिमीले त केवल हराएको पैसा भेट्यौ । …. हिँड हामी त तिमीलाई लिन आएको । ‘
सवै मौन थिए । र सवैका आँखामा एउटै भाव थियो । तर बखतबहादुरको रुवाई भने अझै रोकिएन ।
” हामीले त पैसा बुझाउन खोज्यौँ ।… तर पहिल्यै चलाइसकेकोले डर लाग्यो ।…बाँकी पैसा बुझाउने साहस नै भएन ।…अनि सवै पैसा घरमा छोडेर हिड्यौँ । “
फेरि बखतबहादुरको रुवाई चर्को भयो ।
” भो बखत, फेरि त्यो पैसाको कुरा नगर । तिम्रा जहान र छोरा खोई ? “
वरपरका अरु काम गर्ने मानिसहरु पनि जम्मा भइ सकेका थिए । एउटा भिड जम्म्ाा भइसकेको थियो । त्यस पछि फेरि बखतबहादुरलाई त्याहाँ काम गर्नु परेन ।
तिनीहरु सवै होटेल गए । आफ्नो बाबालाई गाउँहरुलेसँग आएको सवैभन्दा पहिले वीरबहादुरले देख्यो । ऊ दौडेर आमा कहाँ पुग्यो । तिनी अझै भाँडा मस्काउँदै थिइन् । तिनले आफ्नो हात पनि चुठ्न पाइनन् । छोराले तिनलाई डोर्‍याउँदै वाहिर ल्यायो । सम्पूर्ण गाउँलेसँगै बखतबहादुरलाई त्यसरी देखेपछि तिनी पनि तर्सिन् । सायद तिनलाई पनि लाग्दो हो , तिनीहरु समातिए । बखतबहादुर आफै नजिक आयो ।
” वीरेकी आमा तिनीहरुले हामीलाई समात्न आएका होइनन् । लिन आएका हुन् । हिँड, अव हामी गाँउ जान्छौ । “
सीताको आाखा पनि भरियो । छोरालाई अङगालोमा लिदै तिनी रुन थालिन् । तिनी होटेल भित्र छिरिन् । होटेलकी साहुनीसँग भेटिन् । सारा कुरा थाहा पाएपछि तिनको आँखा पनि रसाए । तिनी वीरवहादुर तिर हेरिन् । यस पटक तिनले बोलाइनन । ऊ आफै तिनको नजिक आयो । तिनले उसको कपाल मुसारिन् । उसको हातमा केही पैसा राखिदिइन् । त्यति दिन काम गरेको पैसा तिनले सीताको हातमा राखिदिइन् ।
त्यसपछि सारा गाउँलेहरुसँग तिनीहरु घर फर्के । सवैथोक नौलो लागिरहेको थियो तिनीहरुलाई । छोरा त गाउलेहरुसँग खेल्दै र जिस्कँदै आए । तर बखतबहादुर र सीता भने बाटो भरि कतै हाँसेनन् । वाटोमा पनि पटक पटक आँशु पुछेका थिए । तर तिनीहरुलाई एउटा अपार शान्तिको बोध भने भएको थियो । तिनीहरु ढुक्क भएका थिए । तिनीहरु चोर होइनन् ।

 

कथा - मालती ! मलाई माफ नगर

श्रीरामसिंह बस्नेत
अचानक आज मालतीसँग जम्काभेट भयो- नेपालगन्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, आज त्यसको ठीक विपरीत उसलाई भेट्दा म शिथिल भएको छु, मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि उससँग बिताएका क्षणहरू अहिले मेरो मानसपटलमा एक-एक गरी दोहोरिन थालेका छन् । त्यसैले म बेचैन भएको छु, आत्मग्लानिले पिरोलिएको छु ।
यो मालती त्यही मालती हो जसको कुमारीत्व तीस वर्षअघि मैले नै पहिलोपटक भङ्ग गरिदिएको थिएँ- कोठियाघाट किनारको झोपडी बस्तीमा । त्यतिखेर ऊ भरखर नवयौवनमा प्रवेश गरेकी थिई । उसलाई यौनक्रियाकलापबारे केही जानकारी थिएन । त्यसैले म अर्थात् उसको यौवनको बोहनी गर्ने पहिलो ग्राहकसँग ऊ निकै डराएकी थिई । डराएकी मात्र होइन, उसले त्यतिखेर मेरो खुट्टा समातेर रोएकी थिई, उसलाई केही नगरियोस् भनेर । तर म त्यतिखेर एउटी किशोरीको अक्षतयोनीको पहिलो उपभोक्ता बन्ने सौभाग्य पाएकामा यति उत्तेजित थिएँ कि उसका बिलौनाहरूले मलाई पगाल्न सकेका थिएनन् । बिलौना गरिरहेकी मालती मेरो लागि हत्तपत्त नपाइने आकर्षक खेलौनामात्र भइरहेकी थिई ।
मलाई उसका आँसुले भन्दा ती आँसु बगिरहेका उसका पोटिला गालाले लोभ्याइरहेको थियो । भर्खर उक्सन लागेका उसका छातीमा मैले प्रचुर कामुकता पाइरहेको थिएँ ।
यसअघि यही कोठियाघाट र अन्यत्र मैले धेरै केटीका बैँसालु शरीरलाई नोटका आडमा उपभोग गरिसकेको थिएँ । तर मालतीसँगको पहिलो भेटजत्तिको उत्तेजक अरूसँग कहिल्यै भएन । किनकि ती अरू पेसेवर भइसकेका थिए ।
करिब आधा घण्टाको बिलौनापछि पनि मेरो मनमा कुनै परिवर्तनको लक्षण नपाएपछि र कोठा बाहिरबाट हप्काइ आएपछि अन्ततः मालतीले आत्मसमर्पण गरेकी थिई । त्यसपछि एउटा बलात्कार गरी उसको जाँघ रक्ताम्य पारेर उसलाई पीडाकै अवस्थामा छोडी म विजयी भएको गर्व र असीम सन्तुष्टि लिएर त्यहाँबाट फर्किएको थिएँ । यसका लागि मैले मालती र त्यहाँ रहेका ऊ भन्दा पुराना चार-पाँचवटी केटीका साझा ‘फुपू’लाई राम्रै रकम बुझाएको थिएँ । फुपू पनि दङ्ग परेकी थिई । म र्फकने बेलामा भन्दै थिई- “आउँदै गर्नुस् है हजुर, मालतीमाथि त अब हजुरकै हक लाग्छ ।”
त्यस रात त्यहाँबाट र्फकँदा ममा यौनसन्तुष्टिको भन्दा पनि अक्षत योनी भोगको सन्तुष्टि बढी थियो । त्यो मेरा लागि सर्वथा नौलो अनुभूति थियो ।
त्यसपछि पनि म कोठियाघाटकी फुपूको त्यस अखडामा बराबर जान्थेँ । मेरो पहिलो रोजाइ मालती नै हुन्थी । ऊ उपलब्ध नभए मात्र अरू हुन्थे । थाहा छैन म पछिको दोस्रो, तेस्रो ग्राहक को को भए मालतीका । तर बिस्तारै ऊ पनि अरू केटीसरह व्यावसायिक हुँदै गई । पहिलो पटक त्यसरी रोएर उत्पात गरेकी मालतीले पछिपछि आफैँले मेरा लुगा खोलेर मलाई नङ्ग्याउन पनि हिच्किचाइन ।
एकपटक मैले उसलाई सोधेँ – “पहिलोचोटि तिमी किन त्यसरी रोएकी ?”
ऊ केही बोलिन, निहुरिरही । फेरि दोहर्‍याएर सोधेँ । उसले टाउको उठाएर मेरो आँखामा हेरी र भनी- “म यस नरकमा बसेर यस्तो काम गर्न चाहन्नथेँ ।”
मैले सोधेँ- “त्यसो भए यस ठाँउमा किन आएकी थियौ त ?”
“म आफैँ आएकी थिएँ त ?”
“कसले ल्याएको थियो ?”
त्यसपछि मालतीले आफ्ना विगतका काला दिनबारे बताई । बर्दियाको एक गाउँमा बस्ने उसको बाबु ऊ सानो छँदा नै रूखबाट खसेर मरेको, त्यसपछि उसकी आमालाई अर्कै लोग्नेमान्छेले लगेको अनि उसकी आमाले पेट बोकेकी र पछि मरेको बच्चा जन्माएकी र त्यसको भोलिपल्ट ऊ पनि मरेकी । केही समयपछि उसकी आमाको त्यस लोग्नेमान्छेले उसलाई कोठियाघाटकी र आफूले पहिले कहिल्यै नचिनेकी त्यो सबैकी फुपूकहाँ ल्याएर छोडिदिएको आदि.।
आज धेरै वर्षपछि मालतीलाई अचानक अस्पतालमा रोगी र जीर्ण अवस्थामा देखेँ । उसको अनुहार ओइलाए पनि चिउँडाको कालो कोठी उस्तै रहेछ । उसलाई देखेर मेरो मन नराम्रोसँग अमिलो भएको छ । ऊसँग बिताएका सबै क्षणहरू अहिले म झल्झली सम्झिरहेको छु- सिनेमाका दृश्यजस्तै । र अहिले एउटै निष्कर्षमा पुगेको छु- मालतीलाई वेश्या मैले नै बनाएको थिएँ । उसको कुमारीत्व भङ्ग गर्ने बेलामा मैले ऊप्रति अलिकति पनि दया र विवेक राखेको भए म उसलाई त्यस नरकबाट उद्धार गर्न सक्थेँ । मैले चाहेको भए त्यतिखेर मेरो जागिर, ओहदा, आर्थिक क्षमता एउटी असहाय किशोरीलाई उद्धार गर्न नसक्ने अवस्थाको थिएन । तर ममा त्यो विवेक त्यतिखेर कहिल्यै आएन । अहिले केही विवेक आएको छ, तर धेरै ढिलो भइसकेको छ । म अहिले एक दीर्घरोगी भएको छु । अहिले जागिर, ओहदा, रबाफ, सम्पन्नता, मोजमस्ती सबैले मेरो साथ छाडिसकेका छन् ।
उमेरले उकालो चढिसकेको छ अनि जिन्दगी ओरालो झरिरहेको छ । अब कुनै युवतीलाई खेलौना बनाएर खेल्ने सामथ्र्य छैन र कुनै मालतीहरूको कुमारीत्व भङ्ग गर्ने आँट मसँग छैन । खुट्टा राम्रोसँग टेक्न सक्दिनँ । मुखबाट बोलीभन्दा खोकी बढी निस्कन्छ । सायद मेरै बानी-व्यवहारले होला, मेरो परिवारसमेत मबाट टाढिएको छ । अचम्म लाग्छ अहिले, के म त्यही व्यक्ति हुँ जो तरुनी भनेपछि हुरुक्कै हुने र प्रत्येक स्खलनपछि खेलको विजेता खेलाडीले जस्तो गर्वले छाती फुलाउने ?
अहिले सायद म र मालती समान स्तरमा छौँ । त्यसैले होला ऊ र म दुवैजना एउटै अस्पतालमा डाक्टरलाई जँचाउन पालो पर्खेर बसिरहेका छौँ । मलाई अहिले डर लागिरहेछ, कतै मालतीले मलाई चिन्ने पो हो कि ? यदि उसले मलाई चिनिहाली भने म भन्नेछु- “मालती मलाई माफ नगर, म तिम्रो अपराधी हुँ ।’
लेखन- २०५९ फागुन १६, धुलिखेल
(बस्नेतको कथासंग्रह यौनका फूल, यौनका काँडाबाट)

कथा - भलादमी चोर

बिटु केसी बराल
क्रिसमस भर्खरै सकिएको थियो, ब्यापार ब्यवसायको मन्दीले ग्वाम्ल्वाङग अँगालो मारेको थियो अमेरिकालाई । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको हुस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दिरा । घन्टौं भैसकेको थियो ग्राहक नआएको । हाई, हाई गर्दै बारम्बार घडी हेर्नु बाहेक अर्को बिकल्प थिएन उसँग । समय काट्न मुश्किल परेको बेला एउटा बडो भलादमी ग्राहक पसल भित्र पस्यो ।
उमेरले पैसठ्ठि नागिसकेको होला तर प्रभावशाली देखिन्थ्यो उसको ब्यक्तित्व । अग्लो कद, ठुला ठुला कैला आँखा गोरोपनमा मिसिएको रातो बर्ण, गर्धनसम्म लर्किएका कैला कपाल, समग्रमा गम्भीर तर आकर्षक थियो उ । दार्शनिक जस्तो !
गफ सुन्न, गर्न पाए कै चाहिदैन थियो मन्दिरालाई । झन हेर्दै बुद्धीजिबी लाग्ने भलादमी उसको अगाडि उभिएपछी के चाइयो र ? मन्दिरालाई समय बिताउने यो राम्रो अवसर थियो ग्राहक अनी गफ । सामान्य औपचारिकतापछि ग्रहाकलाई सोधी उसले – हाउ क्यान आइ हेल्प यू ? व्हाट डु यू वान्ट टु सी सर ?
आइ लाइक टु सी सम जेम्स स्टोनश , क्यान यू सो मी ? ( आफूले लगाएको चाँदिका औठीहरू मा जडिएका रत्नहरू देखाउदै ) – ग्राहकले सोध्यो ।
स्टोनहरू देखाउदा ग्राहकको नामदेखि कामसम्म सोधी उसले । ज्याक हेनरिक थियो ग्राहकको नाम । जर्मनको एउटा सामाजिक संगठनमा काम गर्दो रहेछ । दुई महिना सेमिनारमा भाग लिन आएको रहेछ उ अमेरिका । अमेरिका घुमाइको आनन्द उठाइरहेको थियो उ सेमिनार सकेर । ती स्टोनहरू देखाउदै गर्दा जर्मन र अमेरिकी ईतिहास, समाज परिबेशका कुराहरू भयो उनिहरु बिच । व्हाइट हाउसदेखि हिटलरको नुरिनबर्गसम्मका चर्चा पनि भए । मन्दिरा उसका कुराहरु खुब चाख दिएर सुनिरहेकीथी । बिस्तारै र कम बोल्ने त्यो ग्राहक साँच्चै दार्शनिक जस्तो लाग्थ्यो हेर्दा । मन्दिरालाई त्यो दार्शनिक जस्तो देखिने ग्राहकबाट अझ धेरै कुरा जान्ने मन भैरहेको थियो । जीवन दर्शनको कुरा सुन्ने चाँहाना भैरेहेथ्यो । कुरैकुरामा आफू पनि किताबहरू खुब पढ्न रुचाउने बताइ उसले । ग्राहकले आफूले भिरेको झोलाबाट दुइवोटा पुस्तक निकाल्यो र देखायो । दुबै पुराना जर्मनी उपन्यास थिए ।
आधा घन्टाभन्दा बढि नै उनिहरुबीच कुराकानी भैसकेको थियो । उ प्रश्नको गोलमटोल जबाफ दिन्थ्यो र बेप्रसँगको कुराहरु गर्थ्यो । सुरुमा देख्ने बित्तिकै कस्तो उत्त्साह जागेको थियो उसलाइ त्यो ग्राहकप्रति दार्शनिक नै होला भनेर । तर सोचे अनुसारको बौदिकता ग्राहकमा नभएको अनुभव हुनथाल्यो मन्दिरालाई । बुझ्न कठिन लाग्दै गइरहेको थियो उसलाई त्यो ग्राहक । हुन त मानिसलाई सजिलै बुझ्न कहाँ सकिन्छ र ! दार्शनिक त यस्तो हुन नपर्ने मनमनै भन्थी उ । तर उसले साँच्चै दार्शनिकलाई पहिले भेटेकिनै पनि कहाँ थी र ? किताबहरुमा बाहेक । पसलको योदेखि त्यो कुनासम्म सबै थोक हेर्न भ्याइसक्दा पनि त्यो ग्राहकले किन्ने प्रयास नगरेको देख्दा भने दार्शनिकप्रतिको मन्दिराको भ्रम घट्दै जान थाल्यो । एउटै समान दोर्याइ तेर्ह्याइ देखाउ भन्दा संकोच नमान्ने ग्राहकप्रति मन्दिरालाई शँका लाग्न थाल्यो । दार्शनिक वा ठुलै बिद्द्वान मान्छे होला भनेर त्यत्रो सम्मान दिएकी उसले । नरम र मिठो लवजमा कुरा गरेकीथी उसले । के आश्चार्य ! जर्मनी ग्राहक त आँखा छलेर हात लामो पार्ने प्रयत्न पो गर्दै रहेछ । ट्रेमा राखिएको औठीहरू आफ्नो फैलिएको हत्केलाभित्र लुकाउने कोशिश गर्दै थियो उ । अगीदेखी यो हेरुम र त्यो हेरुमको खेल त बल्ल उसले बुझी ! उसलाई रिस उठेर आयो । देखाउदिन भन्न नी नमिल्ने, कति देखाउनु ? नानथरी हेरेर दिक्क पार्नुसम्म पार्यो । ग्राहकसँग उसको गफको सिलसिला अगिनै खतम भैसकेको थियो । अब उसलाई यो मात्र हेर्नु थियो , उसले सज्जन ठानेको ब्यक्ति कुन हदसम्म झर्न सक्ने रहेछ । वाच यन्ड सी को फर्मुला अबलम्बन गरि उसले ।
एउटा फरक अनुभव भैरहेथ्यो उसलाई । चोरले चोर्दैछ भन्ने मन्दिरालाई थाहा थियो र त्यो चोरलाई पनि मन्दिराले थाहा पाइरहेकीछे भन्ने अनुमान थियो । न उसले चोरलाई उसले रोक्न सकी न चोरले चोर्ने प्रयाशलाई छोड्यो । देखाउदा देखाउदै उसले हातै हातबाट दुइवटा चादिका औठी चट पारिसकेछ । चोरले बडो राम्ररी हातको सफाइ गरिसकेको थियो । उसलाई खुब रिस उठ्यो, तत्कालै पुलिसलाई बोलाएर चोरको जिम्मा लगाउन सक्थी तर उसले त्यसो गरिन । किनकी, जानिजानि चोरलाई चोर्न दिएकी उसले हो । उसलाई त हेर्नु थियो, भलादमी चोर हुन्छ की हुदैन ? उसको अनुमान सहि हुन्छ की गलत ? ।
दुबै औठीको मुल्य अमेरिकी डलर पचास गएको भन्दानी उसलाई आफ्नो गलत अनुमानप्रति पश्चाताप भयो । त्यो मान्छेलाई त्यती धेरै आदर गरी गफ गरेर बेकार समय फालिछु भन्नेमा अफसोच लाग्यो ।
उतिनैखेरी पसलमा अर्को ग्राहक आयो, उसको ध्यान नयाँ ग्राहकतर्फ मोडियो । चोर पनि यहि मौकामा उम्केछ त्यहाँबाट ।
मन्दिरालाई खिन्न लागिरह्यो । पसल बन्द नगरुन्जेल त्यहि ग्राहकको अनुहार घुमिरयो उसको आँखामा । त्यस साँझ नमिठो अनुभवसँग पसल बन्द गरि उसले । साँचो ब्याग भित्र राख्न लाग्दा ढोका संगैको झ्यालमा उसको आँखा पर्यो । चोर ग्राहकले देखाएको अगीको ती दुबै किताब थपक्क रखिएको थियो त्यहाँ । आश्चार्य मिस्रित रिस उठ्यो उसलाई । सरस्वती माताको स्वरुप झलक्क भएर मात्रै नत्र टिपेर ट्रयासक्यानमा (रद्दीको टोकरिमा ) हाल्दिउ जस्तो लागेकोथ्यो उसलाई । किताबलाई नदेखे जस्तोगरी उ सरासासर पार्क गरिरहेको आफ्नो गाडीतर्फ लम्किइ ।
हुस्टन, टेक्सास (Bitubaral@yahoo.com)

कथा : कुटिरो

दिलीप शाह
‘छोरा ! मेरो अन्तिम समय आएजस्तो छ । वर्षौदेखि जप गर्दै आएको दुर्गा कवच पनि आज बिहान जति गर्दा पनि सम्झिनै सकिन । नाडी अति मन्द गतिमा चल्दैछन् । दृष्टि एकदमै धमिलो छ ।’ बूढाले ठस्ठस्ती कन्दै तर स्पष्ट शब्दमा आफ्नो मनको बह पोखे ।
‘चाम्रो सास यति छिट्टै कहाँ जाला ? गए त हुन्थ्यो नि । मर्ने स्वाङ्ग रचेको यही महिनामा चौथो पटक हो । नाटक पनि कति गर्न सकेको होला । मर्ने बेला त यस्तो कलाकार छ । जवानीमा कस्तो कलाकार थियो होला । नौटङ्कविाज !’ छोरालाई टेप खोलेजस्तो भ…र…र…र भन्न मन लागेको थियो तर घाँटीमा आएको बोली खकारसँगै उसले भित्र निल्यो र भरसक रुन्चे स्वर बनाउने प्रयत्न गर्दै भन्यो -’हिम्मत नहार्नुहोस्, बुवा । तपाईका चेत हराएका छैनन् । स्मरण शक्ति गएको छैन । बूढो भएपछि आक्कल झुक्कल यस्तो त भइहाल्छ । म भोलि बिहानै तपाईलाई अस्पताल लैजान्छु । सब ठीक हुन्छ ।’
‘मेरो आठ दशकको उमेरमा धेरैले प्राण छोड्न लागेको एकदम नजिकबाट नियालेको छु । मृत्युका लक्षणहरु पढेको छु । मर्ने बेलामा कन्चट बस्छन् । जिब्रो भित्रतिर धकेलिन्छ । आँखा माथितिर फर्किन्छन् । नसाहरु खुम्चिन लाग्छन् । जिब्रो लरबराउन लाग्छ । नाडी मन्द गतिमा चल्छ । यी सब लक्षणहरु ममा बिस्तारै देखा पर्दैछन् । त्यसैले….।’ बूढाले वाक्य अधुरै छोडे र अन्तिम सलाम भन्ने पारामा आँखाको कुनाबाट त..र…र आँसु चुहाए ।
‘खै, म त त्यस्तो लक्षण केही पनि देख्दिन । मर्ने मान्छेले के यस्तै सुगाजस्तो प्यार्…प्यार् बोल्छन् । कन्जुस बूढो ! कम्मरको कुटिरोमा के राखेको छ, कुन्नि । त्यो कुटिरो फुत्क्याउन पाए बूढो मरे मथ्र्यो । बाँचे बाँच्थ्यो ।’ छोराले बूढोको कुटिरो पाउनेमा अझैं द्विविधा देखिएकोले सुइ…ए सुस्केरा काढ्यो ।
‘चिन्ता नगर्, छोरा ! यो संसारमा आएपछि सबैले एकदिन जानै पर्छ । यो प्रकृतिको नियम हो । कति बज्यो ? रातको दश बज्यो होला । जानुभन्दा अगाडि केही कुरा भन्नु छ । ध्यान दिएर सुन् ।’ बूढाले आदेशात्मक शैलीमा छोरालाई हातको इशाराले नजिक बोलाए ।
उसो त बूढाको घमण्ड नामको कान्छो छोरो भगवान् नामको जन्तुसँग रत्तिभर विश्वास गर्दैनथ्यो । मन्दिरभित्र पस्ने त कुरै भएन । पूजापाठ हुने ठाउँमा पनि बिरलै पाइला हाल्थ्यो । तर घमण्डले अहिले आएर जिन्दगीमा पहिलोपटक भगवान्सँग पूरा श्रद्धा र भक्तिका साथ प्रार्थना गर्दै थियो- ‘हे भगवान् ! यदि तिमी साँच्चीकै साक्षात यो जगत्का सृष्टिकर्ता, पालनकर्ता हौ भने मेरो बाबु खुस्किनुअगाडि उनले कम्मरमा बाँधेको कुटिरो र कुटिरोको रहस्य फुत्क्याउन लगाइदेऊ । तब मात्रै म तिम्रो ‘फ्यान’ हुनेछु ।’ यति विधि भगवान्लाई मख्खन लगाउनुको कारण के थियो भने बूढा अन्तिम अवस्थासम्म पनि टसमस भइरहेका थिएनन् । त्यसैले छोरालाई चिन्ता, हैरानी र रिस एकसाथ उठिरहेको थियो । छोरो अहिलेसम्म बूढाको कम्मरको कुटिरोको बारेमा अनभिज्ञ भएकोले चिन्ताग्रस्त र अन्योलग्रस्त थियो । ऊ अन्योलग्रस्त यस मानेमा थियो कि बूढाको कम्मरको कुटिरोमा भएको यथार्थ जानकारी नपाउन्जेलसम्म भावी योजनाहरु बनाउन सकिदैनथ्यो । उसलाई थाहा थियो – योजना बनाउनलाई नोट चाहिन्छ र त्यो नोटरुपी कुटिरो बाबुको कन्दनीमा बेहि्रएर पटुकाले फन्फनी कम्मरमा सातपल्ट घुमाइसकेपछि कट्टुको इजार बाँध्ने ठाउँमा टुटुल्को उठेजस्तो गरी उठेर रहेको थियो । उसका लागि यो कुटिरो हालसम्म रहस्यमय र दुर्लभ बस्तुको रुपमा रहेको थियो किनभने उसले यो रहस्यमय बस्तुलाई छुन त के नजिकबाट देख्नसम्म पाएको थिएन । ऊ आफ्नी मृत आमालाई भाग्यमानीको संज्ञा दिन्थ्यो किनभने बाबुको नाइटोमुनी राखेको कुटिरोको बारेमा थाहा पाउने उनी पहिलो र अन्तिम भाग्यमानी जीवात्मा थिइन् ।
गाउँ-घर, छर-छिमेकबाट जानकारी पाएअनुसार उसकी आमा सोझी, लजालु र लाटो स्वभावकी स्त्री थिइन् । गाउँमा सबले उनलाई गोरु चन्दको स्वास्नी भन्नुभन्दा लाटी दुलही भनेर पुकार्थे । बाहिर देख्दा लाटीजस्तो देखिए पनि उनको मन भने बाठो थियो । लाटी दुलही बेहुली भएर घरभित्र पसेको समयमा हाल अन्तिम अवस्थामा घिटिघिटी गरिरहेका बूढा त्यो बेलाका जवान, खाइलाग्दा, पठ्ठा जोत्नलाई ठिक्क पारेका बहरजस्ता थिए । जमाना घुम्टोको थियो । सोअनुसार बिहाको पहिलो रातमा दुलहीले माड नलगाएको डम्बर कुमारीको धोतीको घुम्टोसहित बूढा नजिकै उत्तानो भएर पल्टेकी थिइन् । टुकीको धिपधिपे उज्यालोमा दुलाहाको क्रियाकलाप नियाल्न उनलाई आँखी भौं र निधार एकसाथ एउटै ठाउँमा ल्याउनु परेको थियो । यही ‘पोजिशनमा’ जब उनले लोग्नेको क्रियाकलाप ध्यानपूर्वक नियालेकी थिइन् उनलाई कौतुहलताको साथै मनमा अविस्मरणीय अमिट छापसमेत परेको थियो । दुलही नजिकै सुतेको चाल पाएर बूढा दोलाइ फालेर उठेका थिए र हनुमन्ते कट्टु लगाएको अवस्थामा आउनुअगाडि खद्दरको भोटो र सुरुवाल खोलेर किलामा झुन्डयाएका थिए । यहाँसम्म त ठिकै थियो । दुलहीलाई आश्चर्यको विषय के भएको थियो भने दुलाहाले कम्मरमा टनटनी पटुका बेह्रेका थिए र नाइटो मुन्तिरको बिच भागमा पर्ने गरी टुटुल्को जस्तो आउने गरी केही रहस्यमय चिज राखेका थिए । त्यो पटुका ननिकालेरै उनले टुकीलाई फू…..गरी निभाएका थिए र ओछयानभित्र घुस्रेर खुट्टाका बूढी औंला चलाउन सुरु गरेका थिए । दुलहीलाई लोग्नेले स्वास्नीसँग गर्ने यावत् कर्मसँग त डर थिएन किनभने उनले यो कामको प्रत्यक्ष अनुभव गर्ने सुअवसर प्राप्त नगरेता पनि बूढी बज्यैहरु, बच्चाका आमा भइसकेका महिलाहरु तथा विवाहित सङ्गनिीहरुबाट अनुभव सुन्दा सुन्दै उनले प्रशस्तै सैद्धान्तिक ज्ञान आर्जन गरिसकेकी थिइन् । तर टुटुल्काको बारेमा उनीहरुले भन्न बिर्से वा यसलाई रहस्य नै बनाएर राखे, दुलहीले छुट्टयाउन सकेकी थिइनन् । ‘केही गरी दुलाहाले क्रियाकलाप गर्दा गर्दै टुटुल्को समेत भित्र घुस्यो भने …….।’ उनी डरले चिस्सिएकी थिइन् र काम ज्वरो निकालेकी थिइन् । उनका ओठमुख सर्पले टोकेजस्तो कलेटी परेका थिए र कानमा नगारा बज्न लागेका थिए । मुटु हथौडाले टिनमा ठोकेजस्तो गरी ढयाङ्ग….ढयाङ्ग बज्न लागेको थियो । बूढाले सायद उनको दयनीय अवस्थाको अर्कै अनुमान लगाएका थिए र धोत्रो स्वरमा सुस्तरी भनेको थिए -’ नडराऊ दुलही ! पहिलो पटक यस्तै हुन्छ । पछि बानी पर्दै जान्छ ।’
-’होइन के ! नाइ के….. !!’ उनले वाक्य पूरा नगरेरै अनायासै नाइटोमुनिको कुटिरोमा हात राखेकी थिइन् ।
-’यहाँ छुने होइन । छुँदै छुने होइन । यतातिर आँखा लगाइस् भने म लास बनाइदिन्छु । जिउँदै जलाइदिन्छु । टुक्रा टुक्रा बनाइदिन्छु ।’ दुलाहा अकस्मात उकालो चढेर आएको घोडा भएका थिए ।
तत्पश्चात उनीलाई कुटिरोले जति सुकै बिझाउँदा, घोच्दा पनि मुखबाट ऐय्यासम्म निकालिनन् र कुटिरोलाई चलाउने त के उनी बाचुन्जेलसम्म त्यतातर्फ हेर्ने दुस्साहस पनि कहिलै गरिनन् । तर छोराबुहारीले भने धेरै पटक कुटिरोको रहस्य पत्तँ लगाउने मनसायले उनलाई कोट्याउँदा प्रत्येक पटक ‘क्लाइमेक्स’ मा पुग्नुअगावै विज्ञापनजस्तो केही अवरोध आइहाल्थ्यो र छोराबुहारीको कुटिरोको रहस्य थाहा पाउने चाहना अधुरै रहन्थ्यो । लाटी दुलहीले सास फेर्न बिर्सन लागेको अवस्थामा पनि हाल बूढाको नजिक उपस्थित छोराले आमाबाट बूढाको कन्दनीमा बाँधेको कुटिरोको रहस्य फुत्क्याउने भरमग्दूर ‘सत्प्रयास’ गरेको थियो । तर त्यो क्षणमा पनि आमाबाट विवाहको पहिलो रातको उनको औंला ठडयाइ र पतिको भयानक गर्जनभन्दा अगाडि बढ्न सकेकी थिइनन् । आमा सास फेर्न बिर्सेको क्षणमा पनि हालको छोरालाई आमा मरेकोमा भन्दा कुटिरोको महत्वपूर्ण श्रोत गुमेकोमा हुनसम्म पीर परेको थियो र यो पीरले छोराले क्रियापुर्ति बसेकै समयमा पनि तीन दिनसम्म मुुखमा अन्नको दानासम्म हालेको थिएन ।
तर केही समययता छोराले इन्दिरा गान्धीको सङ्कटकालको नाराजस्तो ‘पक्का इरादा’ के लिएको थियो भने ‘कुनै पनि हालतमा चाहे मर्न लागेकोे बूढोको घाँटी न्याकेर होस् वा अरु बल प्रयोग गरेर होस्, कुटिरोको रहस्यसहित कुटिरो फुत्क्याएरै छोड्छु, छोड्छु ।’ उसको पक्का सोच के थियो भने -’उसको गल्लीको कुकुरको हालत हुनुमा कुटिरो नभेट्टाउनु नै हो । कुटिरो भेट्टाउने बित्तिकै उसका सब दुःख, दर्द ‘छुःमन्तर’ भइहाल्नेछन् । छोडेकी स्वास्नी हाम्फाल्दै अङ्गालो मार्न आइपुग्ने छ र उसको बाँकी जीवनमा बहारै बहार आउने छ ।’
बूढाले आफ्नो नजिकै चेहराभरि कृतिम पीडाको लेप लगाएर बसेको छोरालाई नियाल्दै सोचे -’प्राण फुत्किउन्जेलसम्म पनि पर्खिन नसक्ने कस्तो कलियुगे छोरा होला ? म मरेपछि सबै उसैको त हो नि ।’ यस्तो सोच आउनुको पछाडिको एकमात्र कारण के थियो भने बाबु भएको नाताले बूढालाई छोराको चरित्र, आनिबानी, व्यवहार सबै जानकारी थियो । नहोस् पनि कसरी ? छोराले कुटिरो हत्याउनकै लागि उसको हत्या गर्ने षडयन्त्रबाहेक अन्य सम्पूर्ण हथकण्डा अपनाइ सकेको थियो । राती सुतेको बेलामा आएर छामछाम छुमछुम कति पटक गर्‍यो ? त्यसको त हिसाबै छैन । तर आफ्नो चनाखोपनको कारणले बूढा हरेक पटक छोराले थापेको धरापबाट फुत्किन सफल भएका थिए । प्रत्येक पटकको असफलतामा छोरा दुई चार महिना घरबाट फरार हुन्थ्यो र जब पेट र करङ्ग दुबै दाम्रा पर्ने स्थिति आउँथ्यो ऊ गरुडको छाया परेको सर्पझैं बूढाको खुट्टामा छाँद हाल्दै क्वाँ…..क्वाँ….रुन आइपुग्थ्यो । छोराको घरबाट फरार हुने र करङ्गका पाता मात्र बँाकी भएपछि फर्किने क्रम बूढाको सम्झनामा दश पल्टभन्दा बढी भइसकेको हुनुपथ्र्यो । छोराको प्रत्येक पटकको फर्काइमा बूढाले छोराको मायाले विभोर भएर हैनकि उनको रातबिरात प्राणपखेरु उडेको अवस्थामा धेरै दिनसम्म लास उठाइएन भने लास गन्हाउला वा समयमै सद्गति गरिएन भने स्वर्गको बाटो छेकिएला भनी उनले छोरालाई खुट्टासम्म छुने अनुमति दिन्थे । छोरालाई गृह प्रवेश गर्ने अनुमति दिंदा बूढालाई यो पनि थाहा हुन्थ्यो- ‘छोराले केही दिनमै कुटिरो खोतल्ने अर्को कुटिल प्रयास गर्नेछ र यो पटक पनि ‘माछो माछो भ्यागुतो’ भएर फेरी केही दिनका लागि घरबाट चम्पत हुनेछ ।’ अहिले पनि बूढाले छोराको चेहरामा त्यस्तै प्रकारको कुटिल वा आतङ्ककारी योजना पढे र फुत्किन लागेको माछोको पश्चाताप छोराको आँखामा देखे । छोराको यो रुप देखेर बूढालाई घृणा र त्यस्तो कुलङ्घार छोरो आफ्नी स्वास्नीको कोखमा उनकै वीर्यबाट बास गरेकोमा पश्चाताप हुनु पर्ने थियो तर अहिले उनलाई किन हो कुन्नि ! यो पटक भने छोराप्रति असीम दया र करुणा जागेर आयो । उनले सोचे -’मर्ने बेलामा भनिदिनु पर्‍यो कि क्या कुटिरोको रहस्य ! किनभने उसले अवश्य पनि मैले सास छोड्नेबित्तिकै कुटिरोमै स्यालले सिनोमा झम्टेझैं झम्टिनेछ र कुटिरो लिएर दम्पच हुनेछ । त्योभन्दा त आफैले कुटिरो हात लगाइदिनु बेस् ।’
-’छोरा ! मलाई ठडया त । तकिया पछाडि राख् । केही कुरा गर्नु छ ।’ उनले झिनो स्वर निकाले ।
-’बूढो आखिरकार लाइनमा आउने नै भयो । मैले अब पितृहत्याजस्तो महापाप गर्नु नपर्ने भयो ।’ पितृहत्याको बिचार उसको दिमागमा किन चम्केको थियो भने- ‘बूढाले अन्तिम अवस्थासम्म पनि कुटिरोको राज नखुस्काएमा बूढो खुस्किनुभन्दा अगाडि साम, दाम, दण्ड, भेदमध्ये जुनसुकै नीति अख्तियार गरेर पनि ‘कुटिरोको रहस्य’ पत्ता लगाएरै छोड्छु ।’ छोराको पच्चीस वर्षे उमेरसम्म कुटिरोको रहस्य निकाल्ने प्रयोजनका लागि धेरै पटक उसले ‘साम, दाम र भेद’को प्रयोग गरिसकेको थियो । दण्डको नीति भने हालसम्म सुरक्षित राखेको थियो । यो हतियार प्रयोग नगर्नुको कारण इज्जत अथवा धर्मको ख्याल गरेर होइन कि यो हतियार प्रयोग गर्दा अप्ठयारो ठाउँमा प्रहार भई बूढो परमधाम गइ जो हालेमा जेलको चिसो छिंडीमा बास होला भन्ने डरले थियो । अब यो हतियार प्रयोग गर्नसमेत पछि नपर्ने कटिबद्ध भएको अवस्थामा बाबुको बोलावटले छोरालाई तुरुन्तै सिङ्गारु नाच नाच्न मन लाग्यो । तर यो हर्षोन्मादलाई बडो मुश्किलसाथ नियन्त्रण गर्दै घोसे मुन्टो लाएर छोराले बाबुको ढाड सिधा बनायो र ढाड र गर्धन अझै सिधा भएकोले एक हप्ता जति बाबु ‘सीताराम’ नहुने अड्कल काटयो ।
-’मेरो कम्मरको कुटिरोले तँ जान्ने भएदेखि तेरो निद हराम भएको छ । मेरो हत्याको कुत्सित र जघन्य आपराधिक बिचारसमेत तेरो दिमागमा सिङ्गौरी खेल्ने गरेका छन् । तँलाई थाहा छ – कुटिरोमा पैसो छ र तँ त्यो पैसाले भौतिक सुविधा खरीद गर्न चाहान्छस् । तर सम्पत्ति हुँदैमा आत्मिक शान्ति त परै जावस् सांसारिक शान्ति पनि प्राप्त गर्न सकिदो रहेनछ भन्ने जिउँदो उदाहरण म छु । यही कुटिरोको कारणले तेरी आमासँग बिहा भएको दिनदेखि ऊ मरुन्जेलसम्म हाम्रो कहिलै न्यायो सम्बन्ध हुन सकेन । तेरी आमाले यो कुटिरो चोर्ली भन्ने त्रासले मैले उसलाई कहिलै नजिक ल्याइन । ऊ लोग्नेको वास्तविक माया नपाएरै मरी । जेठो, माहिलो छोराबुहारीहरुले पनि मेरो कुटिरोमै आँखा गाडेका थिए । पाउने आस रहुन्जेल बसे । पछि कतैबाट पनि चुहिने आस नदेखेपछि लाखापाखा लागे । तैंले पनि यो कुटिरो पाउनकै लागि मेरो छिटो मृत्युको कामनासहित घोर तपस्या गरेको छस् । यो सब कुरा तैंले नभने पनि तेरो चेहरामा लेखिएको छ जुन म सहजै पढ्न सक्छु ।’
बूढाले घाँटीमा आएको खकार भित्रतिर निल्दै पुनः आफ्नो बयान शुरु गरे – ‘पैसो भन्ने चिज यस्तो कुजात हुन्छ भन्ने थाहा पाएको भए म थुक लगाएर जुम्राको छाला काढेजस्तो गरी कमाएको पैसो जति पटुकामा जम्मा गर्दिनथे होला । मैले पैसो थुपार्नका लागि के पो गरिन ? मेरो जमानामा पनि बारीका अम्बा, आरु बेचिन कि ? गोलभेंडा, गुन्द्रुक, मुला बेचिन कि ? चामल, पिठो बेचिन कि ? यही पैसो जम्मा गर्नकै लागि मैले जिन्दगीभरि टाला हालेको चिथ्रा कपडा सिबाय केही लगाइन । स्वास्नी केटाकेटीलाई नयाँ कपडा, मीठो खाना दिने त कुरै भएन । यो कुटिरो जम्मा गर्न मैले कति पापड बेल्नु परेको छ ? मेरो आत्मालाई मात्र थाहा छ । अनि मलाई यो कुटिरोको लाग्दैन त मोह । तर यति विधि मोह किन गरें ? मलाई नै थाहा छैन । तैले- ‘लोभी Û चाम्रे बूढोको चाम्रो सास । सास जान पनि किन नसकेको होला ? भन्दै सत्तँेसराप गर्छस् होला । तर चाम्रोसाम्रो केही होइन । जब म मृत्यको सङ्घारमा पुग्छु तब मेरो सोच जति कुटिरो जम्मा गर्दा पाएको दुःख, यातना, पीडामा ठोकिन्छन् र अनायासै मेरा हातहरु कुटिरो छाम्न पुग्छन् । यसले कुन औषधीको काम गर्छ कुन्नि ? बाहिर निक्लन लागेको सास पुनः भित्रतिर फर्किन्छ । आज पहिलो पटक जिन्दगीप्रतिको मोहको साथै कुटिरोको मोह पनि मरेर गएको छ । अब म शान्तिसँग यो लोकबाट बिदा लिन सक्छु होला । बिन्ती छ, छोरा ! मलाई मुक्ति दे । मेरो पटुका फुकाइ दे ।’
फुकाइ दे को ‘द’ निक्लन नपाउँदै छोरो चितुवाको फुर्तिमा ब्रुदुक्क उफ्रियो र पटुकामाथि झम्टियो । छोराले पटुका समात्नु र बुढाले घ्या…र…र गर्दै फुस्रा आँखा पल्टाउनु एकसाथ भयो । छोराले बाबु स्वर्ग सिधारेकोमा भन्दा कुटिरो पाएकोमा अपार सन्तुष्टिको सास फेर्‍यो र अन्ततः बाबुले कुटिरोको रहस्यसहित कुटिरो थमाएकोमा कृतज्ञताका दुई थोपा आँसु तुरुक्क खसाल्न भने बिर्सेन र काजक्रिया गर्ने झन्झेटबाट मुक्त हुन ढोकाको आग्लो खोलेर खुसुक्क अज्ञात स्थलतर्फ कुलेलम् ठोक्यो ।
भोलिपल्ट बूढाको एक्लो कट्कटिएको लासमा गु झिङ्गाको बास, चोरले खोतलेको बाकसजस्तो उसका जीउका कपडा, खुला ढोकाको निरीक्षण गर्दै, अझ महत्वपूर्ण, हेरचाह गर्ने छोरोको झलकसम्म नपाइनुले छिमेकीहरु खासखुस गर्न लागे – ‘यो साँच्चिकै कलिजुगको पराकाष्ठा त होइन ?’
(शाहको हालै प्रकाशित मुर्दार काठमाडौं संग्रहबाट)

कथा – झुल

तारिणीप्रसाद कोइराला
मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्‍याई एउटा सानु नुनतेल-मसलाहरुको पसल थाप्ने साह्रै रहर भएकोले झट्ट एउटा तुच्छ झुलको निम्ति सत्र आना खर्च गर्ने आँट आएन । तीनपल्ट हीरा साहुको पसलसम्मन् पुगेँ र थरी थरीका झुलहरु हेरेँ । एक दिन एउटा झुल मन पनि पर्‍यो र मूल्य सोधेँ । एक रुपियाँ आठ आना भन्यो । मैले घटाई एक रुपियाँ एक आनासम्म पुर्‍याएँ पनि । थैलीबाट सिङ्गो एक कम्पनी र एक आना खुरुक्क निकाली थसुल्ले मारवाडीको हातमा हत्तपत्त दिन साह्रै गाह्रो लाग्यो । नकिन्ने विचार गरी मैले टाल्नलाई भने -”मन परेन ।”
मारवाडी भाषामा के के सराप्यो मैले केही बुझिनँ । कसुर मेरै भए पनि त्यसले एउटा ग्राहकलाई सराप्ने के हक ? मैले पनि नेपालीमा लाजभाँड गाली गरेँ र बाहिर निस्केँ । जब राती टुवीँई … ञ … ट्वींई … ञ गर्दै लामखुट्टे कानमा कराउन लागे अनि झुल नकिनेकोमा पछुतो हुन लाग्यो ! आफैँलाई धिक्कार्दै बिहान भयो । रातभरि नसुतेकोले काम गर्न मन लाग्दैनथ्यो, कुनै तौरले गरे पनि एकैछिनपछि पट्टार लागी हाईहाई गर्दै उँघ्न लाग्दथेँ । यसै गरी दिन बित्न लागे ।
दिनभरि त लामखुट्टेको विचारै आउँदैनथ्यो, तर रात के पर्‍यो गाला बजायो, कान पिटयो, एउटा कोल्टेबाट अर्को कोल्टे पर्‍यो र बिहान भयो । जाडो त यसै गरी बित्यो । तर अब गर्मी बितीदनँ भन्थ्यो । एक त वीरगञ्जको लामखुट्टेको फौज, दोस्रो त्यहाँको गर्मी र तेस्रो गन्हाउने छिँडीको डेरा, बितोस् पनि कसरी ? कुनै रात त मेरो छिँडीको कोठा दिउँसोको गर्मीले गुम्सिएर धोबीको भट्टीलाई पनि माथ गथ्र्यो । बाँसको पङ्खा घुमाउँदै घुमाउँदै आँखा लठ्ठिनु के थियो लामखुट्टेको खुट्टीको प्रहार र विनासुरतालको ट्वींट्वींले फेरि बिउँझन्थेँ । एक दिन राती तन्द्रामा मैले देखेँ – एउटा बगैँचामा एउटी राम्री तरुनी जर्जेटको साडी र रेशमी ब्लाउज लगाई आफ्ना सुकुमार, सुकिला नाङ्गा गोडा बिस्तार बिस्तार बढाउँदै मधुरो स्वरमा बिहाग गाउँदै मनजिकै आइरहेकी थिइन् । तर अकस्मात् तीनी थामिइन् । म झल्याँस्स बिउँझे । युवतीको बिहाग त लामखुट्टेको सूर पो रहेछ । गर्मीले खल्खली पसिना आयो, लामखुट्टेहरुले टोक्न लागे, रछानको गन्धले बस्न मुश्किल पर्‍यो । तर के गर्नु, हवादार बङ्गला, बाबरलेटको ठूलो झुल, फूलको सुगन्ध, बिजुली पङ्खाको बतास सोचेर त भएन । यही आफ्नो गरिबीलाई सम्झनुपर्छ – फेरि पङ्खा घुमाउन थालेँ । अकस्मात् झुल किन्ने विचार आयो-भोलि त अवश्य किन्छु, रुपियाँ भईभईकन किन दुःख भोग्नु ! ब्याहान हुनासाथ त्यही एक रुपियाँ र एक आना-सत्र आनाको झुल किन्ने निश्चय गरेँ । तर विहान त हुनै खोज्दैनथ्यो !
भोलिपल्ट उठ्नासाथ हीरा साहुको पसलमा पुगेँ । पसले त उही थियो तर उसले मलाई चिनेन । एक दिन सरापेकोलाई मोरो बिर्सेछ । ठीक भयो नत्र … !
मैले झुल देखाउनलाई भनेँ । एकै छिनमा मेरो अघिल्तिर थरीथरीका झुलहरुको थुप्रो भयो । तर मलाई त छान्नु थिएन ! चार महिनापहिले नै छानिसकेको थिएँ । त्यसकारण अरु झुलहरुलाई पन्छाउँदै उही “सत्र आने” झुल खोज्न लागेँ । एक्कासि मनमा शङ्का उठयो -”कहीं त्यो झुल बिक्री भइसकेको भए !” मन मनै झसङ्ग भएँ, धेरै खोजेँ तर अन्तमा पाइनँ । अर्कै झुलको मोल गराउनुपर्‍यो । एउटा निकै राम्रो झुल थियो, गौरसँग हेरेँ र दाम सोधेँ । एक रुपियाँ ६ आना भन्यो । तर धेरै बेर हेर्दा त्यो मन परेन । अर्को हातमा उठाएँ, दाम दुई रुपियाँ । पहिलोभन्दा यो नै राम्रो र मजबूत थियो । यही किन नल्यूँ ६ आना त बेसी हो नि । फेरि आर्को हेरेँ, तीन आनाको फरक र पहिलेको भन्दा धेरै असल । हुँदा हुँदा बाबरलेटको झुलको दाम सोधेँ, सात रुपियाँ भन्यो । पहिले हेरेको मामूली कपडाको झुलभन्दा यो बाबरलेटको झुलमा एक रुपियाँ मात्रै फरक थियो । किन एक रुपियाँ अरु थपेर बाबरलेटको नै नलिनू ? सुनेको थिएँ, बाबरलेटको झुल धेरै वर्ष खप्छ ।
मैले पसलेलाई सोधेँ – “सातभन्दा घट्दैन ?”
उसले भन्यो – “अँहँ ।”
यसरी टाउको हल्लाउँदै उसले यो ‘अँहँ’ भन्यो कि सातभन्दा एक पैसा पनि नघट्लाझैँ लाग्यो । तर मसँग सात थिएन, मैले साँढे पाँच भनेँ । धेरै मोलतोल हुँदा हुँदा अन्तमा ६ मा मञ्जुर भयो । तर थैली निकाल्दा मेरो हात काम्यो । एउटा झुलको ६ रुपियाँ ! किनुँ कि नकिनुँ, यही फसादमा परेँ । झट्ट मेरो मगजमा रातीको लामखुट्टेको घुनुनुन्न र गाला, कान, छाती, गोडालाई केही बेरको अन्तरमा हातले टयाप्पटयाप्प पिटेको याद आयो । नाकको टुप्पोमा लामखुट्टे बस्तथेँ ! अल्छीले हात उठाई उडाउन मन लाग्दैनथ्यो । त्यस कारण नाकको पोरा तीन-चारपल्ट फुलाई उडाउनुपथ्र्यो । त्यो दुःख बेसाउनुभन्दा त रुपियाँ खर्च गर्नु नै बेस हो नि ! – तर ६ रुपियाँ किन खर्च गर्नु ?-लामखुट्टेको डरले ? मुटुमा ढ्याङग्रो बज्यो, तर मनलाई दरो बनाई रुपियाँ मारवाडीको हातमा राखिदिएँ, एक किसिमले दान दिएँ-पाँच ओटालाई त उसले हातमा राती हेर्‍यो मात्रै, तर एउटा भिक्टोरिया रानीको रुपियाँलाई चाहिँ धेरै बेरसम्मन्, कहिले आँखानजिकै टाँसी र कहिले कोटयाई कोटयाई हेर्न लाग्यो । केही गरी चलेन भने ? म डराएँ । तर हैन, चल्यो ! भुईँमा धेरैबेर ठटाएर कन्तुरको प्वालबाट छिरायो ।
त्यस दिन केही काम गरीनँ । रुपियाँ खर्च गरेकोमा पछुतो भयो । कहाँ सय पुर्‍याउने र पसल थाप्ने विचार, कहाँ एउटा झुल किन्दा नै रुपियाँ सकियो ! त्यो बाबरलेटको झुललाई दिनभरी छिँडीमा बसी हेरिरहे । यसका एकनासका साना साना प्वाल, बकुल्लाभन्दा पनि सुकिलो कपडा-हेर्दाहेर्दै मन फेरि रसायो । बेस भयो । जे भए पनि किनिहालेँ । अब पछुतो गरेर नै के हुन्छ ? कमसेकम सात-आठ वर्ष त खप्ला नि ! मामूली कपडाको किनेको भए दुवै वर्षमा धूजा धूजा हुन्थ्यो ।
साँझ पर्‍यो-छिँडीमा त दिउँसैदेखि साँझ परिसकेको थियो । तर अब सारा वीरगञ्जमा झमक्क साँझ पर्‍यो । अब झुल कस्ने सारसूर गर्नुपर्छ भनी फरियाको पारी खोज्न छिँडीबाट बाहिर निस्केँ । धुइँधुइँती खोज्दा एउटा रातो पारी पाएँ । त्यसलाई च्यापेर चारोटा लामा लामा त्यान्द्रा बनाई झुल कस्न थालेँ । सक्ला त थिएन, त्यस कारण एकातीरको त्यान्द्रोलाई ढोकाको सिक्रीमा, एउटालाई दलिनको कडीमा, आर्कोलाई लुगा टाँग्ने डोरीमा र अर्कोलाई चाहिँ आँखीझ्यालमा टाँगीवरी पानस सल्काएँ । अब रामायण पढ्नु थियो । खाटमा बसी रामायण बाच्न थालेँ – “एक दिन नारद सत्योलोक् पुगिगया … ।” झुलको माथिको हिस्साले टाउको छुन्थ्यो, त्यसकारण अलि अप्ठयारो लाग्यो-टाउको निहुराइरहनुपर्ने । तपाईँहरु भन्नुहोला ६-६ रुपियाँ हालेको झुल पनि कहीँ सानु हुन्छ ? र मेरो पनि त सुन्नुहोस् । झुल सानु थिएन, असाध्य ठूलो थियो ! त्यस कारण ठूलो हुनाले माथिको हिस्सा लत्रिन्थ्यो । फेरि तपाईँहरुले मेरो छिँडीको कोठा देख्नु नै भएको छेन । देखेको भए भन्नुपथ्र्यो- “तारे ठीक भन्छ ।” झुल त कोठाभरीलाई पनि पुग्ने थियो तर खाट भने साह्रै सानु । अब विचार गर्नुहोस्, अवश्य नै लत्रिएको थियो होला । तर जे भए पनि मेरो जस्तो बाबरलेटको झुल तपाईँहरुमध्ये पनि धेरै काम मानिसको छ । मलाई एक दिन मालको सुब्बा कहाँ जाने मौका मिलेको थियो । सुब्बाजस्तो कहाँ पनि मामुली कपडैको झुल देखेँ ।
रामायण बाचीवरी, ढिँडो ओडाली, एक भुल्को गुन्द्रुक उमाली खाईवरी सुत्ने सुरसार कसेँ । बिस्तारै झुल खोली जतनसँग खाटमा लडेँ । लामखुट्टे त थिएन, तर गर्मी असाध्य थियो । कोठामा एउटा सानु आँखीझ्याल मात्र थियो । त्यसमा पनि बाहिर हावा चलेको थिएन । हावा कहाँबाट आओस् । खल्खली पसिना आयो । पङ्खा हम्केँ । तर कतीबेर सम्मन् हम्किरहनू ? यताउती कोल्टे परेँ । फेरि पङ्खा हम्के । नींद केही गरे पनि परेन । धेरै विचार गर्दा थाहा पाएँ, यही झुलले गर्मी ज्यास्ती खपिनसक्नु भएको हो । अन्तमा झुल उठाउनुपर्‍यो । ६ रुपियाँ हालेको झुलले केही काम दिएन । झुल उठाएपछि गर्मी त केही कम भयो तर फेरि लामखुट्टेको उपद्रव-कहिले मुखमा किटिक्क, कहिले गोडामा र कहिले आँगमा–लुगा फुकाली सुतेको थिएँ) । एक घण्टापछि फेरि झुल कसेँ, फेरि उकुसमुकुस, फेरि खल्खली पसिना, थाहा नै पाइएन कैले भुसुक्क निदाएछु ।
भोलिपल्ट राती
झुल ठूलो थियो, खाटमा बस्यो कि माथिको झुलको हिस्सा आई मुखमा र टाउकोमा लत्रिने । रामायण बाचेँ ! तर केही बुझिनँ, किनभने टाउकोमा र झुलमा नै मेरो मन अल्झिएको थियो । हातले कतीपल्ट पन्छाएँ, तर फेरि लत्रिने । यस्तो अप्ठयारो र असजिलो लाग्यो कि के भनूँ । जम्मा ६ रुपियाँ गाँठमा थियो तर पनि यही नाथे झुलमा फ्याँके । मन मनै झुलदेखि रिस उठयो । एक पटक त जोरसँग माथि फ्याँकेँ पनि तर फेरि आई टाउकोमा हल्लिन लाग्यो । ओह ! मनुष्यको सुख र दुःख कत्रो तुच्छ वस्तुमा निर्भर हुँदो रहेछ ! एउटा हलुको झुलले छुँदा कन्सिरी तातेर आउँछ ।
रामायणनजिकै मुख लगी पढ्न थालेँ । झुलले त छोएन तर घिच्रो दुख्न थाल्यो । फेरि टाउको उठाउनुपर्‍यो, फेरि झुल । “धिक्कार यस्तो जीवनलाई”-मैले झोंक्किएर एकपल्ट चिच्याएँ । चिच्याएर के हुन्थ्यो ! झुल माथि उठेन । अनि फेरि झुलको प्रतीक्रोध, जीवनको प्रतीघृणा र गरिबीको प्रतीआँसु जोरले बढ्न थाल्यो । हन त एउटा मामुली झुलले छोएको मात्रै थियो, तर मलाई यस्तो भान भयो भनूँ झुल मलाई गिज्याउँदैछ । जस्तो मानिसको टाउकोमा एकएक बूँद धेरैबेर खसालिरहृयो भने त्यो मानिस पागल हुन्छ त्यस्तै मलाई पनि त्यो झुलले बहुलाहा बनायो । एकपल्ट फेरि भएभरको जोरले झुललाई माथि हुत्याएँ । एकातीरको डोरी चुँडियो र सारा झुलले मलाई छोप्यो । डोरी चुँडिनु के थियो मेरो खप्ने सीमा पनि च्वाट्ट गरी चुँडियो । आँगबाट झुल पन्छाइवरी हत्तपत्त खाटबाट ओर्लेर सारा झुललाई अँगालो हाली आफूतीर तानेँ । बाँकी तीनवटा बन्धन पनि चुँडिए ।
म क्रोधले बुहलाहाझैँ भएको थिएँ । झुलैको एउटा फुर्कोलाई पानसको ज्वालामा डढाएँ । हुरहुर बल्न थाल्यो मेरो बाबरलेटको झुल ! मनमा केही शान्ति भयो ! तर कोठाभित्र त बस्नु भएन, घर सल्किने डर थियो । बलिरहेको झुलर्ला झट्ट चोकमा लगेर थुप्र्‍याएँ । धुँवाले सारा घर रङ्गमगियो । के के न भयो भन्दै माथि बार्दलीबाट थुप्रै मानिस हेर्न लागे । म कुत्रुक्क बसेर बल्दो बाबरलेटको झुललाई हेर्दै थिएँ । माथिका मानिसहरुले पनि केही बोलेनन् । ६ रुपियाँको झुलको अन्तिम क्रियालाई मैले टाउको निहुराई हेरिरहेँ । खरानी भएपछि म जुरुक्क उठेँ र एकपल्ट लामो सास फेरि बिस्तार बिस्तार आफ्नो धुँवा र लामखुट्टेले रङ्गमगिएको कोठातीर हिडेँ । के त्यस बखत म चिन्तित थिएँ ?
(किरण रिमालद्वारा सम्पादित ‘नेपाली कालजयी कथा’बाट)

निबन्ध : मान्छेको पहिचान र झोला

प्रेमप्रसाद भट्टराई
मानिसको परिचय दिने धेरै चिजहरूमध्ये झोला पनि एक हो । झोला प्रत्येक व्यक्तिको पहिचान बोक्ने धेरै पुरानो र भरपर्दो साधन हो । झोलाकै माध्यमबाट झोलाधारी को र कस्तो व्यक्ति हो भनेर छुट्ट्याउन सकिन्छ । हुन पनि झोलाको रूप र रङ, प्रकृति र प्रवृत्ति, बनोट र बुनोट आदि जे जस्तो भए पनि यसले गर्ने काम भने उस्तै हुन्छ र मानिसले झोलामा पनि त्यही चिज राख्छ जुन उसको पेसागत, कर्मगत आचरणसँग दुरुस्त मेल खान्छ । कसैको झोला अलपत्र परेको रहेछ भने पनि त्यो कुन पेसा वा व्यवसाय अपनाउने व्यक्तिको हो भनेर चिन्नका लागि त्यसभित्र हेरे पुगिहाल्छ तर हिजोआज त्यस्ता झोलामा बमगोला जस्ता प्राणघातक वस्तु राखी मान्छेको त्रासदीपूर्ण मृत्यु हेरेर मनोरञ्जन लिन खोज्नेहरूले धराप थापेको हुनसक्ने हुनाले झोलाभित्र हेर्न त के त्यसका छेउमा जानु पनि खतरामुक्त नहुन सक्छ । यद्यपि त्यस्तो झोलाले पनि झोलाधारीको चिनारी भने स्वतः दिइरहेकै हुन्छ ।
मानिस आफ्नो झोलाप्रति कति उत्तरदायी छ या छैन भनेर मापन गर्न त्यति सजिलो पनि हुँदैन । झोला आफै पनि स्वामीभक्त हुने हुनाले स्वामीका सबै इच्छा आकाङ्क्षाहरूलाई शिरोधार्य गरी आफूभित्र जे राखिदिए पनि सहज ढङ्गले बोकिदिन्छ । कहिलेकाहीँ त आफूले कहिल्यै बोक्नु नपरोस् भन्ने लागेका सामानहरू पनि बोक्न बाध्य हुनुपर्छ झोलाले । त्यसबेला झोला साँच्चिकै निरीह, बबुरो र ज्यादै अधीनस्थ देखिन्छ तर पनि मालिकको भावना विपरीत यसले कुनै सिकायत नगर्ने हुनाले झोलाधारी झोलाप्रति कति उत्तरदायी छ या छैन भनेर खुट्ट्याउने कार्यमा बाधा पुग्न जान्छ ।
सबै खाले मानिसले कुनै न कुनै रूपमा कुनै न कुनै किसिमका झोला बोक्ने भए पनि बोकाइको निरन्तरतामा भने एकरूपता नहुन सक्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने यहाँ सबभन्दा बढी निरन्तर झोला बोक्नेमा शिक्षक, डाक्टर, वकिल, प्राइभेट स्कुलमा पढ्ने विद्यार्थीहरू, भर्खर भर्खर राजनीतिमा लागेका कार्यकर्ताहरू, कर्मचारीहरू,  हटियारेहरू, गाडीका कन्डक्टरहरू, व्यापार व्यवसाय गर्नेहरू आदिलाई लिन सकिन्छ । यीमध्ये धेरैका झोला आफ्नो कर्मगत उद्देश्यअनुसारका हुँदा हुन् तर कतिका भने बाहिर हेर्दा एउटा किसिमका भित्र खोतल्दा अर्कै किसिमका पनि हुन सक्छन् ।
अनुशासन, कर्मशीलता र इमानदारीलाई आफ्नो सर्वस्व ठानी तदनुरूप चल्ने व्यक्ति अरूको झोलाप्रति आकृष्ट हुँदैन । अर्काको झोला बोक्नु भनेको आफ्नो झोलाप्रति बेइमान हुनु हो भन्ने कुरा त्यस्तो व्यक्तिले राम्ररी बुझेको हुन्छ । आफूलाई परिआउँदा साथ दिने आफ्नो सर्वस्व पहिचान बोकेको झोलाले मात्र आफूलाई संरक्षण गर्छ भन्ने कुरा त्यस्तो व्यक्तिले आत्मसात् गरेको हुन्छ । कतिका आँखामा ऊ हेय देखिए पनि वास्तवमा ऊ इमानदार र कर्तव्यनिष्ठ व्यक्ति हो । कतिपय आफ्नो स्वतन्त्र क्षमता र हैसियत नभएका मानिसहरू भने आफ्नो झोलासँग भन्दा अरूकै झोलासँग बढी लहसिन्छन् र आफू गतिलो भएको स्वाँग पार्छन् । त्यस्ता तथाकथित विज्ञहरूप्रति असीम करुणा राखी चाणक्य गुरुले यसो भनेका छन् -
यो ध्रुवाणि परित्यज्य अध्रुवं परिसेवते
ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेवहि
भावार्थमा : आफ्नो वास्तविकतालाई त्यागेर अन्यत्र लहसिने त्यो अवसरवादीले त्यहाँचाहिँ धोका नदेला भन्ने आधार नहुने हुनाले पछिल्लोले पनि त्यसलाई त्यागिदिन्छ पहिलोसँग त त्यस कपटीले अगि नै सम्बन्धविच्छेद गरिसकेकै हुन्छ अथवा त्यो घरको न घाटको हुन्छ ।
यसबाट अर्काको झोला भिर्नु वा आफ्ना झोलामा अर्काका सामान बोकेर हिँड्नु आफ्नो अस्तित्व ,सत्त्व र पहिचान गुमाउनु हो, पथभ्रष्ट हुनु हो भन्ने प्रस्ट हुन्छ । यस्तो कुरा भारी बोक्ने श्रम गरी खाने र त्यस्तो श्रमलाई नै आफ्नो जीवन निर्वाहको आधार बनाएका व्यक्तिहरूका हकमा लागू हुँदैन तर शिक्षित तथा बुद्धिजीवी भनाउँदाहरूका हकमा भने स्वतः लागू हुन्छ । आफ्नो पेसा वा व्यवसाय र त्यसबाट प्राप्त परिणामलाई स्वाद मानी मानी उपभोग गर्ने तर त्यही पेसागत झोला भने फालेर अर्काको झोला बोकिहिँड्ने तथाकथित महान् व्यक्तिहरू समाज वा संस्थाका शुभेच्छुकहरू हुन सक्छन् र ? बिचाराहरू बादशाहको नयाँ लुगा भन्ने कथाका बादशाह नै हुन्छन् ।
हामीले वास्तविक धरातललाई ख्याल गर्ने हो भने अरूको झोला बोक्ने बानीले हाम्रो समाज, राष्ट्र र हामीसम्बद्ध सबै गतिविधिहरूलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । उदाहरणका लागि -एउटा शिक्षकले आफ्नो पेसागत झोला नबोकेर अरूको झोला बोके भने विद्यार्थीले प्राप्त गर्ने ज्ञानको अवस्था के हुन्छ ? त्यसैगरी एउटा डाक्टरले आफ्नो झोला नबोकी अर्काको झोला बोक्न थाले भने रोगीको हालत के होला ? यस्तो क्रम रहिरहृयो भने कस्ता कहाली लाग्दा दिनहरू आइलाग्लान् ? वकिलले आफ्नो झोला नबोके न्याय के होला ? विद्यार्थीले अरूको झोला बोके शिक्षा के होला ? कृषकले आफ्नो झोला नबोके अनाज के होला ? सोचौँ न , यस्ता कर्महरूले राष्ट्रलाई कता धकेल्लान् , के बनाउलान् ? यसरी एउटा कामका लागि झोला लिने अनि अर्कै कामको झोला भिरेर कहाँ पुग्न सकिन्छ ? यो क्रम कहिलेसम्म जारी राख्न सकिन्छ ? विश्वासमा परेकाहरूलाई कहिलेसम्म छल्न सकिन्छ ? आफै आफूबाट कहिलेसम्म छलिन र भाग्न सकिन्छ ? फेरि अर्काका कर्म क्षेत्रमा त्यसरी अनधिकृत ढङ्गले प्रवेश गर्नेलाई कसले पाती लगाइदिन्छ र ? यी र यस्तै विविध कारणहरूले पनि हामीलाई अरूको झोला भिर्न दिँदैन । आफ्नो कर्मानुसारको पहिचान दिने झोलालाई नै उत्तम मानी तदनुरूप कार्य गर्नु उचित हुने कुरा निम्न कथनबाट पनि पुष्टि हुन्छ, सके यसलाई आत्मसात् गरौँ र अझ कर्तव्यनिष्ठ बनौँ
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।। (गीता, अ.३ :३५)
भावार्थ : (राम्रो अरू धर्मभन्दा दोषी श्रेष्ठ छ आफनू । मर्नू स्वधर्ममै श्रेय अर्कामा डर राखनू ।। कोमलगीता)
(भट्टराई सकुना क्याम्पस, मोरङका सहायक क्याम्पस प्रमुख हुन्)

तीन लघुकथा

डा.रवीन्द्र समीर
 अपथ्य
राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’
बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरुको बासनाले रसाएर आयो ।
‘बाजे ! के खाने ?’
भोकले अम्लपित्त बल्झएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरुमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो – ‘आलुचनाको सय रुपियाँ, चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी… !’

दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।
- ‘बाजे के ल्याम तपाईंलाई ?’
बूढाले खोक्तै जबाफ दिए – ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ… !

साइनबोर्ड
- ‘हैन ए बूढा ! नाति जन्मिने बेलामा म दुई जीउकी भएजस्तो लाग्यो ! नाकै काटिने भो नि समाजाँ !
-’नदेखिने ठामको काटिने भए त केही हुने थिएन । देखिने ठाममै पर्‍यो । नाक त जोगाउनै पर्‍यो नि ।’
- ‘नाकमा एउटा गतिलो सुरक्षाकवच लगाउनुपर्‍यो ।’
- ‘तेसो भए अब केही न केही नगरी भएन !’
बूढाको दिमागमा एउटा बलियो आधुनिक विचार आयो । बूढीसँग सल्लाह गर्‍यो । जति पीडा भए पनि बूढीले नमान्ने कुरै थिएन । किनभने, बूढीको पनि नाकको सवाल थियो । बूढाबूढी दुवैले आफूहरुको नाक एउटै भएको सम्झिए । त्यसैले बूढी पनि तुरुन्तै नाक जोगाउन तयार भई ।
नजिक गर्भपतन गराउँदा छिमेकीहरुलाई थाहा हुने डरले उनीहरु सीमा काटेर बाहिर गए । दिनभरि औषधिपसल, क्लिनिक, अस्पताल आदि स्वास्थ्यसंस्थाको साइनबोर्ड हेर्दै हिँडे । तर, कतै पनि गर्भपतन सेवाबारे लेखिएको देखेनन् ।
निराश मनले गह्रुङ्गा पाइला चाल्दै हिँड्दा उनीहरुले एउटा साइनबोर्ड देखेर भित्र पसे ।
गर्भपतन गराएपछि फेरि पनि आउनु पर्ला कि भनेर पुनः साइनबोर्डतिर फर्केर हेरे । त्यहाँ लेखिएको थियो – यहाँ गर्भपतन नही किया जाता है !

अम्मल
‘­बा ढोग छ !’
यूरोपबाट फोन गरेको छोरोले फोनैबाट ढोगूँला झैँ गरेर भन्यो ।
- आर्शिवाद छ बाबु तलाई !’
बाबुको छाती नाङ्लोजत्रो भयो ।
- ‘बा ! जिन्दगीभरि त्यही भीरपखेरामा रुखझैँ गाडिनुभयो । आफूलाई बिर्सिएर छोराछोरीको लागि गोरुझैँ जोतिनु भो । संसार देख्न पाउनुभएन । चीलगाडीको टिकट पठाइदिएको छु । एक महिनापछि मेरो साथीसँग युरोप आउनुहोला ।’
छोरोले भित्रैदेखि भन्यो ।
- ‘बाबु ! मलाई सानै देखि हुक्का तान्ने बानी परेको छ ।’
बाबुले छोराको कुरालाई सहर्ष स्वीकार गर्नुपूर्व केही संदिग्धता जाहेर गर्‍यो – ‘त्यहाँ तमाखु र चिलिम पाइन्छ कि पाइन्न ?’
- ‘बा ! यहाँ त तमाखु र चिलिम किन्न पनि पाइँदैन, त्यहाँबाट ल्याउन पनि पाइँदैन ।’
- ‘भैगो छोरा, बरु युरोपस्युरोप नगए पनि मलाई केही हुँदैन । तर, हुक्काविना त म एक दिन पनि बस्नै सक्तिनँ !’

कथा-भाग्यमानी

नीलम कार्की नीहारिका
 ’हेर कति भाग्यमानी ? जन्मँदा जन्मँदै सिटिजन ! अब यो अमेरिकाको सिटजन भई, होइन ? ओह, भाग्य हेर…’
न्वारानमा जम्मा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका कुरा हुन् यी ।
सबैको एउटै कुरा- ‘ल सिटिजन… । कति भाग्यमानी !’
सुत्केरी आमाको मन फुरुङ्ग भयो- ‘मेरी छोरी भाग्यमानी छोरी !’ अनुहार हेरिरही आमा सैलूले ।
भाग्यमानी नहोस् कसरी ? मान्छेलाई यहाँको ग्रीनकार्डको लागि कस्तो मरिहत्ते छ । ऊ सिधै सिटिजन । बाटो खुल्ला छ । हुनसके प्रेसिडेन्ट बन्न खुल्ला छ यहाँ जन्मेका सिटिजनको लागि ।
यति बिघ्न सुविधा छ बालबच्चालाई यहाँ ।
आमाको गर्भमा आएदेखि एक्स्ट्रा खाना दिन्छन् आमालाई, सरकारको तर्फबाट । भनौँ निःशुल्क, कमाइ कम भएकाहरूको लागि यो । जसको आम्दानी कम छ तिनको बच्चालाई जन्मेपछि पुग्दो खाने कुरा होस् भनेर ।
कुनै बच्चा भोको रहनु पर्दैन यहाँ ।
खान नपाएर कुपोषित हुनु पर्दैन ।
भोकमरी लाग्दैन ।
यतिबेला अनामनगर चोकमा मकै पोलेर बेच्ने महिलालाई सम्झन्छे सैलू ।
उसकी छोरी चार नाघेकी थिइन् होली, बेस्सरी कुटेकी थिई मकै बेच्ने महिलाले- ‘दुई घोगा खाइसकी अझै ले भन्छे, अझै खाने रे ! कति नै आउँछ नाफा ? दस घोगा बेच्दा एउटा जस्तो पर्छ, कोइला त्यत्ति महँगो छ, मकै खोज्न कहाँ पुग्नुपर्छ, कति थोते पर्छ ।’ ऊ सराप्दै थिई, ‘तँलाई कालले खान नसकेकी, खानको काल । खानको लागि जन्मेकी ।’
अभावको दरिद्रता ! पटकपटक उसले सम्झने दृश्य ।
ऊ यो सम्झन्छे । त्यो दिनदेखि धेरैलाई यो दृश्यको बयान पनि गरी । जतिलाई सुनाई, बढी जसोले सामान्य कुरा हो भने । केहीले दुःखमनाउ गरे ।
त्यो दरिद्रता यहाँ छैन ।
आमाको दूध नआए डिब्बाको महँगो दूध पाइन्छ निःशुल्क । दूध ? आˆनो देशमा बालमन्दिरमा एकताका बच्चाको दूध, लिटो बाँड्थ्यो’रे सरकारले । तर लिटो मात्रै भेट्थे’रे बच्चाले, दूध कर्मचारीको घरमा बाक्लो चिया बन्थ्यो’रे । सैलूकी आमाले उसलाई सुनाएको कुरा यो । त्यो बेला ऊ निकै सानी थिई या जन्मेकै थिइन ।
मकै खान्छु भन्दा कुटाई खा’की, खरानी दलिएको मैलो जामा लगा’की बच्ची आउँछे सैलूको सम्झनामा । बच्चाले होमवर्क गरेन भनेर शिक्षकले लाठी बर्साउँदा बच्चा अस्पताल भर्ना गर्न परेको घटना नौलो होइन मेरो देशको लागि । त्यस्तो समाचार अहिले पनि आउँछ अनलाइन समाचारमा । यहाँ शिक्षकले त के आˆनै आमा-बाबुले समेत पिट्न पाउँदैनन् त्यसरी । त्यसरी अस्पताल पुग्नु त परै जाओस् थप्पड लाउन पाउँदैनन् । थप्पड टाढाको कुरा, अपशब्द भनेर गाली गर्न, थर्काउन पाउँदैनन् यहाँ । यहाँको निम्ति त्यो कुटाइ महाआश्चर्य हो ।
‘हो, हाम्री आयुषा छोरी पक्कै भाग्यमानी हो ।’ सैलू निक्र्यौलमा पुगी ।
ओह, त्यो बन्द, हडताल, लुटपाट सबैबाट टाढा छ आयुषा ।
पकाउने ग्याँस नपाएर उसको जाउलो पकाउन पाइनँ भन्नुपर्ने छैन ।
बिजुली नआएर होमवर्क गर्न पाइनँ भन्ने छैन ।
दूध पाइएन भन्ने छैन ।
कुनै कुराको चिन्ता छैन ।
‘हो, छोरी भाग्यमानी हो । मेरी छोरी भाग्यमानी छोरी ।’ बलियो निक्र्यौलमा पुग्छे अझ ।
सासूसँग भनी- ‘आमा हाम्री छोरीको भाग्य बलियो रै’छ ।’
बुहारीको सुत्केरी उतार्न आएकी सासुले होमा हो थपी- ‘भाग्यमानी छ, जन्मँदा जन्मँदै हजुरआमालाई यो देश देखाई । अब सबैलाई तान्छे यतै यसले, फुपूहरू, अङ्कल सबैलाई यतै बोलाउँछे यसले । मेरी लच्छिनकी नातिनी Û’ गालामा चुप्पा खान्छे ।
‘अब अरू तिम्रा नन्द देवरको समेत पीर रहेन ।’ थप्छिन् सासुले ।
छ महिनाको लागि आएकी सासू-बुहारीको सुत्केरी स्याहार्न ।
सुत्केरी भनेर सधैँ कोठामा बसेर काम चल्दैन । हो, एक जनाको कमाइ सानो परिवारलाई खान पुग्छ, कोठा भाडा पुग्छ यसो बचाउँ भने पुग्दैन । बचाउँ भन्यो भने छटपटी हुन्छ ।
सासूसँग छोरी छाडेर जागिरमा हिँडी दुई महिनामै सैलू । चार महिनाको लागि ढुक्कसँग काम गरी, छोरी हजुरआमाको काखमा छ भनेर ।
छ महिनाको भिसा सकियो । सासू नेपाल फर्किन् ।
सासू नेपाल फर्केको अर्को दिनमा नै आयुषा ठूलो समस्या बनी आमा-बाबुको कामको । अब के गर्ने ? समाधान त थियो उनीहरूसँग- बेबी सिटर । तर सबैको हेरेर उनीहरूलाई राम्ररी थाहा थियो सहज उपाय पक्कै होइन । तर पनि पुग्नु थियो बेबी सिटरको कोठामा ।
बेबी सिटरकहाँ पुगी पूर्वयोजना अनुसार ।
ऊ नजन्मँदैदेखिको योजना थियो अरूको जस्तै उनीहरूको पनि । केही महिना हजुरआमा बोलाउने अनि बेबी सिटरकहाँ राख्ने ।
बेबी सिटर !
बेबी सिटर दिदी बच्चाहरू जम्मा पारेर आफ्नै कोठामा हेर्थिन् । कहिले दुईजना मात्र हुन्थे बच्चा, कहिले सातजनासम्म । सात भने कहिले नाघेको थिएन । पाँचतलामाथि बस्थिन् उनी, दुईवटा सुत्ने कोठा र सानो कमन-रुम थियो । छोरी ज्वाइ, अनि अर्को एक परिवार एकएक कोठामा, उनी कमन-रुममा सुत्छे । अङ्ग्रेजीको कारणले बाहिर काम गर्न गाह्रो छ, आफ्नै कोठामा हेर्छिन् बालबच्चा । अन्त पनि यसरी हेर्ने अरू छन् । उनीहरूले यिनी दिदीलाई रोजे । अलि सस्ती छन् यिनी दिदी अरूको तुलनामा । तर यसरी बच्चा हेर्नु हेराउनु दुवै कानुनको विपरीत हो ।
बिहान काममा जाने बेला त्यहाँ छाडिदिन्छे सैलू, यो सबै जानेर पनि । उसले झैँ अरूले पनि छाड्छन् । अरूका आमा-बाबुसँग भेट हुन्छ आउँदा जाँदा ।
राति फर्केर आउँदा छोरीलाई बेबी सिटरकहाँबाट लिएर आउँछे । सधैँ साढे आठ बज्छ आउँदा । बिहान ठीक नौ बजे छोड्छे । दुई महिनादेखि बच्चाले खाने दूध छातीमै सुकाई उसले । डिब्बाको महँगो दूध बिनाशुल्क पाइन्छ, तर आमाको हृदय दुख्छ भित्र कतै ।
आफ्नो देशमा हुँदा सरकारी कार्यालयमा अधिकृत थिई सैलू ।
यहाँ आँखीभौँ मिलाउने काम गर्छे । डीभी चिठ्ठा परेको चिठी पाएपछि उसले यो काम सिकिहाली, यहाँ स्टोप छ पहिला नै यता आएकाहरूले । हुन पनि राम्रो ग्राहक आए राम्रै टिप्स मिल्छ । कोही कन्जूस हुन्छन्, एक डलर नदिने पनि आउँछन् । आफ्नो आफ्नो ग्राहक हुन्छ । नयाँ ग्राहक आएकोलाई बाँडेर लिनुपर्छ पालैपालो ।
साँझ र्फकदा आफ्नो ज्यान आफ्नो होइनझैँ लाग्छ । जता छोए उतै दुख्छ । स्टोलरमा छोरी गुडाउँदै आउँछे । आउँदा कहिले पल्लो कोठाको भाइहरू आइसकेका हुन्छन्, कहिले आधा रातमा आउँछन् । आए पनि नआए पनि खाना बनाउने काम महिलाको मात्र हो भनेझैँ गर्छन् । पूरा ˆलेट लिँदा एक जनाको कमाइ सबै रेन्टलाई नै बुझाउनपर्ने हुँदा एक कोठामा दुई विद्यार्थी भाइहरू राखेका छन् । अर्कोमा आफूहरू छन्, सैलूहरू ।
छोरीको पेट सधैँझैँ आज पनि डामो छ । खुवाउन खोज्छे झन् चर्कोसँग रुन्छे ।
फ्रिजभरि खानेकुरा छ तर छोरी खान्न । भोलि बिहानी काममा जानु छ । एकपटक फेरि अनामनगरकी मकै बेच्नेकी छोरीलाई सम्झन्छे ।
सैलू र्झकन्छे, झर्काइमा थकाइ छ, अरू के-के छ… ।
श्याम बन्धु !
जन्मेको देशमा हुँदा जागिरे थियो । अहिले यहाँ काम गर्छ । ऊ सबैलाई काम गर्छु मात्र भन्छ, धेरैलाई थाहा छैन के गर्छ कहाँ गर्छ ? यो कामको इज्जत गर्ने ठाउँ हो, सानो ठूलोको वर्गीकरण छैन । बिहान दस बजे जान्छ, राति एघार नबजी आउँदैन । शुक्रबार, शनिबार र आइतबार मुख्य थाक्ने दिन उसको । छोरीको मुख राम्ररी हेर्न पाउने दिन बिदाको दिन मात्र हो । नत्र आˆनो निदाउन आतुर आँखाले कोक्रेमा निदाइरहेको छोरीलाई यसो हेर्छ अनि सुत्छ ।
छोरी आयुषा ।
यसै गरी दुई वर्ष पूरा भयो । बिहानै बेबी सिटरकहाँ पुग्नु, साँझसम्म आमाको बाटो कुर्नु । कसैले आˆनै कोठामा बेबी सिटर बोलाउँछन् । खर्च महँगो पर्छ । एकजनाको कमाई सबै बुझाउनुपर्छ । बेबी सिटरकहाँ लगेर छाड्दा धेरै सस्तो पर्छ ।
सुतिरहेकी छोरीलाई उठाएर स्टोलरमा गुडाउँदै पुर्‍याउँछे सैलू काममा जानुअगाडि । पहिला त आमा नचिन्दासम्म केही थिएन । अहिले चिन्छे, मान्दिन । स्टोलरमा बसाउनासाथ रुन लाग्छे । छोडेर हिँड्ने बेला चिच्याई-चिच्याई रुन्छे । सैलू त्यहाँ हुँदासम्म बेबी सिटरले समात्छे जब सैलू बाहिर पुग्छे छाडिदिन्छे बेबी सिटर दिदीले… आयुषा रुन्छे, थाक्छे… थाक्छे… रुन्छे… कुनै नयाँ कुरा होइन । बेबी सिटर दिदीलाई पनि कुनै नयाँ कुरा छैन बच्चा रुनु, थाक्नु । रोएको बच्चा फकाएर बसिसाध्य पनि छैन ।
आमा तल नपुग्दासम्म काखमा लिन्छिन् नानी… ज्ञानी नानी… यी भाषामा बोल्छिन् । अनि केहीबेरमा छाडिदिन्छिन् फ्यात्त भुइँमा ।
एक्लै यताउता गर्छे । सामान फाल्छे । खेलौना खोसाखोस पर्छ कहिले अरू केटाकेटीहरू । सक्नेले नसक्नेलाई पिटी पनि हाल्छ । कहिले अति भयो भन्दै दिदी हप्काउँछिन् ।
ढोका खोलेको आवाज आउनासाथ आयुषाको कान चनाख हुन्छन्, कतै मेरी आमा हो कि भनेर । ढोका खुल्नासाथ एक आशाको हेराइ हेर्छे । पाहुना या अरू कोही हुन्छन् । निराशाको सीमा हुँदैन । अब त समय ठम्याउन सक्ने भएकी छ, यो बेला आउने बेला भो भनेर । रुन्छे, पछारिन्छे । डराउँछे उत्ति नै । अलि ठूलो आवाज आउनु हुन्न तर्सन्छे । राति निदमा पनि तर्सेर रुन्छे ।
राति सुत्दा आमासँग सुताउने चलन यहाँ छैन, कोक्रोमा एक्लै सुत्ने हो । आमासँग सुत्दा सुरक्षित हुँदैन भन्छन् । कसैले सँगै सुताए पनि किरिप किनेर कोठामा राख्ने गर्छन् । नभए जो आए पनि खोई किरिप छैन ? प्रश्न यही हुन्छ ।
सुरुसुरुमा अलग सुताउन मन नभए पनि अलग सुताएको जाति भन्न लागेकी छ सैलूले पनि । थाकेर आइन्छ ! केही भयो भने भइहाल्यो नि ।
राति आमाको हातलाई तकिया बनाएर सुत्नु छैन बच्चालाई यहाँ ।
महिना दिनमा बाबुलाई फुर्सद भएको दिन बाबुसँग कारमा कतै लगे भने बाबु-आमा अगाडिको सिटमा हुन्छ । कार सिटमा बाँधिएर पछाडिको सिटमा एक्लै हुन्छे आयुषा । एक वर्ष पुग्नुपहिला पछाडि मुख फर्केर बस्नुपथ्र्यो, अहिले अगाडि र्फकन्छे ।
कुनै दिन पार्क घुम्न लगे त्यो स्टोलरमा नै गुड्ने हो आमाको काखमा होइन ।
‘नानू’ भनेर बोलाउने कोही छैन ।
तोते बोलीमा साथ दिने साथी छैन ।
यसो गालामा चुम्मा गरिदिन्छन् त्यत्ति हो । कतै रेस्टुरेन्ट खान गए स्टोलरमा बाँधिएर बस्ने हो । उसलाई हिँड्ने जमिन छैन ।
भाग्यसँग रेस्टुरेन्टमा पहिलो जन्म दिन मनाए । रमझम पार्टी चल्यो, डीजे चल्यो । ऊ भोकाई, रोई, कराई । सबै नाच्दै रहे । आमा-बाबुलाई सत्कार गर्दै र पाहुनालाई साथ दिँदा ठिक्क भयो । ऊ कति बेला स्टोलरमा निदाई अन्य पार्टीमा जस्तै ।
बाबुसँग जान खोज्दिन, आमासँग टासिन्छे बाबुले बोलाएमा । मानौँ बाबा चिनेकी नै छैन एकै घरमा भएर पनि ।
हिउँ झरिरा’छ । आमा चाहिँले स्टोलर कुदाउँदै बेबी सिटरकहाँ छोडिदिन्छे । पानी परिरा’छ । प्लास्टिकबाट पानी पसेछ । लुगा भिजेछ । ‘बेबी सिटरकहाँ पुर्‍याएर लुगा फेरिदिनू है दिदी’ भनेर गई आमाचाहिँ । फोनमा अल्झिई दिदी झन्डै एक घन्टा चिसो लुगामा नै । ऊ रुन्छे । रुन निषेध छ त्यहाँ । सुकसुक गर्दै डराई-डराई रोई ।
त्यसपछि हप्ता दिन खोकी, रातमा समेत ।
डाएपर पिसाबले झोली पर्छ । ‘ल बिर्सेको’ भन्दै फेरि दिन्छिन् दिदी झ्याकभुक पार्दै । ‘दुब्ला’की छ । खानै मान्दिन जति कोसिस गरे पनि ।’ दिदीको गुनासो दिनदिनैको । अझ भन्छिन्- ‘मैले त नसम्हालेझैँ भा’की छ, सबैलाई भन्दा यसलाई बढी गर्छु ।’
 राति निद्रामा रुँदै उठ्छे । रातमा दुई-तीनपटक दूधको बोतल रित्याउँछे निद्रामा नै । ऊ बामे सरेको हेरेर खुसी हुने कोही भएन ।
पहिलो दाँत टुसाउँदा हेरेर खुसी हुने फुर्सद कसैलाई भएन ।
बेबी सिटर दिदीलाई पीर परेको थियो- अब धेरैपटक डाइपर फेरिदिनुपर्ने भो ।
ताते-ताते गरी, उनै दिदीलाई पीर पर्‍यो । अब सामान यताको उता फाल्ने भई । स्याहार्न गाह्रो हुने भयो ।
अलिअलि आवाज निकाल्न लागी, पीर पर्‍यो उनैलाई, अब हल्ला गर्ने भई ।
यो सबै हेरेर खुसी हुने कोही भएन । पहिलोपटक आयुषा आफैँ उभिएको बेला हेर्ने आँखा खै ?
आˆना तालमा दूधे दाँत देखाएर हाँस्थी, तर हाँसोको उत्तर आएको खोइ ?
कति बेला दुवै हात पिटेर ताली बजाउँथी ।
एक्लै गुनगुनाइरहन्थी मीठो गीतजस्तो, सुन्ने कान खोइ ?
झर्को लाग्छ दिदीलाई नै । ऊ कसैले मलाई हेरेका छन् कि भनेर यसो हेर्छे, कोही छैन । उल्टो झर्को लागेको हेराई हेर्दै गरेकी दिदीको अनुहार देख्छे ।
‘यो नगर त्यो नगर । नगर नगर नगर’ भनेको सुनेकी छ । दिदीले टेलिफोनमा कुरा गर्दा नेपाली शब्द सुन्छे, त्यति हो । नत्र धेरै सुनेकी छैन शब्दहरू ।
आज आनीले सिसा फुटाई । सानो घाऊ लाग्यो । भगवान्को सिसा फुटाई ।
‘मलाई अलच्छिन हुने भयो’ दिदीको गुनासो अर्कै छ आज । हिजोआज गुनासो धेरै हुन्छ दिनैपिच्छे सैलूसँग ।
छोरी डराइरहेकी छ । आफ्नी आमासँग पनि आउन्न, अलि टाढा टाढा जान्छे ।
‘भनेको मान्दिन । अलि सानी छँदा सोझी होलीजस्ती थिई । यसले दुःख दिन्छेजस्तो छ बहिनी तपाईंलाई पछि ।’ उनै सिटर दिदीको कुरा ।
घर पुगेपछि पनि बेस्सरी रोइरही । दुःख दिइरही आयुषाले । केही भन्न खोजेजस्तो इसारा गर्न खोजेजस्तो । तर भाषा बुझिन सैलूले, न इसारा नै बुझी । पूरा आमा भन्न पा’को भए पो बुझ्नु… मडारिइरहन्छ नानी । लुगा फेरिदिन खोज्छे ऊ, झन् मडारिन्छे, रुन्छे ।
बल्लतल्ल लुगा खोल्छे छोरीको । देख्छे, पछाडि पिठयूँमा औलाको मेटिदै गरेको डाम । मोटो औलाको डाम । सैलूले यो छुन खोज्छ, झन् रुन्छे । चर्को स्वर रुन्छे नानी । एकाएक उसको हात टेलिफोन समाउन पुग्छ- ‘आज म सजाय नदिई छाड्दिन, कम्प्लेन गर्छुगर्छु पुलिसकहाँ आज । पहिला पनि चोट नै चोट हुन्थ्यो । केटाकेटी एक-आपसमा लडे भन्थिन् दिदी, आज त यति मोटो औलाको दाग ? अझै दाग मेटिएको छैन ।’ नम्बर हान्न खोज्छे । डायल गर्न खोज्छे १११ ।
१११ इमरजेन्सीमा डायल गर्ने नम्बर । यो हानेपछि पुलिस, दमकल, अनि एम्बुलेन्स आइपुग्छ घरमा सेवा दिन ।
डर अनि रिसले हात काँप्छ ।
उसले रिसिभर राख्छे, आफूलाई नियन्त्रणमा पार्दै । सम्झन्छे बाल नेग्लिजेन्स, बालअधिकार हननमा परेका बाबु-आमाहरूका सत्य खबर ।
यहाँ कम्प्लेन गर्नु कसको ?
सैलू सुम्सुमाउँछे । यतिविधि बालअधिकार भएको देशमा जन्मेर पनि पिठयूँमा परेका यी डामहरू ? छोरी ! मेरी छोरी, भाग्यमानी छोरी ! बलियो गरी अठयाउँछे ।
सम्झन्छे, सासू जाने बेला श्रीमान्ले भनेको वाक्य- ‘आमा ! यहाँ छोराछोरीको लागि बस्ने हो । बालबालिकाको भविष्य धेरै उज्ज्वल छ यहाँ । हामी कसरी हुर्कियौ ! भुइँमा नटेकी हुर्कन्छन् यहाँ ।’
(नीहारिकाको कथासंग्रह ‘बेली’बाट)

 सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

सपना र इच्छाहरु
यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।

यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।

बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।

तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।

त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।

भाग्य बिधाता को ?


भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्मठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?

-वर्डसवर्थ

हामी आफ्नो भाग्य बिधाता स्वयँ हौ ।

-अरस्तु


प्रत्यक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ । कोही लखपति छन त कसै सँग खानको लागि पैसा छैन , कोही लाखौं महिनाको कमाउछन त कोही १ हजार पनि कमाउन सक्दैन ।

यो फरक किन ?

यसको एउटै जवाब आउछ - आफ्नो आफ्नो भाग्य !

भाग्य !!!

यो भाग्यले मानिसहरुलाई जती अल्मलाएर राखेको छ कि त्यती अरु केहीले पनि छैन ।

यो भाग्यको उत्पती कहाँ बाट भयो ? यसको कुनै ईतिहास छैन तर यती अबस्य हो कि केही अकर्मण्य मानिसहरुले यसको प्रचलन गरेको भने अबस्य हो ।

जो केही काम गर्दैनन , परिश्रम गर्न बाट पछि हट्छ र जसको एक मात्र इच्छा हुन्छ कि आफुसँग सित्तैमा सबैथोक आओस यिनीहरु नै भाग्यको कुरा गर्छन् ।

वास्तवमा यो भाग्य के हो कसैले बुझ्न सकेको छैन । यस्तोमा श्यालको यो कथा सान्दर्भिक लाग्छ कि माथि रुखमा झुण्डिएको अङ्गुर टिपेर खान नसकेर उसले त्यो अङ्गुरहरु अमिलो छ भनेर चित्त बुझाएर फर्कियो जबकी अङ्गुर गुलियो थियो । यसरी नै भाग्यबादी मानिसहरु सबै थोक गर्ने क्षमता भएर पनि अल्छि र कामचोर हुनाको कारण भाग्यको कुरा मानेर त्यतिकै चुपचाप बस्छन ।

जसको भाग्य तपाईं प्रबल मान्छौ त्यसको भित्री कुराहरु सबै बुझेर हेर्ने कोशीस गरौ , उसलाई सोधौ दिनचर्या हेरौ । के उसले यस्तो सफलता त्यतिकै केही नगरेर पाएको हो त ? उसले पनि रात दिन कठोर मेहनत परिश्रम गरेरै यस्तो सफलता हासिल गरेको हो । तब तपाईंलाई थाहा हुनेछ कि मानिस आफ्नो भाग्य आँफै बनाउन सक्षम छ । जे जती पनि आफु सँग छ त्यो सबै आफ्नो कर्म र सुझबुझको फल हुन्छ । हामीले उसको जस्तो कर्म र जुझबुझ सँग काम गर्न सकेनौ र हामी दशाहिन छौ । यो एक यस्तो सत्य हो कि यो कुरा इमान्दारीका साथ हामी स्विकार्न वाध्य छौ । त्यसैले सुझ बुझ र कर्मको सफलताको कुरा लाई अकर्मण्य - इर्श्यालु मानिसहरुले भाग्यको नाम दिएर राखेको छ । यसरी भाग्यको प्रचलन हुन भएको हो ।

भाग्यलाई यसरी रचना गरी सके पछि उसको जन्मदाता ईश्वर लाई बनाइयो र यो तर्क दिन थालियो कि जे जती ईश्वरले भाग्यमा लेखी दिएको छ त्यो मात्रै पाईन्छ । मानिसको आफ्नो भाग्यको अगाडि केही चल्दैन र यसको प्रमाणमा नाना प्रकारको तर्क दिन थालियो । यसरी भाग्यको नाम बाट धेरै मानिसहरुलाई अल्मलाई राखियो । एक किसिमले आफ्नो प्रगतिको पथ भाग्यको कुरा गरेर आफु स्व्यमले नै अबरुद्द गर्‍यो ।

मनुस्य नै संसारको सबै प्राणी मध्य एक यस्तो प्राणी हो जसलाई ईश्वरले सबै थोक दिएको छ । मनुस्यले प्रक्रिती गुणको अलावा आफ्नो कौशल द्वारा अफु प्राणीहरुको गुण पनि अपनाउन सक्छ । उदहरणको लागि केवल माछाहरु नै पानीमा तैरिन सक्छ मानिसहरुमा यो गुण जन्मजात हुँदैन तर उसले तैरिन सिक्न सक्छ , उड्नु पंक्षिहरुको धर्म हो तर मनुस्य हबाईजहाज बनाएर उड्न सिकी सक्यो । यसरी मानिसलाई प्रक्रितीले यसरी बनाएको छ कि उसले जे पनि गर्न सक्छ । अत: जब प्रक्रिती बाट पाएको सुबिधाको हामी लाभ हामी उठाउन सक्दैनौ त हामी भन्दा मुर्ख अरु को हुन सक्छ । प्रक्रितीले हामीलाई सबै दिएको छ यो हाम्रै कम्जोरी हो कि हामी त्यसलाई चिन्न सक्दैनौ नत्र हामी जे जती पनि चाहन्छौ त्यो हाम्रै अगाडि चारैतिर घुमिरहेको छ ।

हामीलाई के चाहिएको छ ?
यो कुरामा बिचार गरौ र गम्भिरता पूर्वक त्यसको लागि योजना बनाऔ । योजना बनाएर त्यसै अनुरुप काम गरौ , बराबर प्रयत्नशिल रहौ । एकदिन हामीले आफ्नो इच्छापुर्ती गरेरै छाड्छौ ।
आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको ।
हामी सबै थोक पाउन सक्छौ ।

सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

जे चाहिन्छ त्यो कसरी पाउने ?

एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन ... तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् ... के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।



यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।

आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।



यही आकर्षण नै हाम्रो आशा , आकाँक्ष्याहरुको आधार हो , यसैले हाम्रो जीवनको दिशा निर्देश गर्छ । यदि हाम्रो जीवनमा गरीबी, निराशा, असफलता को बिचार आईरहन्छ भने त्यसको फल पनि अबस्य पनि त्यस्तै नै भोग्नु पर्ने हुन्छ । सब आफ्नो मन बाट सफलता, आशा, र लक्ष्मीको बिचार निकालिन्छ त आफुमा उत्साह उल्लास कहाँ बाट आउछ ? मुख्य कुरा यो हो कि जब हामी आफ्नो सफलतालाई आफ्नो मनमा स्थान दिदैनौ त्यसलाई प्राप्त गर्नको लागि परीश्रमको आवश्यकता छ त्यो गर्दैनौ तब सफलता कसरी प्राप्त हुन्छ ? आफु भित्र लुकेको शक्ती थाहा नहुनाले हामी आफ्नो काममा पुरा सामर्थ्य लगाउन सक्दैनौ र यसको परिणाम यो हुन्छ कि हामी असफल हुन्छौ । यो एउटा धुर्ब सत्य हो कि कुनै बस्तुलाई प्राप्त गर्नु छ भने त्यसैको बिचार आफ्नो मनमा लिईराख्नु नितान्त आवश्यक हुन्छ । जब हामी कुनै बिषयमा सफलता प्रति सन्देह गर्न थाल्छौ तब आफ्नो सफलतालाई आफु स्वयम पर धकेल्दै जान्छौ तब यो पक्का थाहा पाउनुहोस् कि हामी सही बाटो हिंडेका छैनौ ।



यो सत्य हो कि जुन पदार्थ को कामना हाम्रो मनमा उठ्छ त्यो हाम्रो लागि प्रक्रितीले स्व्यम हाम्रो लागि सुरक्षित राखी छाडेको छ । यो कुरामा तपाईं हामी चिन्ता नगरौ कि हाम्रो जीवन निराशाले घेरीएको छ, अन्धकारमय छ । यदि आफ्नो मनमा द्रिढ ईच्छा छ, संकल्प छ र परीश्रम गर्नको लागि तयार... त त्यो पदार्थ अबस्य पनि मिल्छ मिल्छ । निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु नै सफल हुने सुत्र हो । सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली दिई फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नु सफलता तपाईंको सामु आएरै छोड्छ ।



कुनै नयाँ काम थालनी गर्न कुनै प्रतिक्ष्याको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन । प्रत्यक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्ष्या नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो द्रिढ सँकल्प त छ नि । यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछन । तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ .. कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन ।



उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् । के चाहनु हुन्छ तपाईं ? जे चाहनु हुन्छ त्यो पाउनुहोस् , आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन ईश्वर तपाईंको साथ छ र सफलता बिजयमाला लिएर तपाईंको प्रतिक्ष्या गरिरहेछ ।

शँका र अबिश्वास

शँका र अबिश्वासले भरिएको हृदय जीवनमा सफलताको लछ्य प्राप्त गर्न असमर्थ हुन्छ । जिवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शँका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ । 



आत्मबिश्वासको अभाबमा भगवानले पनि मानिसको मद्घत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शँका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शँकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ ।



आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शँका र अबिश्वास गरेर हेर्नु हुँदैन । शँका र अबिश्वासलाई मन बाटनै त्याग्न सके जीवन अबस्य पनि सफलता तिर अग्रसर हुन्छ ।

आत्म विश्वासको फल 

सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नकोफल हो  जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजकोरकेट्को युग सम्म लिएर आएको   यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको  जे समस्याभोगेको  , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुलेहामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुपहुन्थ्यो  ?



सफलता घर बसेर पाइदैन  सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनैरुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक  , त्यसै गरी सफलता पाउनको लागि पहिलात्यस्को बिउ छर्न आवश्यक   हाम्रो सम्पूर्ण ज्ञानयोग्यता यदी हामीमा आत्मबिश्वासछैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता  ज्ञानले कहिले साथपाइदैन 



यो कुरालाई अबस्य मनन गर्नु आवश्यक  कि छोरी भएको धन पाउन सकिन्छ , कठिनदेखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइनेछैन  आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो 



संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौतब  यो सम्भब हुन्छ  यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती  भने जे पनि गर्न सक्छ संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन  मानिसले सबै गर्न सक्छ त्यसकोयथेस्ट प्रमाणहरु हाम्रो सामु  

मनको सँकल्प 

आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ । 


धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ? 



सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।

विश्वासको चमत्कार
मह बनाउने माहुरीसँग जो पनि परिचीत छन । सबैलाई यो राम्रो सँग थाहा छ कि माहुरिले कसरी तिल तिल गरेर मह जम्मा पार्छ । माहुरीले कही बाट एकै चोटि मधुको भन्डार पाएको हुँदैन । उसको चाकामा भरिएको मह उसको मेहनतको परीणाम हो । त्यसै गरी तपाईंले पनि तिल तिल गरेर सफलताको मह जम्मा गर्नु छ । कसैले तपाईंलाई सफलता तपाईंको हातमा दिन आउने छैन । मह बनाउने माहुरीले झै परीश्रम गर्ने बारे सोच्नुस् सफलताले तपाईंको कदम अबस्य चुम्नेछ परीश्रम कसरी र कती गर्ने त्यो तपाईं आफुमा भर पर्छ , जती धेरै परीश्रम त्यती धेरै सफलता हात पर्ने निशित छ । परीश्रमको साथ साथमा आफुमा आफ्नो परीश्रम प्रती विश्वाश हुनु पनि जरुरी छ । विश्वासको आफ्नै महत्व छ ।



विश्वास एउटा चमत्कारको नाउ हो । जब विश्वास गहिरो सँग आफ्नो मनमा बस्छ तब अबस्य फलदायी नतिजा निस्किन्छ । जब सम्म आफुमा विश्वास हुँदैन हामी केही गर्न सक्दैनौ । पहिला आफुमा विश्वास गर्न सिकौ अनी मनमा प्रशन्नता लिएर परीश्रम गरौ ।

प्रशन्नता ईश्वरले दिएको एक उच्चकोटिको बरदान हो । यसले मानिसलाई अतिरिक्त सक्ती प्रदान गर्छ । प्रशन्नतालाई जब विश्वासको साहारा मिल्छ तब एउटा नयाँ शक्तिको उत्पती हुन्छ । विश्वास एक प्रकारले राम बाण जस्तै हो । अटुट विश्वास जीवनको हरेक इछ्या पुरा गर्न मदतगार साबित हुन्छ । विश्वास एक चमत्कारी भावना हो । यदी आफुलाई विश्वास छ कि अमुक कार्य भएरै छाड्छ त्यो काम प्रयत्न गरेमा अबस्य पुरा हुन्छ । विश्वासले मानिसलाई बल दिन्छ, शक्ती दिन्छ, काम गर्ने क्षमता दिन्छ । यदी आफुलाई विश्वास छैन त्यो काम हुन्छ कि हुँदैन भनेर भने उक्त काम गर्ने इछ्या हुँदैन प्रयत्न गरिदैन र त्यो काम कहिले पुरा हुँदैन । त्यसैले आफुले आफुलाई विश्वास गर्ने बानी बसालौ ।

5 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete
  2. एक ऋण आवश्यक छ? तपाईं एक ऋण को लागि देख गरिएको छ? तपाईं ऋण कुनै किसिमको प्राप्त गर्न प्रयास गरिएको छ? तपाईं एक किफायती ऋण प्राप्त गर्न चाहनुहुन्छ भने MOHS LOAN कम्पनी एन्ड्रयू अब लागू हुन्छ। ऋण 3% को एक धेरै कम ब्याज दर मा पेशकश छ। अब हामीलाई सम्पर्क गर्नुहोस् यदि तपाईं इमेल मार्फत रुचि छन्: andrewmohsfirm@gmail.com +2349061800717

    ReplyDelete
  3. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  4. रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

    ReplyDelete
  5. आफ्नो वित्तीय चिन्ता समाप्त गर्नुहोस्
    हामी ऋण मान्यता प्राप्त कम्पनी हो। हामी व्यक्तिहरूलाई ऋणको प्रस्ताव गर्दछौं
    2% को कम ब्याज दर, हामी व्यक्तिगत ऋण, व्यापार ऋण को पेशकश गर्छन,
    बंधक ऋण। अचल संपत्ति ऋण। थप जानकारीको लागि
    हामीलाई सम्पर्क गरेर हिचकिंदै छैन: (felixgeorge958@gmail.com)

    ReplyDelete

Related Posts Plugin for WordPress, Blogger...